मार्क्सवादीले यसको विरोध गर्दैन

Cover smallआउँनुहोस् बहस–छलफलमा सहभागी बनौँ
(‘मार्क्सवाद र परिचयको राजनीति’ पुस्तक प्रकाशनमा आएपछि यसले निकै हल्लीखल्ली मच्चाएको छ । ‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ ले आफ्नो उद्देश्य र वार्षिक योजनामा निर्णय गरेअनुसार प्रकाशित गरेको भनिएको यो पुस्तकले जातीय प्रश्न, ‘पहिचानको राजनीति’ र सर्वहारावर्गीय चिन्तनका बारेमा भए/गरेका भ्रम र अन्योललाई चिर्न सत्यतथ्यलाई प्रकाशमा ल्याएको बोध गर्न सकिन्छ । यसलाई लिएर कसैले टाउको दुखाउनुपर्ने अथवा उफ्रीपाफ्री गर्नुपर्ने स्थिति देखिँदैन । यो प्रकाशन, सम्बद्ध विषयमा मार्क्सवादका आधारभूत पक्षमा दरोगरी उभिएको छ । मार्क्सवादीहरूले यसमा हर्षित हुनु आवश्यक छ । यसअर्थमा यो पुस्तक अँध्यारोमा चम्केको बिजुली हो । यहाँ हामीले यस पुस्तको ‘परिचय’ बाट एउटा अंश प्रस्तुत गरेका छौँ हामी आक्रोस र कुण्ठा होइन, स्वस्थ बहस छलफल चाहन्छौँ ।)
…………………………………………………………………………………………….
पुस्तकको ‘परिचय’ को एउटा अंश
नेपालको विशिष्ट भू–राजनीतिक परिस्थितिमा सङ्घीयताको आवश्यकता र औचित्यका साथै कस्तो किसिमको सङ्घीयता र स्वायत्तता प्रभावकारी र लाभकारी हुनसक्छ भन्ने कुरामा बहस र छलफल गर्ने कुरामा कुनै विवाद छैन । उत्पीडित जातजाति, लिङ्ग, क्षेत्र र समुदायको स्वतन्त्रता र मुक्तिको प्रश्नमा कुनै भ्रम छैन । शक्तिको विकेन्द्रीकरण, सामथ्र्य, स्थानीय साधनस्रोतको परिचालन र स्थानीय तहमा जनतालाई शक्तिसम्पन्न बनाउन स्वायतत्ता आदिका सन्दर्भमा पनि कुनै विवाद छैन । तर, सङ्घीयता र जातीयताका नाममा वैदेशिक एजेन्डालाई जसरी लाद्न खोजिँदैछ र यसलाई नयाँ जनवादी क्रान्तिको हाराहारीमा राखेर जसरी व्याख्या–विश्लेषण गरिँदैछ, यो साँच्चिकै विडम्बनाको विषय हो । यो नयाँ जनवादी क्रान्तिलाई ओझेलमा पार्ने साम्राज्यवादी योजनाबद्धताको उपज हो । अहिले नेपाली समाजमा ‘राज्यको पुनर्संरचना’ का सम्बन्धमा उठेको सन्दर्भ ‘जातीय पहिचान’ र ‘एक मधेस , एक प्रदेश’ को सम्बन्ध सङ्घीयताको सीमामा मात्र सीमित छैन भन्ने कुरा नेपाली समाजमा विद्यमान अन्तर्विरोध र बाह्य शक्तिहरूको भूमिकाका बारेमा सामान्य ज्ञान राख्ने व्यक्तिले नबुझ्ने र नबुझेको कुरा होइन । यो भिन्नै अर्थ र सम्बन्धका साथ आएको कुरा यससित सम्बद्ध गतिविधिहरूले प्रस्ट पारेका छन् । खासगरेर ‘एक मधेस, एक प्रदेश’ को अवधारणा भारतीय स्वार्थ निर्देशित एजेन्डा हो भन्ने कुरामा कुनै दुईमत छैन ।
