रक्तिम र अन्तर्राष्ट्रियतावादी मे दिवस

new logoमे दिवशका सन्दर्भमा २८ ओटा संगठनको संयुक्त घोषणा
Nepalese version of May Day joint declaration
(मे दिवस २०१५ का सन्दर्भमा संसारभरिका माओवादी पार्टी, सङ्गठन तथा साम्राज्यवादी विरोधी मोर्चाहरूले समकालीन विश्वस्थितिको विश्लेषणा गर्दै एउटा संयुक्त घोषणापत्र जारी गरेका छन् । आजको क्रान्तिको दिशा भनेको जनयुद्ध नै हो र यो काम क्रान्तिकारी कम्युनिस्ट पार्टी, संयुक्त मोर्चा र जनसेनाको निर्माण गरेर मात्र सम्पन्न गर्न सकिन्छ भन्ने विश्लेषण पनि सो घोषणपत्रमा गरिएको छ । यस घोषणापत्रमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लगायत विश्वका २८भन्दा बढी सङ्गठन तथा मोर्चाहरूले हस्ताक्षर गरे पनि नेपालबाट क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मोर्चाले मात्र हस्ताक्षर गरेको छ । क्रान्तिबाट भागेका प्रचण्ड र बैद्य समूहले मात्र नभएर यसमा विप्लव समूहले पनि हस्ताक्षर गरेको छैन l तल यसको पूर्ण पाठ प्रस्तुत गरिएको छ ।)
—————————————————————————————————————————–
सङ्कट, युद्ध, दमन, उत्पीडन, बेरोजगारी, गरिबी !
उत्पीडित जनता तथा सर्वहारा वर्ग ! एकजुट बनेर भविष्यलाई आफ्नो हातमा लिऔँ !
क्रान्ति अमर रहोस् !

 
साम्राज्यवाद गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ र यसलाई विश्वका सर्वहारा एवम् आम जनतामाथि लादिरहेको छ । तिनीहरू यसबाट मुक्त हुने कुरा त गर्छन्, तर उनीहरूको उद्देश्य भनेको नाफा, अकुत सम्पति आर्जन र हतियार मात्र हो ।
अनि यसको ठाउँमा विश्वका हरेक मुलुकका सर्वहाराहरू, गरिब किसान तथा आम जनताका लागि बेरोजगारी श्रम कानुनका नाममा असुरक्षा, शोषण, पीडा उत्पीडन, मुलुकको कच्चा सामग्री र ऊर्जाको दोहन, वातावरणीय प्रदूषण र आतङ्क मात्र बाँकी रहेको छ । शैक्षिक तथा तथा सांस्कृतिक रूपबाट सम्पन्न भएर पनि युवाहरूको ठूलो सङ्ख्या बेरोजगार छ । नयाँ प्रविधिलाई श्रम शक्तिको दोहन गर्न, तिनीहरूमाथि नियन्त्रण गर्न र बढीभन्दा बढी नाफा आर्जन गर्ने काममा लगाइएको छ ।
यस्तो स्थितिका विरुद्ध साम्राज्यवादी मुलुकहरू तथा उनीहरूद्वारा उत्पीडित मुलुकका सर्वहारा वर्ग र आमजनता जागरुक भएका छन् । आमजनता तथा सर्वहारा वर्ग यस किसिमको कष्टकर भविष्य, अनिश्चित र कुनै आशा र विशवास नभएको जीवन स्वीकार गर्न सक्तैनन् ।
