राष्ट्रघातका विरुद्ध कमरेड किरण र कमरेड बादलको अपिल

(बाबुराम भट्टराईको सरकार राष्ट्रघातको जगमा उभिएको छ र ‘चार बुंदे सहमति’ यसको आधार हो भनेर माओवादी क्रान्तिकारीहरूले भन्दैआएको कुरा अब प्रमाणित भएको छ । भारतीय विस्तारवादका दलालका रुपमा नाम लिइने बाबुराम भट्टराई प्रधानमन्त्री हुनेवित्तिकै उनले गरेका राष्ट्रघाती र जनघाती कार्यका विरुद्ध  एकीकृत माओवादीका क्रान्तिकारी नेता तथा कार्यकर्ताहरू मशाल जुलुससहित सडकमा निस्केका थिए । क्रान्तिकारीहरूको ठहर सही थियो भन्ने कुरा बाबुराम स्वयमका  पछिल्ला गतिविधि र अझ उनका रक्षामन्त्री शरद्सिंह भण्डारीले दिएको जनविरोधी र राष्ट्रघाती वक्तव्यले थप पुष्टि गरेको छ ।

यसै सन्दर्भलाई लिएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का वरिष्ठ उपाध्यक्ष कमरेड किरण  र महासचिव कमरेड बादलले पार्टीकै लेटरप्याडमा आज ११ गते वक्तव्य जारी गरी राष्ट्रघातका  विरद्ध उठ्न र सिक्कीमीकरणका विरुद्ध सङघर्षमा उत्रिन आम जनमानस र कार्यकर्तालाई आह्वान गर्नु भएको छ । हामी राष्ट्रघाती–जनघाती बाबुराम सरकारका विरुद्ध आन्दोलनको आंधीबेरी सृष्टि गर्न  सम्पूण प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्ति तथा जनसमुदायमा हार्दिक अपिल गर्दै सो वक्तव्यको पूर्ण पाठ प्रस्तुत गर्दछौं :

कमरेड किरण र कमरेड बादलद्वारा जारी वक्तव्यको पूर्ण पाठ

सरकारका वर्तमान रक्षामन्त्री श्री शरद्सिंह भण्डारीद्वारा २०६८ साल असोज ९ गते रिपोर्टर्स क्लबमा दिइएको राष्ट्रघाती वक्तव्यले सम्पूर्ण देशभक्तहरूलाई स्तब्ध तुल्याएको छ । तराईका बाइस जिल्लाहरूलाई पृथक राज्यको घोषणा गर्ने अप्रत्यासित उद्घोषले सबै राष्ट्रपे्रमी तथा देशभक्त जनसमुदायलाई अत्यन्त आक्रोसित एवम् आश्चर्यचकित तुल्याएको छ । कतै सिङ्गो नेपाल विशेषतः तराईलाई भारतमा गाभ्ने सिक्किमीकरण को गुरु योजनाअन्तर्गत यो घृणित वक्तव्य प्रशारण गरिएको त होइन ? कतै चार बुंदे सम्झौतामा अमूर्त रूपमा उल्लेख गरिएको मित्र राष्ट्रहरूसंग ‘सहमति हुन प्रस्तावित विषयहरू’ को यो मूर्त अभिव्यक्ति त होइन ? यसले सर्वत्र गम्भीर उद्वेलन पैदा गरेको छ । अतः हामी सरकार एवम् जनसमुदायमा निम्न अपिल तथा अनुरोध गर्न चाहन्छौं :

  • सरकारले तुरुन्त आफ्नो स्थिति स्पष्ट पारोस् !
  • रक्षामन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस् !
  • मधेसी जनताको सङ्घीयता, स्वायत्तता तथा आत्मनिर्णयको अधिकारलाई सम्मान गरियोस् !
  • राष्ट्रघाती वक्तव्यको सर्वत्र भण्डाफोर गरियोस् !

 

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.