मार्क्सवाद सम्पूर्ण उत्पीडित जातजाति, समुदाय, तह र तप्का आदिको मुक्तिको प्रश्नमा केन्द्रित सिद्धान्त र व्यवहार हो । वर्गीय समाजमा हरेक वर्ग जात, समुदाय निश्चित उत्पादनसम्बन्ध र उत्पादनशक्तिसित गाँसिएको हुन्छ । नेपाली समाजको रूपान्नतरणको मूल प्रश्न वर्गीय अन्तर्विरोधको हलसित गाँसिएको छ । खास जातजाति र समुदायभित्र पनि सापेक्षित मात्रामा वर्गीय विभाजनको रेखा कोरिएको हुन्छ । समाजमा तन्नम बाहुन पनि हुन्छ र एउटा सम्पन्न जनजाति पनि हुन्छ । नेपाली समाजको यथार्थ पनि यही नै हो । सम्भ्रान्त महिला पनि हुन्छन् र उसकै दासी भएर काम गरिरहेका महिला पनि छन्÷हुन्छन् । ‘पहिचानको राजनीति’ का पक्षधरहरूले यस यथार्थलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । साम्राज्यवादी नीतिका पक्षधरहरू सङ्घीयता र ‘जातीय पहिचान’ का नाममा केकस्ता वितण्डा मच्चाउन चाहन्छन् र नेपालको विशिष्ट स्थिति के हो भन्ने कुरालाई गम्भीरतापूर्वक नलिई मार्क्सवादले अघि सारेको ‘जातीय प्रश्न ( national question) र ‘आत्मनिर्णयको अधिकार’ ( right of self-determination) लाई आफूअनुकूल प्रयोग गर्नु चाहिँ साँच्चिकै विडम्बनाको विषय हो ।
मार्क्सवाद विभिन्न कालखण्डदेखि विभिन्न किसिमले उत्पीडित र उपेक्षित भएकाहरूको मुक्तिको पक्षमा निरन्तर रूपमा उभिँदैआएको छ । माक्र्सवादले वर्गीय मुक्तिबिना उत्पीडित जातजाति आदिको मुक्ति सम्भव छैन भन्ने कुरामा जोड दिँदै प्रधान र गौण, विशिष्ट र सार्वभौमका रूपमा अन्तर्विरोधको किटान गरेर सम्पूर्ण उत्पीडित वर्ग, जातजाति समुदायआदिको मुक्तिको वैज्ञानिक सिद्धान्त र व्यवहारलाई अगाडि ल्याएको छ । उत्पीडित जातजातिकै कुरा गर्ने हो भने दलित भनेर भन्ने गरिएको उत्पीडित समुदाय जति उत्पीडनमा परेको समुदाय नेपाली समाजमा अरू छैन । यसलाई पनि वर्गीय प्रश्नबाट ओझेल पारेर दलितवाद, अम्डेकरवाद र आइएनजिओवादमा फसाउने चालबाजीहरू भइरहेका छन् । यसलाई लिएर समानताको नाममा नेपालमा अनेक थरी फाउन्डेसन सक्रिय छन् भन्ने कुराप्रति सही अर्थका दलित आन्दोलनकर्ताहरू सचेत र सतर्क हुनु आवश्यक छ । खासगरेर जातीय पहिचान, त्यसमा पनि ‘एकल जातीय पहिचानको राजनीति’ ले उत्पादन इतिहासको निरन्तरताले उत्पन्न गरेको वर्गीय साथै सबै किसिमका अन्तर्विरोधको हल मार्क्सवादबाट गर्न सकिन्छ भन्ने कुराप्रति अविश्वास पैदा गर्दै आवेगको परिणाममा अन्तर्विरोधलाई विसर्जन गराउँछ र सारमा यथास्थितिको पक्षपोषण गर्दछ । वास्तवमा ‘परिचयको राजनीति’ को सन्दर्भ नेपाली समाजको आवश्यकता र औचित्यबाट भन्दा कतैबाट निर्देशित आवश्यकता बनेको छ । जातीय मुक्तिको वैज्ञानिक सिद्धान्तबाट टाढा पुगेको ‘जातीय पहिचानको राजनीति’ अन्ततः जात्यन्धमा फस्तछ र यसले राष्ट्रिय एकता होइन, विध्वंश, विखण्डन र पराधीनताबाहेक अरू केही निम्त्याउँदैन । यसप्रति हामी मार्क्सवादीहरू समयमै सचेत हुनु आवश्यक छ ।
०००

You can leave a response, or trackback from your own site.

