विप्लव समूहसित एकताप्रक्रियामा सामेल छैन

Baral NPऋषिराज बराल

विखण्डित र विभाजनको अवस्थामा रहेको नेपालको माओवादी आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा एकीकृत गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु आजको आवश्यकता हो र यही आवश्यकता पूरा गर्ने माध्यमका रूपमा कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन भएको थियो ।  गठनका आरम्भका दिनमा यसले क्रान्तिकारीहरूबीचको एकताको प्रयासलाई घनीभूतरूपमा अगाडि बढाएको पनि थियो । प्रचण्डको नेतृत्वमा दक्षिणपन्थीहरू ध्रुवीकृत भइरहेको अवस्थामा  एकता र धु्रवीकरणको प्रयास कमरेड मोहन बैद्यले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लवले नेतृत्व गर्नुभएको नेकपा माओवादीबीच हुनु स्वाभाविक थियो । परन्तु, शसस्त्र जनसङ्घर्षको कार्यदिशालाई नेपाली समाजको विशिष्टताअनुसार अझ ठोस र वैज्ञानिक बनाएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नीति, योजना र कार्यक्रमप्रति विप्लव समूहको रुचि नरहेको र ‘एकीकृत जनक्रान्ति’ को अमूर्त कार्यदिशाबाट टसमस हुने स्थिति नरहेको कारण नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी  र कम्युनिस्ट न्युक्लिअस, नेपालबीच एकताको प्रयासले सार्थक रूप लिनसकेन ।

यसैबीच कम्युनिस्ट न्युक्लिअसको बहुमत सदस्यहरूले विप्लव समूहको कार्यदिशा लगायत सबै कार्यक्रमहरू स्वीकार गरी एकताका नाममा विप्लव समूहमा विलय हुने निर्णय गरेकाले आफू सो निर्णयप्रति असहमत रहेको  र विप्लव समूहसित ‘एकता प्रक्रिया’ मा सामेल नभएको यथार्थ प्रस्ट पार्दछु । साथै तत्काल  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सित सहकार्य गर्दै, कम्युनिस्ट न्युक्लिअसको सेरोफेरोमा रहेका यस निर्णयप्रति असहमत बुद्धिजीवी साथीहरूसित छलफल गरी आगामी दिनमा कसरी जाने भन्ने कुराको निर्णय गर्ने कुरा पनि प्रस्ट पार्दछु ।

भदौ ५, २०७३

You can leave a response, or trackback from your own site.

One Response to “विप्लव समूहसित एकताप्रक्रियामा सामेल छैन”

  1. Ajay Sapkota says:

    एकताको नाममा विचारमा सम्झौता गरेर आत्मसमर्पण नगरेकै राम्रो गर्नुभयो सर

Leave a Reply

See real websites hosted and built by iPage customers.