Archive for the ‘दैनिकी’ Category

एउटा खुसीको खबर

विप्लव माओवादीले कब्जा गर्यो एमाओवादीको जग्गा काठमाडौँ २६ फागुन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एमाओवादीका नेताको जग्गा कब्जा गरेका छन् । बाँके फत्तेपुर ७ मा रहेको एमाओवादी बाँकेका निवर्तमान इन्चार्ज प्रकाश सुवेदी ‘चन्द्रकान्त’को आफन्तको नामको जग्गा विप्लव माओवादीले सोमबार कब्जा गरेको नेपाल समाचारपत्रमा खबर छ । बुहारीकी दिदीको नाममा बनाइए पनि उक्त जग्गा चन्द्रकान्तकै […]

पम्फाबारे रातो पाटीको थप समाचार

माताको शरणमा हिसीला पनि पुगिन् भुषालले झुठ बोलिन् : भबिश्यबेत्ता आचार्य नरेन्द्र बस्नेत मोरंग, असोज २० : नेकपा माओबादीकी प्रबक्ता पम्फा भुसालले आफुले ज्योतिषको बिश्वास नगर्ने र सबिता शर्मालाई भेट्न आफै खोजेर नगएको बताएपछि भबिश्यबेत्ता सबिता शर्मा आचार्यले यो सरासर झुठ भएको बताएकी छिन । हाल गृहजिल्ला धनकुटामा रहेकी आचार्यले भुषाललाई आफुले नबोलाएको बरु उल्टै […]

मधेस टुक्र्याउने अभियानमा बाबुराम सकारात्मक !

kathmandutoday.com को समाचार (बाबुराम र सि के राउत एउटै सिक्काका दुई पट हुन्- विदेशी दलाल, दुबैका मालिक एउटै हुन् । उनीहरूले यस्तो सोच्नु र गर्नु अनौठो होइन) काठमाण्डु, ५ भदौ– नेपालबाट मधेसलाई अलग्याएर छुट्टै देश बनाउने अभियानमा रहेका सीके राउतले एमाआवादी नेता बाबुराम भट्टराई समक्ष मुलुक टुक्र्याउने प्रस्ताव राखेका छन् । राजनीतिक संवाद तथा सहमति […]

भारतीय आक्रमणको निन्दा गरौँ

बर्दियामा भएको भारतीय आक्रमणको निन्दा गरौँ यही असोज २ गते बर्दियाजिल्लाको सदरमुकाम गुलरियामा  भारतीय प्रहरी हतियारसहित प्रवेश गरी मन्जुर प्रसादश्रेष्ठको घरका मान्छेलाई आतंकित पार्दै अपराधीका झैँ घर खानतलासी गरेको छ ।  नेपालको  कुनै पनि  सुरक्षा प्रतिनिधीलाई जानकारी  नगराई  आफ्नै मुलुकको कुनै भागझैँ गरी भारत उत्तर प्रदेश राज्यको  लखिमपुर  डिएसपीको कमाण्डमा आएको टोलीले  श्रेष्ठको  घरमा  जर्वजस्ती  प्रवेश […]

माओवादी संचारमा दलाई लामाको चिन्ता

गलत कुरा भयो भनेर भन्दा हाम्रा कामरेडहरू पूर्वाग्रही हुन्छन्, उफ्रिन्छन्, एकपल्ट पथिक, महेश्वर दाहाल भएको बेला मैले महिमामा छापिएको समाचारलाई लिएर आफ्नै पत्रिकामा आफ्नै साथीको किन खोइरो खनेको भनेर टिप्पणी गरेँ । महेश्वर ठाडै जंगिए । पार्टीको सूचनासंचार सबै पम्फा–महेश्वरको हातमा छ । हामी जन विद्रोहको तयारीको कुरा गर्दै छौँ । भएका सूचना-सन्चार माध्यमहरू सबै […]

