यस डी मुनिका चेला बाबुरामका दिनगन्ती सुरू

भारतीय विस्तारवादको आडभरोसामा प्रधानमन्त्री भएका बाबुरामका मन्त्रि के-कस्ता चरित्रका छन् भन्ने कुरा हामीले यस अघि नै प्रस्ट परिसकेका हौँ । गच्छेदार एक नम्बर भ्रष्टाचारी प्रमाणित भैसकेका व्यक्क्ति हुन् ।  गुप्ताले मुद्दा खेपिरहेका छन् । प्रभु शाह त गौर हत्या काण्डमा मुछिएका र भारतीय अपरधिसित सांठगांठ भएका भनी  पार्टीमै चर्चित भएका एक नम्बर अपराधी हुन् । यो कुरा पार्टीले बनाएको गौर हत्याको आयोगले नै प्रमाणित गरेको छ । उहिलेका  मण्डले सरतसिंह  रक्षा मंत्रिजस्तो मान्छेले देश टुक्र्याउने कुरा गर्छन् भने अब यो मुलुकको  के होला !

हामीले त बाबुराम र प्रचण्ड मुलुकलाई ध्वस्त पार्न लेंदुपेको भूमिका खेलिरहेका छन् भनिरहेका छौं । प्रधानमन्त्री भएदेखि नै  बाबुरामले जे भनेका र गरेका छन् यसले उनी  यो देशको प्रधानमन्त्री होइन, भारतीय  विस्तारवादको सच्चा दलाल र अपराधी गिरोहको नाइके प्रमाणित भइसकेका  छन् । उनलाई छिटो भन्दा छिटो प्रधान मन्त्रीबाट हटाउनुमा नै मुलुकको हित छ, र सत्य के हो भने  अब उनका दिनगन्ती सुरू भैसकेका छन् । तर विस्तारवादले अर्को षड्यन्त्र गर्न सक्छ । त्यसैले क्रान्तिकारीहरू  र यो देशलाई माया गर्नेहरू एक जुट भएर राष्ट्रियता र  जनतन्त्रका लागि लड्नु  आवश्यक छ ।

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.