प्रचण्डका लठैतको गाईजात्रा: मुलुकको शिर निहुरियो

माओवादी पार्टीमा  सन्काहा, हावादारी  र लठैत अझ पछिल्लो समयमा ‘प्रचण्डको लठैत’ भनेर वंग्य गरिने लोकेन्द्र बिष्टले जर्मनी जाने क्रममा जे गरे, अबुदाभी  विमानस्थलमा  उनलाई लिएर जे भयो, यसले मुलुकको शिर निहुरिएको छ, पार्टी बदनाम भएको छ । र यो सरकार नालायक हरूको सरकार हो भनेर पनि पुस्टि भएको छ । टिके राजनीतिमा यो भन्दा अरू क देख्न र सुन्न पाइन्छ र ! यसले माओवादीमा योग्य र सक्षम मान्छे रहेनछन् भन्ने टिप्पणी पनि उठेको छ । तर  बिस्टलाई अलिकति पनि लाजसरम छैन । यस्तै लाजमर्नु चिनिया प्रधानमंत्री आउँदा बाबुरामले गरेका थिए । सोझै नेपाल फर्केर राजिनानामा दिएर रहलपहल नैतिकता बचाउन लाग्नु पर्नेमा लाज पचाएर जर्मनीतिर उनी जाँदैछन् भन्दा हामीलाई पो लाज हुन थालेको छ । त्यहाँ हयस घटनाले कस्ताकस्ता मान्छेहरू, कस्ता कस्ता लठैतहरु प्रचण्डका वरिपरी रहेछन भन्ने यथार्थ चाँहि राम्रोसित उदघाटित भएको छ । नागरिक दैनिकको कार्टुन र onlinekhabar.com को टिप्पणीप्रति हाम्रो पनि समर्थन । प्रचण्डको लठैत भएपछि सबैकुरा चल्छ ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.