रातो पाटीले यस्तो छाप्यो

(नवप्रतिक्रियावादीहरूको एकताको  हल्लाको  भ्रम चिर्न  अस्ति भर्खरै गद्दार भनेर वक्तव्य निकाल्नु भएको बैद्य कमरेडले  एकताका लागि प्रचण्डसित फेरि खुसुर खुसुर गर्नु भयो होलाजस्तो लाग्दैन । यदि तेसो हो भने त कुरा गडबड छ ।  गद्दारहरूसित खुसुर खुसुरको अर्थ बुझिनसक्नु छ । यो महराले यता पनि सिध्याउने भयो अब ।) ————————————————————————— पार्टी एकताबारे प्रचण्ड-बैद्यबीच छलफल काठमाडौ, […]

पार्टीविरुद्ध पार्टीका माध्यमहरू: कुरा नयाँ पार्टीको

पार्टीविरुद्ध पार्टीका माध्यमहरू: कुरा नयाँ पार्टीको   केही दिनअघि नेपाल कमुनिस्ट पार्टी-माओवादीकै वेबसाइटले (त्यो वेबसाइट पनि कति दिनदेखि बन्द छ :हाइसंचो) किरण कमरेडलाई  प्रेसिडेन्ट बनाएथ्यो  . अहिले आएर पार्टीकै खर्च र निर्देशनमा चलेका वेबसाइट र साप्ताहिकले पार्टिका समाचार र किरण कमरेडले निकालेका प्रेस वक्तब्यहरू  पनि ब्ल्याकआउट गर्न थालेका छन्. गएको हप्ता नव प्रतिक्रियावादी पार्टी एकीकृत मावोबादीसित […]

यतिबेर दुइटा निर्णयमा पुगेको छु : बराल

विगतको दुई लाइन सङ्घर्षमा खासगरेर प्रचण्ड–बाबुरामको नवसंशोधनवादी गुटसित सङ्घर्ष गर्ने क्रममा हामी केही साथीहरू मिलेर मेरो सम्पादकत्वमा समयबद्ध नामको वैचारिक पत्रिका संचालन गरेका थियौँ । सो पत्रिकाले samayabaddha.org  नाममा वेबसाइट पनि चलाएको थियो । सो पत्रिका पुनः प्रकाशित भएमा शुभचिन्तक र  सहयोगीका रूपमा लेखरचना आदिमार्फत सहयोग गर्न सकिए पनि अबदेखि सो पत्रिकाको  सम्पादकका रूपमा  आफू […]

आफ्नै वेबसाइटले किरण कमरेडलाई ‘प्रेसिडेन्ट’ बनायो

नवप्रतिक्रियावादी  प्रचण्ड–बाबुराम गुटबाट सम्बन्ध विच्छेद गरी नयाँ पार्टी नेकपा–माओवादी बनाएको अब १ वर्ष पुग्न लागेको छ । यसबीच यो पार्टी आफ्नो परिचय र मूल्यलाई स्थापित गर्न निकै सङ्घर्षरत रह्यो र रहिरहेको छ । वैचारिक र व्यावहारिक पक्ष नै यसलाई बुझ्ने र जान्ने प्रमुख आधारहरू हुन् । आजको समयमा सूचना र सञ्चारको ठूलो महत्त्व छ । […]

खबर पनि कस्तोकस्तो सुन्नु परेको !

खबर पनि कस्तोकस्तो सुन्नु परेको । कहिले हाम्रा कमरेडहरूले सुटुक्क विदेशी राजदुतहरूलाई भेटे रे भनेर खबर आउँछ । कहिले माओवादीका अमुकअमुक सभासद्हरू सिआइएद्वारा सञ्चालित आइएनजिओसित सम्बद्ध रहेको भनेर खबर आउँछ । कहिले बाबुराम भट्टराईले सुटुक्क बैद्य र नेत्रविक्रम चन्दलाई भेटे भनेर खबर आउँछ । कहिले माओवादी पूर्व सभासद् र बैद्य समूहकी महिला नेतृ उमा भुजेल […]

See real websites hosted and built by iPage customers.