हाम्रो पनि ऐक्यबद्धता : दि नेक्स्ट फ्रन्ट

नागरिक दैनिकसित संबद्ध बिराटनगरका संवाददाता खिलानाथ ढकालमाथि युथ फोर्स नामका गुण्डाहरूद्वारा ज्यान नै लिने गरी भएको आक्रमण र कुटपिटको घटनाको हामी घोर निन्दा तथा भर्त्सना गर्दछौं । दि नेक्स्ट फ्रन्ट ढकालको सुस्वास्थ्यको कामना र औषधोपचारको उचित व्यवस्थाको माग गर्दै, युथ फोर्स नामधारी अपराधीहरू र त्यस्ता अपराधीहरूलाई सहयोग पुर्याउने प्रहरी–प्रशासनमाथि पनि यथा शीघ्र कार्बाहीको माग गर्दछौं । एमाले पार्टीभित्रको पनि खास नेताका आडमा गुण्डागर्दी गर्ने यस किसिमको पेशेवर आपराधिक प्रवृत्तिका विरुद्ध नेपाललगायत विश्वका कलमजीवीहरूले उठाएको आवाज र  आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई अझ व्यापक र घनीभूत बनाउनुपर्ने कुरामा पनि हामी जोड दिन्छौं ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.