संसदवादीहरूको पाखण्डपन

(२६ डिसेम्बर विश्वसर्वहारा वर्गका महान् नेता कमरेड माओको जन्म दिन हो । यस दिन विश्वका उत्पीडित जनता बडो श्रद्धाका साथ उहाँको सम्झना गर्दछन् । चिनियाँ नयाँ जनवादी क्रान्तिको आरम्भदेखि नै माओ पार्टीभित्रका विभिन्न प्रवृत्तिका विरुद्ध सशक्त रूपमा लड्नु भयो । मार्क्सवाद–लेनिनवादको रक्षाका लागि देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि उहाँले निर्मम लडाइँ लड्नु भयो । खास गरेर स्टालिनको मृत्युपछि रुसमा ख्रुस्चेबले शान्तिपूर्ण सङ्क्रमणका नाममा साम्राज्यवादपरस्त दक्षिणपन्थी राजनीति अँगालेर कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न थालेपछि माओले महान् बहसमार्फत क्रान्तिको झन्डा उठाउनु भयो । हामीले यहाँ सोही बहसको एउटा अंश प्रस्तुत गरेका छौँ । नेपालमा दसबर्से जनयुद्ध लडेको पार्टीका प्रचण्डलगायत केही “नेताहरू” संसदीय राजनीतिको पक्षमा जीउज्यान लगाएर लागिरहेको सन्दर्भमा यो लेख निकै समसामयिक हुने पनि हामीले ठानेका र्छौं । )

यदि कुनै खास परिस्थितिमा कुनै कम्यनिस्ट पार्टीले संसद्मा बहुमत सिट हासिल पनि गर्दछ वा चुनाव जित्नुको कारण सरकारमा सामेल समेत हुन्छ भने पनि त्यसबाट संसद वा सरकारको पुँजीवाद चरित्र बदलिन्न र, त्यसको अर्थ पुरानो राज्ययन्त्रलाई चकनाचुर पार्ने र नयाँ राज्ययन्त्रको स्थापना गर्नै कुरा एकदमै हुन्न । पुँजीवाद संसद् वा सरकारमा निर्भर रहेर आधारभूत सामजिक परिवर्तन गर्नु एकदमै असम्भव छ । प्रतिक्रियावादी पुँजीपति वर्गले राज्ययन्त्रलाई आफ्नो कब्जामा राखेर चुनाव रद्द गर्न सक्दछ, संसद भङ्ग गर्न सक्दछ कम्युनिस्टहरूलाई सरकारबाट हटाउन  सक्दछ । कम्युनिस्ट पार्टीलाई गैरकानुनी घोषित गर्न सक्दछ र जनसमुदाय र प्रगतिशील शक्तिहरूलाई दमन गर्नका लागि बर्बर शक्तिको प्रयोग गन सक्दछ ।

                उदाहरणका लागि १९४६ मा चिलीको कम्युनिस्ट पार्टीले पुँजीवादी रेडिकल पार्टीलाई चुनावमा समर्थन गरेको थियो, र त्यहाँ संयुक्त सरकार बनाइएको थियो र त्यसमा कम्युनिस्टहरू सामेल थिए । त्यतिबेला चिलीको कम्युनिस्ट पार्टीका नेता कति अगाडि बढेका थिए भने उनीहरूले पुँजीपति वर्गद्वारा, नियन्त्रित सरकारलाई ‘जनताको जनवादी सरकार’ भन्न पुगेका थिए । तर एक वर्षभन्दा कम समयमा पुँजीपति वर्गले उनीहरूलाई सरकार छोड्न बाध्य बनायो, कम्युनिस्टहरूको व्यापक धरपकड सुरू ग¥यो तथा १९४८ मा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइदियो ।

