देशीविदेशी अपराधी तत्वहरूको मिलोमतोमा ह्याक गरेर केही महिनादेखि कृष्ण सेन अनलाइन (krishnasenonline) बन्द गराएको र अहिले फेरि त्यसै नाममा गतिविधि गरिरहेको अवस्थामा ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ को वेभ साइट ichhuk.org पनि केही समय यता Hack 7 नाममा ह्याक गरिएको छ । केही समययता अमुक व्यक्तिले कहिले किरण कमरेड र कहिले ऋषिराज बरालको विषयमा फोन, मेल र अन्य विषयमार्फत अनावश्यक चासो राखिरहेको बोध भइरहेको अवस्थामा यस किसिमको घटना भएको छ । त्यसै गरी अन्य फोन ट्याप मेल ह्याकिङ र दि नेक्सट फ्रन्ट ( The Next Front) लगायतका क्रान्तिकारी वेबसाइटहरू विरुद्ध राष्ट्रिय– अन्तर्राष्ट्रिय अपराधी गिरोह सक्रिय हुन थालेको विभिन्न रूपका सङ्केतहरूले बोध गराएका छन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानको वेबसाइट पनि ह्याक
Posted by admin on July 20th, 2011

Posted in 








Books by Rishi Raj Baral
