मित्रहरूसित हाम्रो प्रतिबद्धता

red_fist

प्रिय मित्रहरू ! केही  दिन यता हामीले केही पनि नयाँ कुरा तपार्ईँहरू समक्ष प्रस्तुत गर्न सकेका छैनौँ ।   तपाईँ मित्रहरूले  यस विषयमा चासो र जिज्ञासा पनि राखनु भएको छ । Next Front  का विरुद्ध जो जो जेजस्ताप्रवृत्तिहरू लागे पनि यो थाकेको छैन हारेको पनि छैन । हिजोका दिनदेखि नै यसलाई सिध्याउन एक थरीहरू लागेकै हुन् । खासगरेर पोखरा बैठकपछि यसप्रतिको विरोधको स्वरूप अझ मूर्त रूपमा बाहिर आएको कुरा जगजाहेर नै छ  । हामी दोहोरो मारमा छौँ, हामीले दुवै मोर्चामा लडाइँ लड्नु परेको छ । सही अर्थमा राष्ट्रियता र जनतन्त्रको पक्षमा लडाइँ लड्नेहरूका लागि यो अस्वाभाविक पनि होइन । विस्तारवादी र साम्राज्यवादी शक्तिहरू र तिनका दलालहरूको यसप्रतिको निगरानी तीव्र छ ।  तर हामी अलिकति पनि विचालित छैनौँ ।

पहिलो  कुरा, हामी केही महत्वपूर्ण कार्यमा व्यस्त रहनु परेकाले यसलाई अपडेट गर्न सकेनौँ, साथै केही प्राविधिक समस्याले गर्दा  केही समययता हामीले फोटाहरू (इमेजहरू) पोस्ट गर्न सकिरहेका छैनौँ र यो समस्या अहिले पनि हामीले व्यहोरिरहेका छौँ । फोटाहरू पोस्ट गर्ने स्थिति नरहे पनि  क्रान्तिकारी आवाजलाई हामी निरन्तर प्रवाह गरिरहने छौँ र  वैचारिक सूचनाहरू सम्प्रेषण गरिरहने छौँ । दुस्मनलगायत सबै किसिमका अवसरवादीहरूका विरुद्ध हाम्रो मिसन बन्द हुने छैन । लडाइँको यो मोर्चा अबका दिनमा थप शसक्तताका साथ क्रियाशील हुने छ । पार्टीका प्रकाशनहरू योजनाबद्ध ढङ्गले बन्द गरिएझैँ÷भएझैँ को  अहिलेको स्थितिमा आफ्नो सीमा र आवश्यकताको परिधिभित्र  रहेर आमजनसमुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सूचना र विचार सम्प्रषण गर्नै Next Frontको अभियान रोकिने छेन भन्ने कुराको प्रतिबद्धता पनि हामी व्यक्त गर्दछौँ ।

यसबीच धेरै कुराहरू घटेका छन् । राष्ट्रिय स्वाधीनता र जनतन्त्रका प्रबल पक्षधर, क्रान्तिकारी किसान आन्दोलनका अगुवा कमरेड  शिवराज गौतमको निधन भएको छ । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । संशोधनवादका विरुद्ध सङ्घर्ष गर्दै उहाँ जनयुद्धकै क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा प्रवेश गर्नु भएको थियो ।  भूमिगत जीवनका अप्ठ्यारा दिनहरूमा किसान आन्दोलनको सफल नेतृत्व गर्दै सामन्ती भूस्वामित्व र वैज्ञानिक भूमिसुधारका पक्षमा निरन्तर लडिरहनु  भयो । महान् जनयुद्धका प्राप्तिहरूलाई विसर्जन गर्ने योजनाका साथ आएको २०६२ सालमा भएको १२ बुँदे सहमतिका विरूद्ध आफ्नो अभिमत दिएपछि उहाँ प्रचण्डलगायतका विस्तारवादका दलालहरूको कोपभाजनमा पर्नु भएको थियो । यता पार्टी शान्तिप्रक्रियामा आएपछि पनि नेतृत्व तहमै आएको विचलन, क्रान्तिकारी स्पिरिटको स्खलन र संसदवादी अभ्यासका विरुद्ध उभिनु भयो र पार्टीलाई क्रान्तिकारी धारमा लैजाने प्रतिबद्धताका साथ सक्रिय हुनु भयो । यस क्रममा नयाँ पार्टी निर्माणको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भयो । नयाँ पार्टी पनि जसरी जान सक्नु पर्थ्यो, त्यसरी जान नसकेकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो । यो पनि प्रचण्डकै पार्टीको नयाँ संस्करणा बन्ने पो हो कि भन्ने कुरामा असाध्यै चिन्तित र गंभीर हुनुहुन्थ्यो । किसान आन्दोलन मात्र होइन,,सिङ्गो क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा उहाँको निधनले अपूरणीयय क्षति भएको छ । नयाँ जनवादी क्रान्तिको दिशामा दृढताका साथ अघि बढ्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ । फेरि भन्छौँ : लाल सलाम कमरेड शिवराज गौतम !

पोखरा बैठकको स्पिरिटलाई अघि बढाउने क्रममा बीचमा केही सुस्तता र गतिमन्दता देखिए पनि  अहिले वहिष्कारको आन्दोलन सशक्त रूपमा अघि बढेको छ । पूर्वमा मेचीकोसी क्षेत्र, रामेछाप, काभ्रे रसुवा र यता प्युठान,  म्याग्दी आदि क्षेत्रलगायत पश्चिमका  विभिन्न क्षेत्रमा वहिष्कार आन्दोलनले जसरी  गति लिएको छ, यसले प्रतिक्रियावादी सरकार  आतङ्कित बनेको छ र आफ्नो आतङ्कित मानसिकताको ढाकछोप गर्न धरपकड र दमनमा उत्रेको छ ।  चुनाव गराउने नाममा हुन थालेको यस किसिमको राज्यआतङ्कको हामी तीव्र निन्दा तथा भत्र्सना गर्दछौँ र पक्राउ गरिएका कमरेडहरूलगायत सर्वसाधारण्ण नागरिकको  अविलम्ब रिहाइको माग गर्दछौँ । साथै विस्तारवादी र  साम्राज्यवादी शक्तिहरूको योजनामा गरिन थालिएको यो चुनावी नौटङ्कीलाई ध्वस्त पार्न जो जो जहाँ जहाँ छौँ, त्यहीँबाट आप्mनो मोर्चामा सक्रिय र सशक्त भएर लाग्न अनुरोध पनि गर्दछौँ ।  The Next Front  दृढता  र प्रतिबद्धताका  साथ आफ्नो मिसनमा अघि बढिरहने छ भन्ने कुरा पनि  हामी प्रस्ट पार्न चाहन्छौँ ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.