म चुनौती दिन चाहन्छु

R.R.Baralऋषिराज बराल
नेपाल कम्युनिस्ट पार्टी—माओवादीको सातौँ माहाधिवेशन सम्पन्न भएको एक महिना जति हुन लागेको छ । यसका सन्दर्भमा मैले ‘ माओवादी महाधिवेशन उत्साहहीन निष्कर्ष’ शीर्षकको लेख प्रकाशित गरेको थिएँ । यस लेखलाई लिएर थरी थरीका टिप्पणी र प्रतिक्रियाहरू प्रकाशमा आए । धेरजसो टिप्पणीहरू सकारात्मक प्रकृतिका थिए । ‘हाम्रो मनको कुरा भनिदिनु भयो’–अधिकांश कमरेडहरूको भनाइ यस्तो थियो । केही यथास्थितिवादीहरू र वैचारिक बहसमा आउन साहस नगर्नेहरूले ‘बराललाई कार्बाही गर्नुपर्छ’ भनेर बैठकमा भने रे भन्ने पनि सुनियो । म अहिले धेरै लेख्दिन, ककसले बराललाई कार्बाहीको माग गरेका थिए र को को मेरा विरुद्ध लागेका छन् भन्ने कुराबाट म अनभिज्ञ छैन । यस्ता यथास्थितिवाद र विसर्जनवादका पक्षधरहरूलाई,  मलाई कार्बाही गरेर देखाउन चुनौती दिन्छु । मलाई होइन, प्रचण्डका पार्टी सदस्यहरूलाई र आइएनजिओवादीहरूलाई महाधिवेशन प्रतिनिधि बनाउनेहरू र महाधिवेशनको हलबाट कार्यकर्तालाई उत्साह र थप प्रतिबद्धताका साथ कार्यक्षेत्रमा पठाउनुको सट्टा प्रश्न र आशङ्काको बीऊ रोप्नेहरूमाथि कार्बाही हुनुपर्दछ ।
हिजोका दिनदेखि नै क्रान्तिका लागि जुनसुकै बलिदानका लागि पनि तयार भएर युद्धमा सामेल भएको मान्छे हुँ र अझै पनि जुनसुकै बलिदानका लागि तयार छु, तर कसैको धम्की सहिँदैन र कसैको दया र निगाहको पात्र बन्ने मानसिकतामा ऊ छैन । देश र जनताको पक्षमा लाग्नका लागि ऊ हरेक विकल्पका लागि स्वतन्त्र छ ।
तदर्थवादबाट मुक्त हुन थुप्रै कुरामा बहसछलफल हुनु आवश्यक छ ।  सत्यको सामना गरौँ  महाधिवेशनको आरम्भदेखि समापनसम्मको स्थितिको सही किसिमले विश्लेषण गरौँ । ककसका के के समस्या रहे र कसले कहाँ गल्तीकमजोरी ग¥यो, कार्यकर्तालाई उत्साहका साथ कार्यक्षेत्रमा पठाउन महाधिवेशन किन सफल हुन सकेन, यसको सही सही  समीक्षा गरौँ ।  समस्या तल होइन, माथि नै छन् भन्ने सत्यको सामना गरौँ । बराल हरेक चुनौतीको सामना गर्न तयार छ ।
माक्र्सवाद–लेनिनवाद–माओवाद : जिन्दावाद
नयाँ जनवादी क्रान्ति  : जिन्दावाद
महान सहिदहरू  : लाल सलाम

माघ २५,  २०६९

You can leave a response, or trackback from your own site.

4 Responses to “म चुनौती दिन चाहन्छु”

  1. Ajay sapkota says:

    यो त गम्भिर कुरा भयो
    सत्य कुरा बोल्ने र लेख्नेलाई कारबाहि गरेर सत्य कहाँ मर्छ र ?
    बराल सरले लेख्न छाड्नु भयो भने पनि अरुले त लेखिहाल्छन नि ।
    कसैले आफ्नो गल्ति नै स्विकार नगर्ने
    नसच्चिने अनि रुपान्तरण हुनै नचाहाने अरुलाई गालि गरेर आफुलाई राम्रो देखाउन खोज्ने यस्ता त नेकपा – माओबादिमा अझै छन , अहिले त धेरै बढेको छ ।यस्तो प्रवृत्ति संग कठोर संघर्ष नगरि कसरि नयाँ पार्टी बन्छ ?
    उत्साहित हुने त त्यस्तो के नै छर तर तपाईले भने झै
    हारेका छैनौ हामि र थाकेका पनि छैनौ हामि ।
    अन्तयमा तपाईलगायत सबै क्रान्तिकारि कमरेडहरुलाई 18 औ महान जनयुद्ध दिबशको अबसरमा शुभकामना र निरन्तर क्रान्ति जिन्दाबाद भन्न चाहान्छु ।

