युद्धको समग्र तस्बिर ; ‘बर्की नम्बर १३९९९’

Katha Cover smallविवश बस्ती
कथा सर्जक ऋषिराज बरालको कथा संसार पर्गेल्नेहरूले उनको विद्रोही चेतलाई पनि अवश्य नै पर्गेलेको हुनुपर्छ । माओवादी राजनीतिक वृत्तका यी घाघडान कथासर्जकले जनयुद्धका बखान गर्न कन्जुस्याइ“ त गर्दैनन् । तर, युद्धपछिका घाउ र त्यसले उत्पन्न गरेका फोकाहरू पनि उनका सिर्जनामा छरपस्ट हुन्छन् । युद्धका सकारात्मक विम्ब पस्किने क्रमस“गै त्यसभित्रका विकृत पक्षहरू, खासगरी शान्ति प्रक्रियामा आएपछि माओवादी नेतृत्वमा देखिएको विसंगत चेहराहरूलाई उनले सटिक ढंगले चिन्न चाहन्छन्, त्यो नै उनको लेखकीय विशेषता हो ।
‘अर्थात् टीकारामहरू’ उनको एउटा शक्तिशाली कथा विम्ब हो । युद्धमा सामेल हुनेहरूलाई किनारातिर धकेल्दै नेतृत्वकर्ताहरूले जब बिचौलिया मानसिकताका तथाकथित कमरेडहरूलाई मझधारमा राखेर ससम्मान स्थान, पद र सोपान सुम्पिने हर्कत गर्छन्, त्यतिबेला ‘रामप्रसादहरू’ को मस्तिष्कमा कस्ता तरंगहरू उत्पन्न होलान् ? रामप्रसादहरूका हृदय कसरी उछालिएला ? यही गूढ प्रश्नको जवाफ खोज्ने क्रममा यो कथा उभिएको छ । माओवादी शक्ति शान्ति प्रक्रियामा आएपछि सो पार्टीभित्र सुविधाभोगी वर्ग जन्मिन पुग्यो । निरन्तर दस वर्षसम्म युद्ध लड्नेहरू पाखा लगाइए भने हिजोका दिनहरूमा दरबारस“ग नजिक रहेकाहरू भने माओवादीबाटै समानुपातिक सभासद् हुन पुगे । यो कथाले माओवादीभित्र पलाएको विचलनवादी प्रवृत्तितिर इंगित गर्दै क्रान्ति पूरा नभएको संकेत गरेको छ । नेपाली भूमिमा पन्पिइरहेको सामन्ती राज्यसत्ताको अन्त्य गर्दै जनवादी सत्ता स्थापना गर्ने प्रमुख ध्येयले दस वर्षसम्म सञ्चालित जनयुद्ध अन्ततः सम्झौतामा टुंगियो । जनयुद्धको समापन भए पनि त्यसका पीडा, व्यथा झेल्न थुप्रै नेपालीहरू अझै जीवित छन् । ‘सगर डढेको बेला’ कथामा जनयुद्धमा सामेल आफ्ना छोरा गुमाउन पुगेकी एउटा आमाको वेदना टड्कारो रूपमा प्रतिविम्बित भएको छ । युद्धको छर्राले जनयुद्धस“ग असम्बद्ध ग्रामीण भेगका महिलाहरूलाई कुन हदसम्म थङ्थिलो तुल्यायो ? यही पक्ष उतार्न यो कथा सफल देखिएको छ ।
जनयुद्धको जग निर्माणका बेला दरिला ढुंगा भएर उभिएका थिए, रोल्पालीहरू । जनयुद्धले सघन स्पर्श नगरेका रोल्पाली गाउ“बस्तीहरू सायदै होलान् । युद्धका क्रममा धेरै रोल्पालीले दुःख खेपे र राज्यसत्तास“ग लड्न पनि उस्तै माहिर रहे । ‘अकथ्य’ त्यही रोल्पालीहरूको कथा हो, जसमा युद्धको बेला आफ्ना पति र छोरी गुमाएकी एउटी रोल्पाली महिला, सहिद परिवारको आत्मकथा उजागर भएको छ । सिंगो कथामा युद्धपीडित एउटी महिलाको अन्तरवेदना अभिव्यक्त भए पनि बिसाउनीको क्रममा भने सहिद परिवारप्रति युद्धका सञ्चालकहरूले दर्साएको उपेक्षाभाव सांकेतिक रूपमा प्रकट भएको छ । र त, सहिद परिवारकी ती महिला भन्छिन्– ‘इन्चार्ज कमरेड † ल्याइदेऊ छाती दुख्ने बिमारीको औषधि । यो सहिद गाउ“लाई पुग्ने गरी ल्याइदेऊ । सहिद गाउ“को छाती धेरै दुख्न थालेको छ ।’
