यसको जवाफ विप्लव कमरेडले दिनुपर्छ

( प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूका विरुद्ध अनेक कुप्रचार गर्छन । विम्बविद्रुपीकरण गर्छन् । यसमा विवाद छैन । उनीहरू प्रचारआतंक मच्चाएर जनाताकाबीच क्रान्तिकारीहरूलाई बदनाम गर्न खोज्छन् । यो सत्य हो, कमरेड गजुरेल, कमरेड बादल र कमरेड विप्लवका सम्बन्धमा पनि येस्तै हुन सक्छ, तर ‘धोबिघाट सहमति’ को सेरोफेरोमा कमरेड गजुरेल र विप्लवले भारतीय दुतावासका पदाधिकरिसित भेटेको कुरा बाहिर आएको थियो । त्यसमा पनि ऋषि धमलाको स्रोतबाट विप्लवजीले भेटेको कुराको खासखुस चलेको थियो । यस विषयमा कमरेड किरणसित सम्पर्क राख्दा यस विषयमा आफुलाई केही थाहा नभएको र उहाँहरूसित सोधेर जानकारी दिने जवाफ पाएको थिएँ । सो जानकारी ४ महिना बित्ता पनि पाएको छैन । तर पत्रपत्रिका र अनलाइन खबाररूले यो समाचार फेरि बाहिर ल्याएकाले सत्य के हो यथार्थ बाहिर आउनु पर्छ । नत्र जनतामा भ्रम हुनु स्वाभाविक हुन्छ । अहिलेलाई भने onlinekhabar.com बाट एउटा समाचार)
——————————————————————————–
‘रअ’ को निम्तोमा विप्लव सुटुक्क दिल्ली ?
४ पुस, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलाई भारतीय गुप्तचर संस्था ‘रअ’को एजेण्ट बताइरहेको बैद्य समूहका नेता नेत्रबिक्रम चन्द केही समयअघि सुटुक्क दिल्ली गएर गुप्तचरहरुलाई भेटेको बिषयले अहिले माआवादी बैठकमा खुवै चर्चा पाएको छ ।
‘दलाल भनेको के हो ? दूतावासभित्र सुटुक्क पस्ने, पार्टी नेतृत्वलाई थाहै नदिई भारतीय र कांग्रेस-एमालेका ब्यक्तिहरुलाई भेट्नु दलाली हो कि हैन ?’ प्रचण्ड निकट भनेर चिनिने हरिवोल गजुरेलले वैद्य पक्षई जारी केन्द्रीय समिति वैठकमा प्रश्न गरे । नेतृत्वलाई विस्तारबादीको दलाल भन्ने अनि आफैं उनीहरुसित साँठगाँठ गर्ने दुईवटा घटनालाई संस्थापन पक्षले जारी केन्द्रीय समितिमा मुख्य इस्यु बनाएको नेपाल साप्ताहिकले छापेको छ ।
स्तै रामबहादुर थापा बादल, नेत्रबिक्रम चन्द बिप्लव र सीपी गजुरेलले पार्टीलाई थाहै नदिई नेपालस्थित भारतीय दूतावास पुगेर त्यहाँका गुप्तचर अधिकारीसँग वार्ता गरेको कुरा पनि संस्थापन पक्षले खुलासा गरिदिएको छ । वैद्य पक्षको दैध चरित्रका बिषयमा संस्थापन पक्षका नेताहरुले प्रश्न उठाएपनि वैद्य पक्षले केही जवाफ दिएको छैन् । वैद्य समूहका प्रभावशाली नेता मानिएका चन्द सोझै दिल्ली गएका थिएनन् । आफ्नो गुटका कार्यकर्तालाई धनगढीमा प्रशिक्षण दिएपछि उनी मंसिरको तेस्रो साता त्यहींबाट भारततिर छिरेका थिए । लामो समय काठमाण्डौं बाहिर नै रहेका बिप्लव जव भारततिर लागे त्यसको पहिलो जानकारी सुदुरपश्चिमकै प्रचण्डपक्षीय नेता लेखराज भट्टले पाए । तर उनले तत्कालै प्रधानमन्त्री वा प्रचण्डलाई सुनाएनन् ।
चन्द दिल्ली पुगेर भारतीय गुप्तचर संस्था रअका अधिकारीसँग वार्ता गरेको खवर भारतीय दूतावासले माओवादी नेतृत्वलाई दिएपछि मात्रै यसबारे संस्थापन पक्षले जानकारी पायो । पछि माओवादी नेतृत्वले थाहा पायो- चन्दको भ्रमण त भारतीय संस्थापन र गुप्तचर एजेन्सीकै निम्तो र ब्यबस्थापनमा भएको रहेछ । विप्लवले भने पार्टी संगठनको कामले आफु भारत गएको भन्दै यसबारे केन्द्रीय समिति वैठकमै जवाफ दिने बताए ।
यस्तै संस्थापन पक्षीय नेता अग्नि सापकोटाले तीन नेता भारतीय दूतावास पुगेर वार्ता गरेको कुरा पनि उठाए । संस्थापनलाई बिस्तारबादका दलाल र रअका एजेन्ट भनेर चर्को स्वरमा गालि गर्ने वैद्य पक्षका नेताहरु नै भारतीयलाई सुटुक्क भेट्ने र रअको निम्तोमा भारत भ्रमण गर्ने गरेको खुलासा भएपनि अहिले संस्थापन पक्षले केन्द्रीय समिति वैठकम ठूलो स्वरले जवाफ मागिरहेको छ ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.