उत्पीडित मुलुकहरूमा मजदुर, किसान र युवाहरू दमन र उत्पीडनको प्रतिरोधमा र आफ्नो जीवीकाको सुरक्षाका लागि निरन्तर सडकमा निस्केका छन्, नयाँ जनवादी क्रान्तिको मूल शक्ति किसान, किसानविरोधी नीति र कानुनहरू, विस्थापन र हत्याका विरुद्ध र आफ्नो जमिनको रक्षाका लागि साम्राजयवादीद्वारा सहयोग प्राप्त सबैखाले पुराना तथा “नयाँ” अर्धसामन्ती दमनका विरुद्ध लडिरहेका छन् । सामाज्यवादी मुलुकहरूमा पनि फर्गुसनदेखि स्टकहोम र पेरिसका गल्लीहरूमा युवा, आप्रवासी तथा श्रमजीवीहरूले दमनकारी राज्यसयन्त्रका विरुद्ध आफ्नो सङ्घर्षलाई जारी राखेका छन् । यी सबै कुराले क्रान्तिकारी प्रवृत्ति र आवश्यकतालाई प्रदर्शन गर्छ र फलस्वरूप राज्यसत्ताको प्रतिक्रियावादीकरण तथा फासिवादीकरणका विरुद्ध सङ्घर्ष हुनु स्वाभाविक छ । यस सन्दर्भमा महिलाहरू पनि उनीहरूमाथि बलात्कार र अमानवीयताका विरुद्ध सडकमा निस्केका छन् ।
जनताको विद्रोहको बढ्दो स्थितिको सामना गर्न साम्राज्यवादी मुलुकहरू, आफूलाई ‘वामपन्थी’ भन्ने कतिपय सरकारहरूले दमन, षड्यन्त्र, जनहत्या, कुतर्क र जालझेलको सहारा लिइरहेका छन् । जनताको प्रतिरोधको प्रवाह र क्रान्तिकारी सङ्गठन र जनसम्बन्धको गतिलाई रोक्न उनीहरू पुलिसराजको अभ्यास गर्दै सबै राजनीतिक, सामाजिक र व्यक्तिगत स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइरहेका ठन् । यति मात्र नभएर जनताको विरुद्ध सुधारवादी चुनाववादी सामाजिक प्रजातन्त्रवादी र संशोधनवादी हतियारहरूको प्रयोग गरेर जनतालाई चुनावी राजनीतिभित्र घेराबन्दी गरिरहेका छन् ।
कतिपय शक्तिहरू “जनपक्षधर” सरकारले जनताका समस्या हल गर्न सक्छ भन्ने भ्रम पनि उत्पन्न गरिरहेका छन् । उदाहरणका रूपमा अहिलेको ग्रीसको सामाजिक प्रजातन्त्रवादी शक्ति सिरिजा सरकारलाई लिन सकिन्छ, जुन युरोपली सङ्कटको अन्तिम उपायको रूपमा आएको छ । तर न त उनीहरू युरोपेली पुँजी र ब्याङ्कहरूको इच्छाविपरीत जानसक्ने छन्, न त उनीहरूले आमजनताको सङ्घर्षसित जोडिएका चाहना र आवश्यकता पूरा गर्नसक्ने छन् । उनीहरूले साम्राज्यवादको सेवामा आफूलाई लर्गा भने पनि उनीहरू समस्याबाट मुक्त हुने छैनन्, यसैकाराण यस्ता थुप्रै देशहरूमा जनताले चुनाव बहिष्कार गर्ने र सङ्घर्षलाई अगाडि बढाउनु आवश्यक ठानेका हुन् । युक्रेन र पुर्बी युरोपका प्रतिक्रयावादी नाजी–चरित्रका शक्तिहरू, अमेरिका, इयु र नेटोको सहयोगमा अन्तरसाम्राज्यवादी प्रवृत्तिका साथ पुटिनका विरुद्ध क्रियाशील छन् । जनता फासिवाद र पश्चिमा साम्राज्यवादका विरुद्ध सङ्घर्षरत छन्, तर उनीहरू साम्राज्यवादी रुसको विस्तारवादी हातको खेलौना होइन, सही अर्थको कम्युनिस्ट नेतृत्व चाहन्छन् ।
सर्वहारावादी विद्रोहीहरू र आमजनता आमूल परिवर्तन चाहन्छन्, र यसका लागि सत्ताधारी वर्गलाई निशस्त्र पारेर र शोषण, दमन र साम्राज्यवादी हैकमबाट मुक्त नयाँ समाजको स्थापना गर्नु आवश्यक छ भन्ने ठान्दछन् ।