‘अर्कै स्पर्श’ भने एउटा लडाकुको कथा हो । हातमा हतियार हु“दा सुरक्षित महसुस गर्ने ती लडाकुले हतियार बुझाएपछि महसुस गरेको असुरक्षितपना व्यक्त गरिएको छ । असुरक्षा भावले ग्रस्त एउटा लडाकुमा आफ्नो घर र आमाप्रतिको स्नेहभाव यति तीव्र रूपमा छताछुल्ल भएको छ कि, यसले सामान्य तहका लडाकुको विक्षिप्त मनोभाव खिच्न धेरै नै आतुर देखिएको छ । ‘आमाहरू’ भने युद्धका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको घरपरिवार कति पीडित छन् ? शान्ति प्रक्रियापछि पनि बेपत्ता नागरिकहरूबारे राज्य किन मौन छ ? यिनै प्रश्नहरूको उत्तर खोज्ने क्रममा उभिएको छ । युद्धबाट धेरै मर्माहत हुनेहरूमा आमाहरू नै हुन्छन्, जसले आफ्ना सन्तानलाई अथाह वात्सल्य पोखेका हुन्छन् । मूलतः यो कथा बेपत्ता नागरिकहरूको मनोविज्ञान उघार्ने दिशामा केन्द्रित छ ।
शीर्ष कथा ‘बर्की नम्बर १३९९९’ मा माओवादी जनयुद्धमा सक्रिय रूपले लागेका एक लडाकुको शान्ति प्रक्रियापछि माओवादीले सत्ता सम्हालेको बेला मृत्यु हुन्छ । उसको लास पश्चिम नेपालको रोल्पा र सल्यानको सिमानामा बेवारिसे अवस्थामा फेला पर्छ । तर, उसको मृत्युमा पार्टीका कुनै नेताले झन्डा ओढाउने तत्परता देखाउ“दैनन् । बरु एउटी वृद्ध, अपरिचित महिलाले झन्डा चाहि“ होइन, बर्की ओढाउ“छे । मूलतः यो कथाले युद्ध लडेका पूर्वलडाकुहरूले अनाहकमा मृत्युवरण गर्नुपरेको र पार्टी पंक्तिबाट मृत्युपश्चात् पनि उपेक्षा स्वीकार गर्नुपरेको तीतो यथार्थलाई उजागर गर्न चाहेको छ । ‘बा“सुरीवादक’ले रामेछापको दोरम्बामा भएको हत्याकाण्डमा मारिएका सहिदहरूप्रति स्मरण गरेको छ । सहिदहरूप्रति जनयुद्ध हा“क्ने पार्टी र नेतृत्वले देखाएको उपेक्षाभावप्रति आक्रोश पनि व्यक्त भएको छ । कथाकार लेख्छन्– ‘आकाशहरू छैनन्, ती त महान् इतिहास निर्माण गरेर गए । तर, आकाशका सपनामाथि ठडिएका छन् गगनचुम्बी महलहरू र आकाशका छातीहरूमाथि बज्रिएका छन् नया“ बादशाहका बुटहरू । पाखण्डीहरू † रगतको इतिहासलाई तिनले घिनलाग्दो प्रहसन बनाइरहेछन् र यो महागाथालाई मध्यरातसम्म चल्ने डान्सबारमा परिणत गरिरहेका छन् । दुनिया“का छोराछोरीहरूलाई सहिद बनाएर तिनीहरू गिद्देभोज मनाइरहेका छन् ।’
‘विस्थापन’ अयोग्य सावित एक पूर्वलडाकुको मनोविज्ञान केलाउन सक्षम कथा हो । युद्धका बेला विभिन्न मोर्चाहरूमा लडेका र पारंगत लडाकुको रूपमा चिनिएका एक पूर्वलडाकुलाई अनमिनले अयोग्य घोषणा गरेपछि ती लडाकु कसरी विक्षिप्त मनोस्थितिमा पुग्छन् ? यही कुरालाई अत्यन्तै दर्दनाक रूपले केलाउन यो कथा सफल सावित भएको छ ।
पा“च दशकदेखि नेपाली प्रगतिवादी कथासाहित्यमा राम्रो हस्तक्षेप र दख्खल राख्दै आएका बरालको यो आठौं कथाकृतिभित्रका सबैजसो कथा माओवादी जनयुद्धको पृष्ठभूमिमा लेखिएका छन् । कथामा माओवादी नेतृत्वमा देखा परेको विचलन, सहिद परिवारको व्यथा, लडाकुहरूको दयनीय स्थितिका साथै युद्धका समग्र तस्बिर व्याप्त छ ।
(बुधबार साप्ताहिक)
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.