3 Responses to “मार्क्सवादीले यसको विरोध गर्दैन”

  1. ajay sapkota says:

    ठिक समयमा पुस्तक पाठकहरु माझ आउँदैछ |भक्तबहादुर स्मृति प्रतिष्ठानलाई धेरै धेरै धन्यवाद र विशेष गरि कमरेड ऋषिराज बराल र कमरेड नन्दीश अधिकारिलाई धन्यवाद छ |

    दुई दिन देखि यो साईट चलेन किन होला ?जनताको कुरा लेख्ने सत्य कुरा लेख्ने लेखक र स्वाभिमान नेपालीलाई देखि नसहने भारतीय विस्तारवाद साम्राज्यवाद का दलालहरुले तपाइको साइट लाई कुनै पनि बेला हमला गर्न सक्छन प्राविधिक समस्या कुनै पनि बेला हुन सक्छ |अझ अहिले एक थरि पागलहरु देश टुक्राउने धम्कि दिंदै हिंडिरहेको बेलामा यो साईट कुनै पनि हालतमा एक दिन पनि बन्द हुनु हुँदैन |साईटमा पनि अपडेट अलिक चांडो चांडो हुन जरुरि देखेको छु |तपाईको नियमित पाठक भएको हुनाले मैले यस्तो भनेको हुँ |जनताको कुरा कसले लेख्छ नत्र बरु प्राविधिक जिम्मा अलिक दक्ष व्यक्ति या संस्थालाई दिनुहोला तर यो साईट २४ घण्टा नै खुला हुनुपर्यो |विशेष गरि कमरेड ऋषिराज बराल लाई अनुरोध गर्छु -हेर्नुस अहिले यस्तो बेलामा तपाईहरुले धेरै लेख्नुपर्ने भएको छ |बरु सम्भव हुन्छ भने कुनै कार्यक्रम गरेर नै बोल्नुपर्ने आवश्यकता मैले देखेको छु |जनताको पक्षमा लेख्ने साहित्यकार बुद्दिजीवी लेखक धेरै कम देखिए अरु बचे खुचेका अलि अलि पढेकाहरुलाई नियोजित योजनामा पैसा लगानी गरि किनिएको जस्तो …..कता कता भारतीय विस्तारवादको नुनको सोझो गरेर लेख्न लगाईएको जस्तो अनुभूति मलाई पनि भएको छ |

    यो पुस्तक एउटा कार्यक्रम गरेर नै बिमोचन गर्न आवश्यक छ |एउटा धमाका हुन जरुरि छ |पुस्तक बिमोचन गर्दै हुनुहुन्छ भने पाठकहरुलाई निम्तो दिनुहोला |

  2. अजयजी, website प्रायोजित किसिमले बन्द गराइयो . एक किसिमले hack गरियो. जहाँसम्म किताबको कुरा छ, बहस-छलफलमा लैजाउँ भनेको हो . तर बुद्धनगरबाट नै बन्चरो प्रहार होला जस्तो छ, जेहोस् अब अगाडि बढ्यो बढ्यो- कर्नालीझैं सलल . तपाईं हरुको शुभकामना रहिरहोस् .

  3. Sheela says:

    parichaya padhdaa matra pani yo pustak ko marma pakkai pani amulya 6 jato lagyo, tesaie e_debate ko satha-sathai ’round-table’ discussion chalaunu jaruri 6, nimtaa paaye yo pathak pani saharsha bhaag line thiyo hai Baraj comrade….!!

Leave a Reply

See real websites hosted and built by iPage customers.