यस किसिमको सङ्कटका बीच अन्तरसाम्राज्यवादी अन्तर्विरोध चर्किैदैजाने छ र झन्झन् नयाँनयाँ किसिमको अन्तरयुद्ध चर्किने छ – यद्यपि आम उत्पीडित जनता र राष्ट्रहरू र साम्राज्यवाद बीचको अन्तर्विरोध नै अहिलेको विश्वको प्रधान अन्तर्विरोध हो र क्रान्ति नै अहिलेको विश्वको मूल प्रवृत्ति हो, जुन विश्वसर्वहारा क्रान्तिको नयाँ ऊर्जाशील गतिद्वारा प्राप्त हुन्छ ।
साम्राज्यवादपरस्त मुलुकहरूमा नयाँ जनवादी क्रान्ति र साम्राज्यवादी मुलुकहरूमा अघि बढिरहेको सर्वहारावादी सामाजवादी क्रान्ति सफल पार्न आमजनताका क्रान्तिकारी विद्रोहीहरूका लागि हरेक मुलुकमा सही अर्थका क्रान्तिकारीहरू र नेतृत्व गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारीहरूको नेतृत्वमा सबै उत्पीडित जनताको संयुक्त मोर्चा र क्रान्तिकारी जनसेनाको आवश्यकता पर्छ । जहाँ जनताका लागि यी हतियारहरूको अभाव हुन्छ, त्यहाँ जनताको साहशी र वीरत्वपूर्ण सङ्घर्ष पनि पराजित हुन्छ र जनता प्रतिक्रियावादीहरूको सिकार बनेर कहिल्यै समाप्न नहुने सामाजिक, आर्थिक र राजनीतिक माखेसाङ्लोमा जकडिइरहन्छन् ।
आतङ्कवाद विरुद्धको लडाइँका नाममा साम्राज्यवादले युद्ध र घरेलु आतङ्क थोपरेको छ । तर साम्राज्यवाद नै असली आतङ्कवादी हो र यस्तो राक्षस हो, जसलाई हामीले निमोठेर फ्याक्नु आवश्यक छ । साम्राज्यवादभन्दा खराब चिज विश्वमा अरू के छ र ?
साम्राज्यवाद खासगरेर अमेरिकी साम्रज्यवादले इराक, अफगानिस्तानमा हस्तक्षेप, आक्रमण र युद्धको नीतिलाई तीव्रता दिएको छ र सिरिया, लिबिया यमन र सिङ्गो मध्यपूर्वमा युद्ध भड्काइरहेको छ । अरबमा उठेको जनउभारलाई रोक्न यसले त्यहाँका पुरानो सामन्ती सत्ताको दमनकारी नीतिलाई सघाइराखेको छ र टर्की, साउदी अरेबिया र इजिप्टमा आमनरसंहार मच्चाइरहेको छ । यस हस्तक्षेपमा कतिपय ठाउँमा यसले सामन्ती र प्रतिक्रियावादीहरूलाई हातहतियारको बन्दोबस्त मिलाएको छ । जहाँ यो मिलेको छैन, त्यहाँ साम्राज्यवादविरोधी आप्रवासी लगायत आम जनतामाथि सैन्य शक्तिका साथ जनदमनमा उत्रिएको छ । त्यसैगरी कतिपय ठाउँमा ‘लो इन्टेन्सिटी कन्फिल्क्ट’ को नीति अँगालेर आफ्ना दलालहरूमार्फत जनतामा भ्रम उत्पन्न गरेर उत्पीडित जनताको साम्राज्यवादविरोधी संयुक्त मोर्चा नबनोस् भनेर जनता विरुद्ध जनता जुधाएर मूल दुस्मन साम्राज्यवाद विरुद्ध जनताको ध्यान अन्यत्र मोडिरहेको छ, जुन अहिले सिरिया, अरब र कुर्दिस जनतामाझ भइरहेको छ ।
