क्रान्तिकारी ऐक्यबद्धता

भारतीय जनताले चलाएको महान् जनयुद्धका पक्षमा विश्वका माओवादीहरूले चलाएको ऐक्यबद्धता अभियानप्रति हाम्रो पनि क्रान्तिकारी  ऐक्यबद्धता

यतिबेर विश्वमा नयाँ किसिमले आन्दोलन र जनउभारहरूले गति लिइरहेका छन् । खास गरेर अरब, अफ्रिका र एसियामा भएका आन्दोलनहरूले साम्राज्यवादी  स्वर्गमा ठूलो आतङ्क मच्चिएको छ र विश्वका न्यायप्रेमी जनतामा नयाँ विश्वास र उत्साह पैदा गराएको छ । विश्वभरि  मार्क्सवादको पक्षमा जनउभार उठेको छ र एकपल्ट फेरि  मार्क्सवाद–लेनिनवाद र माओवादको आवश्यकता, औचित्य र सान्दर्भिकताको पुष्टि भएको छ ।

अहिले संसारभरिका मालेमावादीहरू माओवादी आन्दोलनलाई नयाँ गतिका साथ अघि बढाउन  र बहस र छलफलमा जुटेका छन् ।  अमेरिका, पेरु, फिलिपिन्स, इरान, इटली, अफगानिस्तानलगायतका मुलुकहरूमा नयाँ गति र तीव्रता देखिएको छ भने पछिल्लो जनउभार सँगै अरब र अफ्रिकी मुलुकहरूमा माओवादी पार्टी गठनको प्रक्रिया पनि तीव्र बनेको छ । युरोपका सन्दर्भमा इटली र यता एसियामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले गरेको विकास अन्तर्राष्ट्रिय दृष्टिले पनि उल्लेख्य बनेको छ । त्यसैगरी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भित्र दक्षिणपन्थी अवसरवाद र मध्यपन्थी अवसरवादका विरुद्ध मालेमावादी क्रान्तिकारीहरूले चलाएको दुई लाइन सङ्घर्षले नयाँ क्रान्तिकारी आशावादिताको सञ्चार गराएको छ ।

खास गरेर आफूलाई प्रजातन्त्रको रक्षक र ठूलो देशका नाममा यस क्षेत्रका मुलुकहरूमाथि नव उपनिवेशवादी हस्तक्षेप र आक्रमण गरिरहेको भारतीय विस्तारवादका विरुद्ध भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतीय मुक्तिकामी  जनताले  चलाएको वर्गसङ्घर्षले विश्वलाई नयाँ सन्देश दिएको छ । भारतीय विस्तारवादका विरुद्ध त्यहाँका उत्पीडित जनताले गरेको सङ्घर्ष त्यहाँका जनताको मात्र सङ्घर्ष नभएर विश्वकै उत्पीडित जनताको सङ्घर्ष हो र यो विश्वसर्वहारा वर्गको मुक्तिसित गाँसिएको आन्दोलन हो । वर्तमान सन्दर्भमा यसको विश्वव्यापी महत्त्व रहेको छ । यस अर्थमा हामी भारतीय प्रतिक्रियावादी वर्गले भारतीय जनतामाथि लादेको राज्यआतङ्क र युद्धको घोर निन्दा तथा भर्त्सना गर्दछौं र त्यहाँका जनताले चलाएको महान् जनयुद्धको पक्षमा दृढताका साथ उभिन्छौं ।  यतिखेर भारतीय माओवादी  जनयुद्धको पक्षमा चलाइएको विश्वव्यापी ऐक्यबद्धता अभियान त्यसमा पनि इटालीमा हुन लागेको व्यापक जनप्रदर्शनप्रति हाम्रो  पनि दृढ सहयोग र समर्थन छ । यस विश्वव्यापी  ऐक्यबद्धता अभियानलाई हरकिसिमले सहयोग गर्न हामी आमजनमानस तथा बौद्धिक–सांस्कृतिक कर्मीहरूमा हार्दिक अपिल गर्दछौं । आउनुहोस् :

भारतीय प्रतिक्रियावादी शासकवर्गले उत्पीडित जनतामाथि गरेको दमनको विरोध गरौं

भारतीय जनताले चलाएको महान् जनयुद्धको सहयोग र समर्थनमा जुटौं

चैत २१, २०६७

डा. ऋषिराज बराल

संयोजक

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपाल

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.

Warning: fopen(/home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php) [function.fopen]: failed to open stream: No such file or directory in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 20

Warning: filesize() [function.filesize]: stat failed for /home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fread(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fclose(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 22

Warning: mysql_connect() [function.mysql-connect]: Access denied for user 'ayuryoga'@'localhost' (using password: NO) in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 43
ss