Statement

The Next Front

We the Nepalese intellectuals and cultural activists, committed to Marxism-Leninism and Maoism; who committed our faith and belief in the great ten-year long people’s war, and who participated in it both ideologically and physically, and who are firm in the idea that the future rebellion of people can be led forward only by standing on the foundation of the same great people’s war and are ever in struggle with revolutionary optimism for its achievement; have hereby formed the Revolutionary Intellectual-Cultural Activist Front for accomplishing the same target.

In fact it is the other front of revolution. It stands itself against Imperialism, Indian Expansionism, all types of Opportunism and the Ideology of National Surrender and stands itself for the favor of New Democratic Revolution. Warning not only the foreign reactionaries and opportunists but also the defected modification and ideological instability seen within the revolutionary party itself, the Front will, through intellectual and cultural activities, centralize itself for creating popular opinion for the revolution. For the same purpose, it is presenting the information and idea-oriented website, Arko Morcha or the Next Front, to general readers and supporters of the revolution. Formed under the coordination of Dr. Rishiraj Baral, the chief editor of Samayabaddha – the revolutionary publication that has continuously been active in the field of Nepal’s revolutionary intellectualism and culture and has actively participated in the great People’s War itself – this Front will move ahead collaborating with revolutionary workers, farmers and the suppressed class, caste, gender and region and also all other organizations and institutions committed to Marxism-Leninism-Maoism.

For achieving this purpose, we have publicized our concept paper on the occasion of Cultural Resistance Day that we have been celebrating every year for marking our protest against the murder in Chaitra 5, 2055 BS, of the central committee member of All Nepal People’s Cultural Union, Mr Chyangba Lama, along with other seven cultural activists in Anekot of Kavre District.

Rishiraj Baral

March 19, 2011

अर्को मोर्चा

मार्क्सवाद–लेनिनवाद र माओवादप्रति प्रतिबद्ध हामी नेपाली क्रान्तिकारी बुद्धिजीवीहरू र सांस्कृतिककर्मीहरू, जसले  दस बर्से महान् जनयुद्धप्रति आस्था र विश्वाश जनायौं र जो यसमा वैचारिक र भौतिक दुवै किसिमले सहभागी भयौं, जो महान् जनयुद्धको जगमा टेकेर नै नेपालको भावी जनविद्रोहलाई अधि बढाउन सकिन्छ भन्ने कुराप्रति दृढ छौं र क्रान्तिकारी आशावादिताका साथ यसको प्राप्तिका लागि सङ्घर्षरत छौं, ले यस उद्धेश्य प्राप्तिका लागि क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्चको निर्माण गरेका छौं ।

यथार्थतः यो क्रान्तिको मोर्चा हो । यसले साम्राज्यवाद, भारतीय विस्तारवाद, सबै खाले अवसरवाद र राष्ट्रियआत्मसमर्पणवादको विरुद्धमा र नयाँ जनवादी क्रान्तिका पक्षमा आफूलाई उभ्याउँछ । बाह्य प्रतिक्रियावादीहरू र अवसरवादीहरूका विरुद्ध मात्र नभएर यसले क्रान्तिकारी पार्टीमै देखिएका विकृति र विचलनप्रति पनि खवरदारी गर्दै बौद्धिक–सांस्कृतिक गतिविधिमार्फत क्रान्तिका लागि जनमत सिर्जना गर्नमा आफूलाई केन्द्रित गर्नेछ । यसका लागि यसले सूचना र विचार केन्द्रित वेबसाइट अर्को मोर्चा अर्थात् The Next Front लाई आमपाठक तथा क्रान्तिका पक्षधरहरूका सामु प्रस्तुत गर्दैछ । क्रान्तिकारी प्रकाशन समयबद्धका सम्पादक, नेपालको क्रान्तिकारी बौद्धिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशील र महान् जनयुद्धमा सक्रिय सहभागी डा.ऋषिराज बरालको संयोजकत्वमा गठित यस मञ्चले  क्रान्तिकारी मजदुर, किसान तथा उत्पीडित वर्ग, जात, लिङ्ग र क्षेत्रका साथै मालेमाप्रति प्रतिबद्ध अन्य यस्तै सङ्घसंस्थाहरूसित सहकार्य गर्दै अघि बढ्ने छ ।

यसै उद्धेश्य प्राप्तिका लागि हामीले २०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक सङ्घका केद्रीय सदस्य च्याङ्वा लामासहित सात जना सांस्कृतिककर्मीहरूको हत्याविरुद्ध हरेक वर्ष मनाउँदै आएको सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर आफ्नो घोषणपत्र अर्थात् अवधारणापत्र सार्वजनिक गरेका छौं ।

ऋषिराज बराल

चैत्र ५, २०६७

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.