मार्क्सवाद कि ‘पहिचानवाद’ ?

cober finalविकल्प क्रान्तिकारी बौद्धिक–सांस्कृतिक कर्मीहरूको समसामयिक प्रकाशन हो । यसको पहिलो अङ्कको पहिलो खण्डमा मार्क्सवाद र इतिहासको मूल्याङ्कनसम्बन्धी केही महत्वपूर्ण सामग्रीहरू समाविष्ट गरिएको छ र दोस्रो खण्डमा प्रतिनिधि स्रष्टाहरूका प्रतिनिधि रचनाहरू समाविष्ट गरिएको छ । यस सङ्कलनमा दुई जना क्रान्तिकारी कविहरू नबारूण भट्टाचार्य र अल समिह कासिमको जीवनीसहित दुइटा बहुचर्चित कविताहरू क्रमशः ‘मृत्यु उपत्यका होइन मेरो देश’ र ‘सूर्यको दुस्मन’ को नेपाली अनुवाद समाविष्ट छ । यो सङ्कलन पत्रिकाजस्तो पनि र बहुचर्चित रचनाहरूको सङ्कलन जस्तो पनि बनेको छ । “सांस्कृतिक आन्दोलनः मार्क्सवाद कि ‘पहिचानवाद’ ?” शीर्षक सम्पादकीय रहेको यस अङ्कमा सार्त्र, आल्थुसर, चेन याओ क्वाङ, ऋषिराज बराल, अनिल शर्मा, वाङ युवान चेन, डा. नन्दीश अधिकारी, खेम थपलिया, भिमा राई, राजकुमार कुवँर आदिका रचनाहरू रहेका छन् । समकालीन सांस्कृतिक आन्दोलन र वैचारिक बहसछलफलमा जोड दिइएको यो सङ्कलनले जमेको पोखरीझैँ भएको मार्क्सवादी बौद्धिक–सांस्कृतिक क्षेत्रमा केही चहलपहल ल्याउने विश्वास गर्न सकिन्छ ।

You can leave a response, or trackback from your own site.

One Response to “मार्क्सवाद कि ‘पहिचानवाद’ ?”

  1. prasantagole says:

    Euta gajabko prakashan aaun lagechh. Dhanyawad.

Leave a Reply

See real websites hosted and built by iPage customers.