यतिबेर दुइटा निर्णयमा पुगेको छु : बराल

विगतको दुई लाइन सङ्घर्षमा खासगरेर प्रचण्डबाबुरामको नवसंशोधनवादी गुटसित सङ्घर्ष गर्ने क्रममा हामी केही साथीहरू मिलेर मेरो सम्पादकत्वमा समयबद्ध नामको वैचारिक पत्रिका संचालन गरेका थियौँ । सो पत्रिकाले samayabaddha.org  नाममा वेबसाइट पनि चलाएको थियो । सो पत्रिका पुनः प्रकाशित भएमा शुभचिन्तक र  सहयोगीका रूपमा लेखरचना आदिमार्फत सहयोग गर्न सकिए पनि अबदेखि सो पत्रिकाको  सम्पादकका रूपमा  आफू त्यसमा संलग्न नरहने/नरहेको कुरा प्रस्ट पार्न चाहन्छु ।

त्यसैगरी त्यतिबेर चलेको दुई लाइन सङ्घर्षमा बौद्धिकसांस्कृतिक क्षेत्रबाट क्रान्तिकारी विचारको प्रचारप्रसार गर्ने र बौद्धिक जागरण ल्याउने उद्देश्यका साथ निर्माण गरिएको क्रान्तिकारी बौद्धिकसांस्कृतिक मञ्चका नामबाट पनि  हाल कुनै वक्तव्य आदि प्रकाशित नगर्ने अथवा गतिविधि नगर्ने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु । परन्तु सूचना र संचारको महत्वपूर्ण माध्यम बनेको वेबसाइट दि नेक्स्ट फ्रन्ट (thenextfront.com)  नेकपामाओवादीको उद्देश्य, आवश्यकता र हितलाई केन्द्रमा राखी निरन्तर प्रवाहित भइरहनु उचित र आवश्यक छ भन्ने निर्णयमा आफू पुगेको कुरा पनि म यहाँ  जानकारी गराउँछु ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.