The Next Front को विशेष सूचना

red_fistप्रिय पाठकहरू ! हामी यतिबेर राष्ट्रिय विपत्तिको स्थितिमा छौँ । यस सम्बन्धमा विपद्मा परेकाहरूको सहयोगमा जुट्ने कुरा अहिलेका लागि प्रधान पक्ष भयो नै यसका साथै समकालीन राजनीतिक घटनासन्दर्भहरूबाट पनि हामी टाढा रहन सक्तैनौँ । संसारका उत्पीडित मजदुरहरू तथा जनताको महान् पर्वका रूपमा मनाइने मे दिवस यसपल्ट हाम्रा लागि भूकप्प पीडित जनताको सहयोग र राहतका लागि लागिपर्नुपर्ने दिनका रूपमा आएको छ र हामी सबैको चिन्ता त्यतातिर हुनु स्वाभाविक छ ।
यस किसिमको जिम्मेवारीका साथै हामीले तीनओटा महत्वपूर्ण दस्ताबेज प्रस्तुत गर्नेछौँ : १. मे दिवसको सन्दर्भमा विश्वका माओवादी पार्टीहरू तथा साम्राज्यवाद विरोधी मोर्चा तथा सङ्गठनहरूले एउटा महत्वपूर्ण घोषणा गर्दैछन्, यो घोषणापत्रको हामी अङ्ग्रेजी तथा नेपाली पाठ प्रकाशित गर्नेछौँ, २. नेपाल कम्युनिस्ट पार्टी–माओवादीका केन्द्रीय सदस्य ऋषिराज बरालको एउटा ऐतिहासिक तथा क्रान्तिकारी घोषणा अभिलेख प्रकाशित गर्दैछौँ र ३. रिमसित सम्बद्ध माओवादी पार्टीहरू मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा–माओवादीलाई कसरी हेर्छन् र बुझ्छन् भन्ने कुरासित सम्बद्ध हालसम्म सार्वजनिक नभएको सानो तर महत्वपूर्ण दस्ताबेज प्रकाशित गर्नेछौँ । यो काम हामी भोलि विहानबाट आरम्भ गर्नेछौँ ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.