                जतिबेला कुनै मजदुरवर्गको पार्टी पतनको खाडलमा खस्न पुग्दछ र पुँजीपतिवर्गको सेवा गर्न थाल्दछ, कतिपय देशहरूको पुँजीवादी सामाजिक–जनवादी पार्टीको स्थिति त्यस्तै छ । तर त्यस्तो स्थितिबाट केवल पुँजीपतिवर्गको रूपमा सर्वहारावर्गको स्थिति न बदलिन्छ न बदल्न सकिन्छ । यसप्रकारका तथ्यहरूले खालि संसदीय मार्गको टाटपल्ट्याइलाई नै सिद्ध गर्दछन् ।

                दोस्रो विश्वयुद्धपछिका घटनाहरूले के स्पष्ट गर्दछन् भने यदि कम्युनिस्ट नेताहरूल संसदीय मार्गमा विश्वास गर्न थाल्दछन्  ‘संसदीय जडमतिवाद’को सिकार बन्न पुग्दछन् भने उनीहरू तटस्थ हुने नभएर अपरिहार्यरूपमा साम्राज्यवादी दलदलमा फस्न पुग्नेछन् तथा सर्वहारावर्गको क्रान्तिकारी कार्यलाई बरवाद पार्नेछन् ।

                पुँजीवादी संसदप्रति सही अडान अ“गाल्नेनेबारे एकातिर माक्र्सवादी–लेनिनहरूवादीहरू तथा अर्काेतिर अवसरवादी–संशोधनवादीहरूबीच सधै“ आधारभूत मतभेद रहने गरेको छ ।

                माक्र्सवादी–लेनिनवादीहरूको सधै“ के दृष्टिकोण रहेको छ भने कुन खास परिस्थितिमा सर्वहारावर्गको पार्टीले संसदीय मञ्चलाई पुँजीपतिवर्गको प्रतिक्रियावादी स्वरूपको भण्डाफोर गर्नका लागि, जनसमुदायलाई शिक्षित गर्न र क्रान्तिकारी शक्ति सञ्चित गर्न मद्दत दिनका लागि उपयोग गर्नुपर्दछ । आवश्यकतानुसार गर्न अस्वीकार गर्नु गल्ती हुन्छ । तर सर्वहारावर्गको पार्टीले सर्वहारा क्रान्तिका ठाउँ संसदीय सङ्घर्षलाई कहिल्यै पनि दिनुहुँदैन अथवा संसदीय मार्गबाट समाजवादमा सङ्क्रमण गर्न सकिन्छ भन्ने भ्रममा कहिल्यै पनि पर्नु हुँदैन । उसले आफ्नो ध्यान सधै“ जनसङ्घर्षमा केन्द्रित गर्नुपर्दछ ।

                लेनिनले ले भन्नुभएको थियो, “क्रान्तिकारी सर्वहारा पार्टीले पुँजीवादी संसदीय व्यवस्थामा जनतालाई जगाउने मार्ग लिनुपर्दछ र, त्यो आमचुनावको सिलसिलामा तथा संसद्मा बेग्लाबेग्लै पार्टीहरूबीचको सङ्घर्षका बाँकी सबै रूपहरू त्यसको अधीनस्थ हुनु हो, वास्तवमा पुँजीपतिवर्गको पक्षमा जानु र सर्वहारावर्गको विरूद्ध हुनु हो ।

                उहाँले दोस्रो अन्तर्राष्ट्रिय का साम्राज्यवादीहरूको भत्र्सना  केका लागि गर्नुभएको भयो भने उनीहरू संसदवादको दलदलमा फसेका छन् र उनीहले सत्ता कब्जा गर्ने क्रान्तिकारी कार्यलाई तिलाञ्जली दिइसकेका छन् । उनीहरूले सर्वहारावर्गको पार्टीलाई चुनावपरस्त पार्टीमा, संसदवादी पार्टीमा, पुँजीपतिवर्गको पछि लाग्ने पार्टीमा तथा पुँजीपतिवर्गको अधिनायकŒवको रक्षा गर्ने साधनको रूपमा बदलिदिएका थिए । संसदीय मार्गको वकालत गरेर ख्रुस्चेब र उनका अनुयायीहरूको पनि केवल त्यही गति हुनेछ, जुन गति दोस्रो अन्तर्राष्ट्रियका संशोधनवादीहरूको भएको थियो ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.