हिमाल फिर्ता बोलाउने प्रचण्ड अमेरिका पठाउने

हाम्रा विद्यार्थी नेता हिमाल सर्माले चीनमा मेडिकल पढ्दै गरेको छोरालाई बोलाएको घटनाको अहिले चारैतिर टीका–टिप्पणी भएको छ । ‘नेताका छोराछारीहरू बोर्डिङ स्कुलबाट हटाऊ, महंगा स्कुलमा नेताका छोराछोरीहरू नपढाऊ‘  भनेर नारा दिने हिमालजीलाई यसले अप्ठेरो पनि पार्यो होला । पार्टीको पैसा खर्च गरेर, बोर्डिङ स्कुलले चन्दा दिनु नपर्ने सर्तमा,  विद्यार्थीबाट हडताल हुन दिइने छैन भन्ने सर्तमा वा शक्तिको आडमा महंगा बोर्डिङहरूमा छोराछोरीहरू पढाउने नेताहरूको भन्दा यो सन्दर्भ अलि फरक छ । दिनानाथ शर्मा, कृष्णबहादुर महरा र अग्नि सापकोटाका छोराहरू भाषा सिक्ने नाममा पार्टीको प्रयोग गरेर चीनमा पढिरहेका छन् भन्ने कुरा पनि यहाँ स्मरणीय छ ।

आफ्नो क्षमताले स्कलरसिपमा छनौट भएको छोरोलाई हिमालजीले त्यसरी ल्याउनुमा नेतिक पक्षको केही मात्रा रह्यो होला । यसप्रति उहांलाई धन्यवाद दिन सकिन्छ । तर यसलाई उहांले अलि मनोगतता र यान्त्रिक रूपमा पो लिनुभयो कि भन्ने पनि लाग्दछ । आफ्नो परिवारकी एकजना महिला सदस्यलाई आरआर क्याम्पसमा रहेको पत्रकारिताको अमेरिकाको स्कलरसिपको कोटामा पत्रकारिता पठाउन सिफारिस गर्न त्यर्हाका क्याम्पस प्रमुखलाई प्रचण्डले विभिन्न स्रोतमार्फत चर्को दवाब दिएको भनेर प्राध्यापकहरू र त्रिविमा चर्चा चलिरहेको बेला हिमालजीको यस किसिमको कार्य व्यङ्गको विषय बन्नु अस्वाभाविक होइन ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.