  2. Kumaraaditya says:

    अजय कमरेड म तपाईंसित पूर्ण सहमत छु । अझै पनि राष्ट्रिय सरकारका नाममा मन्त्री खान धरै लालायित छन्। गुरुङले मधेसी मैर्चासितको चार बुंदे सहमतिलाई ऐतिहासिक भनेकै हुन् । गुरुङलाई अर्थ मन्त्री दिएका भए किरणजी पनि ठिक भयो भन्नु हुन्थ्यो, आजभोलि जनयुद्ध त भनेको मेरा हो मुल त बिद्रोहनै हो र विद्रोह पनि गर्न सकिदैन, अब पार्टी दर्ता गरेर चुनाबमा जानु पर्छ भनेर कुरा उठ्न थालेको छ रे । गुरुङ, हितमान, पम्फाहरू पार्टी दर्ता गरेरे जानु पर्छ भन्न थालेका छन् रे । हितमानलाई एकपल्ट मन्त्री हुने इच्छा छ रे । हेर्दै जौं के के हुन्छ । विसर्जन र फूटबाट कसरी पार्टी लाई जोगाउने हो, अब क्रान्तिकारीहरुको चिन्ता त्यता पो गरु परेको छ । अहिले नै पार्टी ना हाँसको चाल, ना बकुल्लाको तालमा छ। गोरू गाडीमा चढेर चन्द्रमामा कसरी पुगिएला र ।

  3. Ramesh says:

    वैद्यबाले पश्चिमाले तयार गरेको गतिलो पात्र फेला पारेछन् । फेला पारेका हुन् या पश्चिमा इण्डो-अमेरिकी गुटले नै पठाएको हो । जो साम्राज्यवादका एजेण्टका रुपमा आइएनजीओ एनजीओमार्फ आजीवन पश्चिमाहरुको खेतालो भइ जीवन बितायो उही गोपाल चिन्तन जस्तो विवादास्पद मान्छेलाई नेकपा-माओवादीले किन हुलेको होला? छोराछोरी अमेरिका राखेर गर्दै विभिन्न एनजीओ आइएनजीओमा सक्रीय
    चिन्तनजस्ता समाजबाट दूत्कारिएका पश्चिमाहरुका एजेण्ट बोकेकै कारण ड्यास माओवादी कति नागिन्छ । ड्यास माओवादीले समाजबाट नैतिकरुपमा नागिएका तथा पश्चिमाका एजेण्टहरु बोके यसैलाई मसला बनाएर ड्यास माओवादीको वास्तविक चरित्र उदांगो पार्नु पर्ने हुन्छ ।

  4. s basnet says:

    अमेरिकी लगानीमा करियर बनाएका र अमेरिकामा शिक्षादीक्षा हासिल गरेका र नेपालमा मानवअधिकारको खोलमा साम्राज्यवादीको मतियारका तथा चारित्रीक हिसाबले समाजबाट बहिस्कृत गोपाल सिवाकोटी पात्रहरु माओवादीमा ओत लाग्न आए त्यसको खुलेरै विरोध गरिनु पर्छ र पार्टर्ीीई साम्राज्यवादी चंगुलमा फस्नबाट जोगाउन पर्छ । मालेमावाद जीन्दावाद, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र तिनका मतियार मर्ुदावाद

Leave a Reply

See real websites hosted and built by iPage customers.

Warning: fopen(/home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php) [function.fopen]: failed to open stream: No such file or directory in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 20

Warning: filesize() [function.filesize]: stat failed for /home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fread(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fclose(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 22

Warning: mysql_connect() [function.mysql-connect]: Access denied for user 'ayuryoga'@'localhost' (using password: NO) in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 43
ss