खबर पनि कस्तोकस्तो सुन्नु परेको । कहिले हाम्रा कमरेडहरूले सुटुक्क विदेशी राजदुतहरूलाई भेटे रे भनेर खबर आउँछ । कहिले माओवादीका अमुकअमुक सभासद्हरू सिआइएद्वारा सञ्चालित आइएनजिओसित सम्बद्ध रहेको भनेर खबर आउँछ । कहिले बाबुराम भट्टराईले सुटुक्क बैद्य र नेत्रविक्रम चन्दलाई भेटे भनेर खबर आउँछ । कहिले माओवादी पूर्व सभासद् र बैद्य समूहकी महिला नेतृ उमा भुजेल उर्फ सिलुको ‘बङ्गलादेशी आतङ्कारीसित सम्बन्ध, रेड कर्नर नोटिस हटाउन १२ लाखको लेनदेन’ भनेर समाचार आउँछ । भर्खरै कान्तिपुर छापाले छाप्यो यस्तो र अनलाइनहरूमा पनि आयो यस्तो खबर । सारै गम्भीर खबर हो यो । यो बारे छिटोभन्दा छिटो प्रस्ट पार्नु र हुनु आवश्यक छ ।
खबर लेख्नेले आआफ्नो स्वार्थअनुसार लेख्छन् । गलत भए त्यसको खण्डन गर्नु आवश्यक हुन्छ । वैधानिक राजनीति गर्दा विदेशी राजदूतहरूसित भेटघाट गर्ने कुरा अस्वाभाविक होइनन् । तर भेटघाट सुटुक्क होइन, पारदर्शी हुनुपर्छ र त्यहाँ भएका कुराकानीका बारेमा कार्यकर्तालाई जानकारी हुनु आवश्यक हुन्छ । यसो भएमा त्यस्ता कुराकानीप्रति नकारात्मक हुनु आवश्यक छैन । यो मात्र होइन, हरेक भेटघाट चाहे बाबुरामसित होस् चाहे प्रचण्डसित, त्यो पनि पारदर्शी हुनुपर्छ । यसो नहुँदा अन्योल उत्पन्न हुन्छ । यस्तै सुटुक् सुटुक् भेटले जन्माएका थिए गोंगबु डिनर र धोबिघाट गठवन्धन ।
साँच्चै हो, कसलाई विश्वास गर्नु, कसलाई नगर्नु ! समाचारको कतै खण्डन गरिँदैन, यसप्रति विमति जनाइँदैन । विश्वास पनि कसरी नगर्नु ! खोइ के भएको हो यस्तो ? क्रान्तिकारी भनिएका हामीहरूको त यस्तो ताल छ अनि अरूका बारेमा के प्रश्न उठाउनु !
खबर पनि कस्तोकस्तो सुन्नु परेको !
Posted by admin on March 26th, 2013

Posted in 








Books by Rishi Raj Baral

हाम्रा कतिपय नेताहरुमा क्रान्तिकारी माहान नेता चे गुवेभाराले तल भन्नु भएको मानसिकता या कमजोरी बाट ग्रसित छन जस्तो लाग्छ ।
“त्यो संम्भाबित कमजोरी हो :जिवनभरी आफ्नो क्रान्तिकारी कर्मको ब्याज खाने मानसिकता !क्रान्तिप्रती आफ्नो सिगो जिवन समर्पित गरिसकेपछी त्यसको बदलामा ,उनिहरुका कुनै पनि बच्चाले कुनै पनि बस्तुको अभाव झेल्न नपरोस ,उनिहरुका छोराको जुत्ताको हालत खराव नहोस ,उनिहरुको परिवारले अत्याबश्यक सामानको कमी देख्न नपरोस भन्ने सोचाइ कुनै कुनै क्रान्तिकारिहरुले बोक्न सक्छन ।त्यसरि दिग्भ्रमित पनि हुन सक्छन ।त्यस्तो खालको दाबी गर्ने मानसिकता र चिन्तन प्रकृयामा भावी भ्रष्ट्रचारका किटाणुहरु हुन्छन ।अत यसरि सोच्नेहरुको खुला मन-मष्तिस्कमा भ्रष्ट्रचारका किटाणुहरुले सजिलै संक्रमण गर्न सक्छन ।”