साङ्घाईमा पेरिस कम्युन

shanghai commune photoसाङ्घाईमा पेरिस कम्युन : होङसेङ जियाङ

एउटा नपढी नहुने शोधग्रन्थ

(This is the preliminary introduction  of The Paris Commune in Shanghai: the masses, the State, and Dynamics of ‘Continuous Revolution‘, by Hongsheng Jiang .)

यसपल्ट विश्वका क्रान्तिकारीहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठ बडो क्रान्तिकारी उत्साहका साथ मनाए । कम्युनिस्ट न्युक्लिअस, नेपाल लगायत विश्वका ३० ओटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठसित जोडेर क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) निर्माणको अभियानका रूपमा मनाए । यसका सन्दर्भमा युरोपमा खासगरेर फ्रान्समा विचार गोष्ठीलगायत विभिन्न किसिमका कार्यक्रमहरू सम्पन्न भए । यस क्रममा रिभोलुसन एन्ड काउन्टर रिभोलुसनका लेखक पाओ यु चिङले दिएको प्रवचनका साथै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिसित सम्बद्ध होङसेङ जियाङको शोधकार्य (पियच्डी थेसिस) का विषयमा पनि महत्वपूर्ण अन्तक्र्रियाहरू सम्पन्न भए ।

चिनियाँ महान् सर्वहारा क्रान्तिको महत्व र माओपछि चीनमा भएको प्रतिक्रान्तिका बारेमा थुप्रै महत्वपूर्ण कृतिहरू प्रकाशित भएका छन् । यसमा चिनियाँहरूद्वारा लेखिएका डनपिङ हाङको अनोन कल्चरल रिभोलुसन, मोबो गाओको दि ब्याटल फर चाइनाज पास्ट, माओ एन्ड दि कल्चरल रिभोलुसन, विशेष महत्वका छन् । यसै क्रममा ड्युक युनिभर्सिटीका शोधकर्ता प्राध्यापक होङसेङ जियाङको कृति पेरिस कम्युन इन साङ्घाई, दि मासेज, दि स्टेट एन्ड डाइनामिक्स अफ ‘कन्टिन्युअस रिभोलुसन’ पनि पाठकसमक्ष आएको छ । यथार्थः यसलाई चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठका सन्दर्भमा आमपाठकबीच सार्वजनिक गरिएको छ ।  यो सारै महत्वपूर्ण शोधग्रन्थ हो । यो चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्तिका समयमा साङ्घाईका क्रान्तिकारीहरूले स्थापना गरेको कम्युनको अध्ययन जस्तो लागे पनि सारतः यो चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र यस विरुद्ध प्रतिक्रान्तिकारी संशोधनवादीहरूको कुकृत्यको अभिलेख हो ।

साङ्घाई कम्युनको इतिहासलाई पेरिस कम्युनसित लगेर जोडिएको छ र यसका माध्यमबाट सिङ्गो सांस्कृतिक आन्दोलनको महत्ता गाइएको छ । साथै माओको मृत्यपछि कसरी गद्दारहरूले ‘कु’ गरेर क्रान्तिकारीहरूको हत्या गर्नुका साथै माओमाथि समेत आक्रमण गरे भनेर उल्लेख गरिएको  छ । ‘परिचय’ र ‘उपसंहार’ बाहेक ६ ओटा अध्यायमा विभाजित यो शोधग्रन्थका सबै अध्यायहरू रोचक, तथ्यपरक  र सारगर्भित छन् । निकै मार्मिक किसिमको वर्णन र विवरण पाइन्छ यस शोधग्रन्थमा । यसको ‘परिचय’,  ‘समर्पण’ र ‘एब्स्ट्रयाक्ट’ ( शोधसार) बाट मात्रै पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।  जस्तो शोधसारमा भनिएको छ :

”बिसौँ शताब्दीको चीनसित कम्युनसम्बन्धी सिद्धान्त र व्यवहारको समृद्ध अनुभव छ । १९६६को अन्त्य र १९६७ को आरम्भमा माओको निरन्तर क्रान्तिको सिद्धान्त र कम्युन शैलीको राजयसंरचनाको दृष्टिबाट अभिप्रेरित भएर साङ्घाईका विद्रोही मजदुरहरू, विद्रोही विद्यार्थीहरू र पार्टी कार्यकर्ता र नेताहरूले  पुरानो सत्तासंरचनालाई जरैदेखि उखेलेर फ्याल्न साहसी कदम चाले । फेब्रवरी ५, १९६७ का दिन साङ्घाईका मजदुरहरूले पेरिस कम्युनको मोडलमा आधारित साङ्घाई कम्युनको स्थापना गरे । यो जनवरीको आँधीबेहरी का नामले परिचित छ । १९७६ मा माओको मृत्युपछि चीनको कम्युनिस्ट पार्टी  र सरकारले सांस्कृतिक क्रान्तिमाथि प्रहार गरेर इतिहासको पुनर्लेखन गरेको छ । अनि चीनमा साङ्घाई कम्युनको नाम विरलै लिने गरिन्छ । यो शोधकार्यले हराएको, तर  गम्भीर इतिहासको आरम्भ, विस्तृत इतिहास, यसको विकास र साङ्घाई कम्युनमाथि भएको दमनको खोजअनुसन्धान गर्ने प्रयास गर्दछ । साङ्घाईमा भएको जनवरी आाधीबेहरीमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको अध्ययन गर्दै निरन्तर क्रान्तिको सिद्धान्तमा आधारित माओवादी आन्दोलनको पूर्ण तस्विर प्रस्तुत गर्ने मेरो प्रयास हुनेछ ।”

त्यसैगरी “समर्पण” मा उनले भनेका छन् : साम्राज्यवाद, संशोधनवाद र प्रतिक्रियावादका विरुद्ध विद्रोह गर्ने १९६७ का साङ्घाई कम्युनार्डसहरूलाई समर्पण ।

०००

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.