मोर्चाबद्ध लडाइं जारी राखौं : दि नेक्स्ट फ्रन्ट

दि नेक्स्ट फ्रन्टको आवश्यकता किन पर्यो र यो कस्तो माध्यम हो भनेर हामीले हाम्रो वेब साइटको ‘अबाउट अस’ मा प्रस्ट पारेका छौं । महान् जनयुद्धका प्राप्ति र मूल्यहरूको रक्षा, त्यसमा पनि सांस्कृतिक–बौद्धिक क्षेत्रले खेलेको भूमिकालाई विश्वव्यापीकरण गर्दै,  मालेमाका नाममा संशोधनवाद र विसर्जनवादको अभ्यास गर्ने प्रवृत्तिको भण्डाफोर र मार्क्सवाद–लेनिनवाद र माओवादका पक्षमा सङ्घर्ष अघि बढाउने यसको उद्देश्य हो भन्ने कुरा हामीले प्रस्ट पारेका छौं । फ्रन्ट यस कार्यमा निरन्तर अघि बढिरहेको छ र बढिरहनेछ । प्रतिक्रियावादीहरू र सबैखाले अवसरवादीहरूका भ्रम र षडयन्त्रलाई चिर्दै यो  निरन्तर अघि बढिरहने छ ।

यसबीच हामीलाई नेपाली क्रान्तिका पक्षधरहरूबाट मात्र नभएर विश्वसर्वहारा वर्गका पक्षमा लडिरहेका विश्वका क्रान्तिकारीहरूबाट पनि ठूलो सहयोग, समर्थन र हौसला प्राप्त भएको छ । यस फ्रन्टलाई अझ राम्रो र प्रभावकारी बनाउन  हामीलाई रचनात्मक सुझाव र सल्लाहको आवश्यकता छ । अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेख–रचनाहरू र सुझाव–सल्लाह पठाएर  हामीलाई सहयोग गर्नुहोस् । प्रतिक्रियावादीहरूका विरुद्धमात्र नभएर, संशोधनवादीहरू, राष्ट्रिय आत्मसमर्पणवादका पक्षधरहरू र सारसङ्ग्रहवादीहरूविरुद्ध नलडी नेपाली क्रान्तिले सही दिशा, गति र उद्देश्य प्राप्त गर्ने छैन । यसका लागि सङ्घर्षको यो वैचारिक मोर्चामा सहभागी बन्न र मालेमाको अजेय झण्डाका साथ अघि बढ्न हामी सबै क्रान्तिकारीहरूलाई अनुरोध गर्दछौं । हामीलाई निम्न ठेगानामा लेख–रचनाहरू र  सुझाव र प्रतिक्रियाहरू पठाउनोस् :

thenextfront.front@gmail.com

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.