सुदृढ एकताका साथ अघि बढौं

Baral 3ऋषिराज बराल

आजभोलि अर्को मोर्चा अर्थात् The Next Front निकै चर्चामा छ । यो चर्चाको विषय बनेको छ  । त्यसो त यो प्रचण्ड शासन अर्थात् एकीकृत माओवादीमा छँदा पनि निकै चर्चाको विषय बनेको  थियो । सूचना र सञ्चार क्षेत्रको जिम्मा लिएका  ठालूहरूले यसलाई बन्द गर्नुपर्ने फरमान त्यतिबेरै पनि जारी गरेका थिए । The Next Front सत्य, राष्ट्रिय स्वाधीनताक्रान्तिको पक्षमा थियो, र रहिरने छ  यो साम्राज्यवाद, विस्तारवाद र सबैखाले अवसरवादका विरुद्धमा थियो, छ र रहिरहने छ ।  कागजको फूललाई मात्र भिज्नुदेखि डर हुन्छ  । यो सतिसालझैँ हरेक हुरी र आँधी थेग्न र झेल्न तयार छ । क्रान्तिकारी विचार छ योसित । कलम– योसित सबैभन्दा मजबूत हतियार छ ।

The Next Front  के हो, किन सुरु गरियो र अहिले किन यसमाथि प्रश्न उठाइएको छ, सबै, विस्तृतमा सत्यतथ्य म छिटै पाठकसामु प्रस्तुत गर्नेछु ।दुखको कुरा के  छ भने यस सन्दर्भप्रति चासो राखने थुप्रै पाठकहरूले, आफैंले यो ब्लग हेरेर धारणा बनाउने स्थिति छैन र  सत्य-तथ्य र व्याख्या गराइबीचको अन्तराल ठम्याउने स्थिति पनि छैन   त्यसैले यस विषयलाई म आत्म कथन :१, २, ३… शीर्षकमा बाहिर ल्याउने छु र सबै कुरा प्रस्ट पार्ने छु ।  केही समयसम्म पर्खौं र  हेरौं, समय कसरी जान्छ । अहिलेलाई यति भन्छु:

हामी जनविद्रोहको महान् अभियानमा छौँ, कार्यकर्तामाथि मनोवैज्ञानिक आतङ्क चलाउने काम घातक साबित हुन सक्छ ।हामी सबै आआफ्नो ठाउँबाट केही न केही बलिदान गरेर यहाँसम्म आइपुगेका हौँ ।  आफ्ना कमजोरीहरू र आतंकित  मानसिकतालाई ढाकछोप गर्न यथार्थको विभ्रमीकरण गरेर भ्रम फैलाउने काम कसैले पनि नगरे हुन्छ ।हरेक मान्छेका केही न केही सीमा र कमजोरी  हुन्छन्/ छन् । माथिदेखि तलसम्मको एउटा सूची नै बनाउन सकिन्छ, सबैभन्दा लामो सूची सायद  माथिकै बन्ला  । ऋषिराज बरालका पनि सीमा र समस्या छन्,  तर उसको विचारप्रतिको  निष्ठा र पार्टीप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउनु कुपमण्डूकता सिबाय केही हुँदैन ।

आदर्श, अनुशासन र एकताभावको निर्वाहको खोजी तल होइन, माथिबाट नै हुनुपर्दछ  र यसको बोधले मात्र क्रान्तिकारी आशावादका साथ अघि बढ्ने ऊर्जा र उत्साह प्राप्त हुन्छ । कामना र चाहना मात्र पुग्दो छैन, यसको व्यावहारिक अनुभव र अनभूति पनि आजको आवश्यकता हो । आत्मसमीक्षाको यो पाटोलाई आआफ्नो ठाउँबाट सबैले आत्मसात गर्नु आवश्यक छ र यसको थालनी माथिबाट नै हुनुपर्छ  । म मेरो भागको जिम्मा लिन तयार छु, तर, ‘आफ्नो आङको भैँसी नदेखने  र अरूको अङ्को जुम्रा देखने’ प्रवृत्तिले पार्टीमा सुदृढ एकता र विश्वासको भाव पैदा गर्न सक्तैन । कार्यकर्ता कारिन्दा होइनन्, सहयोद्धा हुन् भन्ने भाव सबैमा विकसित हुनु आवश्यक छ ।

समय असाध्यै जटिल छ । दुस्मन योजनाबद्धताका साथ आएको छ । पार्टीका निर्णयहरू लागू गर्न सुदृढ एकता र फलामे अनुशासनका साथ माथिदेखि तलसम्म हामी सबै अघि बढ्नु अहिलेको आवश्यता हो । यताका शान्तिप्रक्रियाखास गरेर खरिपाटी, पालुङ्टार बैठक हुँदै पार्टीको पुनर्गठनसम्म दक्षिणपन्थी अवसरवादका विरुद्ध निरन्तर लड्दै आएका कार्यकर्ता तथा नेताहरू नै पार्टीको क्रान्तिकारी निरन्तरता र सुदृढ एकताप्रति बढी चिन्तित र प्रतिबद्ध छन् भन्ने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु । अहिलेलाई यति भन्छु, आआफ्नो ठाउँबाट आत्मसमीक्षाको पाटोलाई सबैले अघि बढाओँ र पोखरा बैठकको ऐतिहासिक र क्रान्तिकारी आशावादले भरिएको निर्णय लागु गर्न एकताबद्धताका साथ अघि बढौं

०००

 

You can leave a response, or trackback from your own site.

2 Responses to “सुदृढ एकताका साथ अघि बढौं”

  1. kumar sharma says:

    बराल सर! अघि बढ्नुस सत्यको पक्ष्यमा हामी पनि छौँ हामी पनि सुद्धिकरंका नाममा बढ्दो गुटबन्दीका विरूद्धमा छौँ. जाँड पार्टी र ध्याम्पोहरूका विरुद्ध छौँ .

  2. Party bhitra suddhi karan expidition initiate garne kuraharu 057 ko dorso Rastriya sammelan dekhi nai khub jodh todhko sath uthaiyo tra kahilyai lagu gariyana karan euta phalame anusashan bhitra raheko bhaniyako party dash dash barsa jana yuddha ladhyo thulo balidanko parkhal nai khada gariyo antat kunai uplabdi binai nast hunu nikai dukhko itihans banyo “hindima euta ukhan chha ki Aadmi jab sadta hai to kadduki trah”yo Maobadi party bhitra satte sabit bhayo. Yasko main cause bhanekai party bhitra suddhi karan abhiyan nahunu ho hami yo naya kranti kari bhaniyako party bhitra yatha sighra lagu hos ra sabai niras baneka jana manasma naya urja bharne madhyam arthat kratikari karya disha banos bhanne dirgha kalin apeksha gardachhau.

Leave a Reply

See real websites hosted and built by iPage customers.