स्याबास्! कमरेड प्रकाण्डको ऐतिहासिक निर्णयलाई

हामीले यसअघि खड्कबहादुर विश्वकर्मा उर्फ कमरेड प्रकाण्डबारे केही टिप्पणी गरेका थियौं । यसो च्वास्स घोचेका मात्र थियौं । कतिपयले आफ्नै कित्ताकालाई टिप्पणी गर्नुभएछ पनि भने । जुनसुकै कित्ताका हुन् र जोसुकै होऊन्, गलत प्रवृत्तिको आलोचना र भण्डाफोर गरिनुपर्दछ, जसको जति ठूलो टाउको छ, त्यसलाई त्यति नै ठूलो घनले ठोक्नुपर्दछ  भन्ने हाम्रो ठहर हो ।

मन्त्री खड्कबहादुर विश्वकर्मा आलोचना गरिनलायक पात्र हुन् भन्ने कुरा हालै उनले नेपाल वायुसेवा निगममा गरेको नियुक्तिले प्रस्ट पारेको छ ।मनरुप शाही ‘नेप्च्युन’ सार्वजनिक क्षेत्रमा एकजना प्रगतिशील साहित्यकारका रूपमा चिनिन्छन् । उनी व्यक्तिगत रूपमा एकजना भद्र र दुर्गम क्षेत्रसित जोडिएका मान्छे हुन् । एमालेबाट फुटेर माले बन्दा उनले आफ्नो फरक परिचय दिए–मालेमा सहभागी भएर ।  त्यसबेला एमालेका भन्दा मालेकाहरूसित माओवादी बौद्धिक र सांस्कृतिक क्षेत्रको राम्रो समझदारी थियो । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका प्रश्नमा एमालेभन्दा माले बढी सकारात्मक छन् र राम्रा मान्छे मालेमा छन् भन्ने हाम्रो ठम्याइं थियो । क्रान्तिकारी मार्क्सवादीहरूको साहित्यिक प्रकाशन कलम पत्रिकामा  मनरुपको रचना पनि छापिएको थियो ।

त्यतिबेलै  उनी एउटा आईएन्जीओमा काम गर्थे भन्ने थाहा पाएका थियौं । आईएन्जीओप्रति हाम्रो  हिजो पनि र आज पनि सकारात्मक धारणा छैन । पछि ‘शान्तिप्रक्रिया’ मा हामी आएपछि धेरै मान्छेहरू माओवादीमा प्रवेश गरे । त्यसमा एमाले र  माले सबैभन्दा बढी प्रवेश गरे । अझ माओवादी संसदमा सबैभन्दा ठूलो पार्टी भएपछि त थामी नसक्नु गरी मान्छेहरू प्रवेश गरे ।

प्रकाण्डजी अर्थात् खड्कबहादुर विश्वकर्माजी समाजकल्याणमन्त्री हुंदा कालिकोटे नाताले मनरुपजी पनि  समाजकल्याणमा गएको थाहा पाएका थियौं । यता एकदुई दिनअघि पत्रपत्रिकामा वायुसेवा निगममा नियुक्ति हुने संभावितहरूको चर्चामा मनरुपको नाम आए पनि  वायुसेवा निगमजस्तो जटिल, प्राविधिक र थुप्रै कुराको ज्ञान र ध्यान दिनुपर्ने ठाउंमा उनलाई नियुक्ति देलान् भनेर सोचेका थिएनौं । त्यस ठाउंमा उनलाई नियुक्ति दिएकोमा हामीलाई पनि आश्चर्य लागेको छ । व्यक्तिगत रूपमा उनीसित हाम्रो कुने वैरभाव होइन र छैन । यस अर्थमा हामी उनलाई बधाइ पनि दिन्छौं । तर मनरुपको चयन त्यस ठाउंका लागि ंसही चयन भने पटक्कै होइन ।

भोलि कुनै अप्ठ्यारो र समस्या आउंदा पार्टी र त्यसमा पनि वैद्य समूह जोडिने हुंदा यस्ता कुरामा समूहले पनि केही सोच्नु आवश्यक छ र प्रकाण्डलाई छाडा नछोडी केही लगाम त  लगाउनै पर्ने हुन्छ । त्यसै त एयरपोर्ट बेहाल छ, वायुसेवा निगम बेहाल छ, पर्यटन वर्ष त झन बेहाल छ,, क हो क हो बुघिनासक्नु छ, त्यसमा पनि अब यस्तो हुन थालेपछि, प्रचण्डको प्रधानमन्त्रीकालमा गोपाल किरांतीले माओवादी पार्टीलाई डुबाएझैं प्रकाण्डले वैद्य समूहलाई नडुबाउलान् भन्न सकिंदैन ।

जे होस्, यो सही निर्णय होइन । यसलाई प्रकाण्डको नालायककीपनको उदाहरण भन्दा केही फरक पर्दैन ।  वास्तवमा मन्त्रीभएदेखि यताका प्रकाण्डका कामकुराहरूको अध्ययन गर्दा उनी गहन जिम्मेवारी लिन सक्षम छैनन् भन्ने कुरा पुष्टि भएको छ । समावेसी र विचारसमूहका नाममा मन्त्री हुन कुदारेकुद गर्नेहरू र विचारसमूहका नाममा सूची  तयार पार्नेहरूले अबका दिनमा यसबारे नयां किसिमले सोच्नु आवश्यक  छ भन्ने हामीलाई लागेको छ ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.

Warning: fopen(/home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php) [function.fopen]: failed to open stream: No such file or directory in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 20

Warning: filesize() [function.filesize]: stat failed for /home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fread(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fclose(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 22

Warning: mysql_connect() [function.mysql-connect]: Access denied for user 'ayuryoga'@'localhost' (using password: NO) in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 43
ss