आइएसआइएस (ISIS) ले आक्रमण बढाएको ठाउँमा कुर्दिस आमजनता त्यसमा पनि महिलाहरू रोजाभार र कोबानेमा अग्र पङ्क्तिमा उभिएर प्रतिवाद गरेका छन् । परन्तु जनयुद्धलाई अघि बढाएर मात्रै आइयसआइयसलाई मात्र नभएर साम्राज्यवाद र त्यस क्षेत्रका प्रतिक्रियावादी सत्ताहरूलाई हटाएर मात्रै आम जनताले आफूलाई सामाजिक तथा राष्ट्रिय उत्पीडनबाट मुक्त पार्न सक्छन् ।
बुर्जुवा वर्ग र तिनका पिछलग्गु बुद्धिजीवीहरू साम्राज्यवादपरस्त शक्तिहरूको सुरक्षाकवच बनेर श्रमजीवी वर्ग र मार्क्स , एङ्गेल्स, लेनिन, स्टालिन र माओद्वारा विकसित यसको विचारधाराका विरुद्ध मृत्युगीत गाइरहेका छन् । तर हामीहरू विश्वको चारै कुना साम्राज्यवादका केन्द्रहरू र चीनमा पनि र विकासशील र कथित ‘उदाउँदा शक्तिहरू’ भनिएका मुलुकहरूमा पनि श्रमजीवीहरूको वर्गसङ्घर्षको नयाँ किसिमले उठान भएको देखिरहेका छौँ ।
द्वन्द्व नभएको र वर्गसङ्घर्ष तीव्र नभएको ठाउँ विश्वमा कतै छैन । यस किसिमको स्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवादद्वारा नेतृत्व गरिएका पार्टीद्वारा सञ्चालित जनयुद्ध मात्रै मुक्ति सङ्घर्षका लागि रणनीतिक बाटो हुनसक्छ ।
भारतमा चलेको जनयुद्धले साम्राज्यवादका मतियारहरूमध्येको एउटा प्रमुख मतियार र विश्वका प्रतिक्रियावादीहरूमाथि सोझै प्रहार गरिरहेको छ र यसले विश्वका क्रान्तिकारी जनसमुदायमा उच्च उत्साहको सिर्जना गरेको र यो शक्तिशाली अन्तरराष्ट्रियतावादी प्रस्थानबिन्दु बनेको छ । यसका साथै फिलिपिन्स, पेरू र टर्कीमा चलेको जनयुद्धले साम्राज्यवादको भूमिकालाई चुनौती दिइरहेको छ र साम्राज्यवाद र सामन्ती प्रतिक्रियावादी शक्तिको शोषण र उत्पीडनमा आधारित व्यवस्थालाई फयाँकेर एउटा शक्तिशाली नयाँ समाज निर्माणका लागि मार्ग प्रदर्शन गरेको छ ।
विश्वका मार्क्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्टहरूले नेतृत्वमा रहेका नेपालको प्रचण्डवाद, अमेरिकी अभाकियननवाद र पेरू लगायत सबै किसिमका दक्षिणपन्थी अवसरवादी लाइन विरुद्धमा र सँगसँगै निम्नपुँजीवादी क्रान्तिकारीवाद र जडसूत्रवादबाट जोगाउँदै पार्टीलाई दरिलो कम्युनिस्ट पार्टीका रूपमा निर्माण गर्दै सुदृढ पार्नु आवश्यक छ । आम जनतासित गाँसिएर र वर्गसङ्घर्षलाई तीव्रता दिएर नै एउटा क्रान्तिकारी पार्टीको निर्माण हुनसक्छ ।
यस मे दिवस २०१५ साम्राज्यवाद विरोधी हरेक क्षेत्र, आन्दोलन र अभियानमा साम्यवाद र क्रान्तिको रातो झण्डालाई दरिलो गरी माथि उचाल्न आह्वान गर्छ र यो नारालाई थप ताजा र मजबुतीका साथ अघि बढाउन आह्वान गर्छ : विश्वका सर्वहारा वर्ग र उत्पपीडित जनता एकजुट होऔँ !

 
• साम्राज्यवादी र प्रतिक्रियावादी युद्धलाई रोक्न र विश्व साम्राज्ययवाद र प्रतिक्रियावादलार्इृ परास्त गर्न एकजुट होऔँ !
• क्रान्तिका सहिदहरूलाई लाल सलाम गरौँ र विश्वका क्रान्तिकारी कम्युनिस्ट राजनीतिक बन्दीहरूको रिहाइका लागि समर्थन र सङ्घर्ष गरौँ !
• सर्वहारावादी सङ्घर्षको नेतृत्वमा असली सर्वहारावादी अन्तर्राष्टियतावादलाई अगाडि बढाऔँ, जनताको सङ्घर्षद्वारा नयाँ परिस्थितिको निर्माण गर्दै नयाँ कम्युनिस्ट इन्टरनेस्नलको दिशामा अघि बढौँ !
• क्रान्ति सम्पन्न नहोउन्जेलसम्म जनयुद्धको पक्षमा डटौँ !
• साम्यवादको भविष्यलाई आफ्नो हातमा लिऔँ !

सहभागी पार्टी, सङ्गठन र मोर्चाहरू
१. भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
२. कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान
३. माओइस्ट कम्युनिस्ट पार्टी, इटाली
४. माओवादी कम्युनिस्ट पार्टी— टर्की/मर्क्सिस्ट-लेनिनिस्ट
५. रिभोलुस्नरी कम्युनिस्ट पार्टी (पिसिआर(आरसिपी क्यानडा)
६. रेड ब्लक (युनिटी अफ माओइस्टस्) फ्रान्स
७. माओइस्ट कम्युनिस्ट पार्टी, मणिपुर
८. माओइस्ट कम्युनिस्ट मुभमेन्ट, ट्युनिसिया
९. माओइस्ट कम्युनिस्ट ग्रुप, युयसए
१०. न्यु कम्युनिस्ट पार्टी (लाइजन कमिटी), युयसए

११. माओइस्ट रिभोलुस्नरी लिग, श्रीलङ्का
१२. कमिटी बिल्डिङ ए माओइस्ट कम्युनिस्ट पार्टी, गालिसिया—स्पेनिस स्टेट
१३. कमिटी फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी, अस्ट्रिया
१४. कम्युनिस्ट पार्टी अफ ब्राजिल रेड फ्रयाक्सन—सिआरबि (आरएफ)
१५. कम्युनिस्ट पार्टी अफ इक्वेडोर रेडसन—सिपिइ (आरयस)
१६.कम्युनिस्ट मुभमेन्ट अफ सर्बिया
१७. डेमोक्रेसी एन्ड क्लास स्ट्रगल–ब्रिटिस स्टेट
१८. फ्याक्सन रोजा डे पार्टिडो कम्युनिस्टा डेल चिले एफआर–पिसिसियच
१९. ग्रेट अनरेस्ट डब्ल्युयसआरपी–वेल्स ब्रिटिस स्टेट
२०.लङमार्च टुआर्डस् कम्युनिज्म (स्पेन)
२१. पेरू पिपुल्स मुभमेन्ट (कमिटी फर रिअर्गनाइजिङ रेड कम्युनिस्ट ब्लग )—पिपिएम (सिआर)
२२. रिभोलुस्नरी प्राक्सिस—युनाइटेड किङ्डम
२३. सर्भ दि पिपुल– कम्युनिस्ट लिग अफ नर्वे
२४. सर्भिर ले पिपुल–सेसाउ सोरेल–अकिटानी–फ्रेन्च स्टेट
२५. वर्कर्स भ्वाइस–मलेसिया
२६. रिभोलुस्नरी इन्टेलेक्चुअल–कल्चरल फ्रन्ट, नेपाल
२७. मर्किस्ट्स- लेनिनिस्ट-माओइस्ट पार्टी कन्स्ट्रक्सन कमिटी, (जर्मनी), यलयलयम-पाक
२८. इरानियन् माओइस्ट कलेक्टिभ

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.