माओ दिवसमा नयाँ पुस्तक

logo coverआजको साम्राज्यवाद र माओवादी आन्दोलन यो डा. ऋषिराज बराल लिखित नयाँ पुस्तकको नाम  हो । यस पुस्तकमा आहिलेको सामज्यवादको चरित्रको कालक्रमकि तथा  वैचारिक पक्षको चिरफारका साथै अहिलेको माओवादी आन्दोलनको व्यापक चिरफार गरिएको छ । यस क्रममा ‘वित्तीय पुँजी, भूमण्डलीकरण र आजको साम्राज्यवाद’ जस्ता रचनाहरू यसमा समाविष्ट छन् । त्यसैगरी आज विश्व माओवादी आन्दोलनको स्थिति के–कस्तो रहेको छ, एउटा दरिलो अन्तर्राष्टिय निर्माण गर्न के–कस्ता समस्या रहेका छन् र रिमभित्र रहेको मूल समस्या के हो भन्ने विषयमा ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, वर्तमान विवाद र ‘न्यु सिन्थेसिस’ शीर्षक लेखले प्रस्ट पारेको छ । त्यसैगरी संशोधनवाद आज कुन रूपमा सक्रिय भइरहेको छ भन्ने कुरा ‘मार्क्सवादको रक्षार्थ’ र ‘नवमार्क्सवादी विभ्रमका विरुद्ध’ शीर्षकले प्रस्ट पारेको छ । यसका साथै नेपाली माओवादी आन्दोलनको मूल समस्या र अबको नेपाली क्रान्तिको बाटोको बारेमा पनि विश्लेषण गरिएको छ ।

अभियान बुक हाउस वागबजारबाट प्रकाशित यो पुस्तक करिब ३०० पृ. को छ र यसै हप्तादेखि यो पाठकीय बजारमा आउँदैछ ।

यहाँ म सो पुस्तकको लेखकीय भूमिकाको एउटा अंश यहाँ प्रस्तुत गर्दैछु :

यताका दिनमा सबैतिर अध्ययन–चिन्तनको पक्ष केही कमजोर हुँदै गएको छ भन्ने मेरो अनुभव छ । जति माथि चढ्यो उति आफूले सम्पूर्ण जानेको र अब अध्ययन–चिन्तनको आवश्यकता छैन भन्ने ग्रन्थीको विकास हुन थालेको पो हो कि भन्ने बोध पनि भएको छ । मार्क्सवादको शास्त्रीय ज्ञानको क्षेत्रमा अध्ययन–चिन्तनको पक्ष झन्झन् कमजोर बन्दै गएको अनुभव मलाई हुन थालेको छ । स्कुलिङको एकदमै अभाव खड्किएको छ । टपर्टुइयाँवाद र होहल्लाले राज गर्न थालेको बोध हुन थालेको छ । मालेमाको शास्त्रीय ज्ञानको कुरा होस् अथवा दर्शन, राजनीतिक अर्थशास्त्र र समकालीन राजनीतिक प्रश्नहरू हुन्, बहसछलफलको क्रम एकदमै बाँझो हुन थालेको अनुभव मलाई भएको छ ।

आजभोलि वर्ग हराएको छ । वर्गीय प्रश्नहरू ओझेलमा परेका छन् । साम्राज्यवादीहरू यसैमा डलर खेती गरिहेका छन् र हामी स्यामुअल हटिङ्टनको ‘क्ल्यास अफ सिभिलाइजेसन’ को धुनमा छमछमी नाचिरहेका छौ“ । कुरा त  मार्क्सवाद–लेनिनवाद र माओवादका हुन्छन् । तर हाम्रो मन रमाउने ठाउँ अन्तै भइसकेकोछ । डलरको हरियोले यताका वर्षहरूमा हामीलाई पनि अर्कैअर्कै बनाएको छ । लाग्छ, छातीमा जातवाद, क्षेत्रवाद र लिङ्गवाद छ र ओठमा माओवाद । सङ्घीयता र जातीय पहिचानका नाममा जेजस्तो वितण्डा र बबण्डर मच्चाउन थालिएको छ, यो साँच्चिकै चिन्ताजनक छ । यो क्रान्तिकारी मार्क्सवादीहरूका लागि गम्भीर चुनौतीको विषय हो । यो माओवादी आन्दोलनका लागि एउटा जटिल समस्या हो । त्यसैले अबको लडाइं साँच्चिकै पेचिलो छ । यो लडाईंको मोर्चा पहिले आफ्नै घरबाट, आफैबाट आरम्भ गर्नु आवश्यक छ । यसका लागि वैचारिक सङ्घर्षको पक्ष त छदै छ, अलिकति साहस पनि जम्मा गर्नुपर्छ ।

प्रस्ट र इमानदारीपूर्वक भन्दा यो समस्या ‘तलकाहरू’ मा भन्दा पनि ‘माथिकाहरू’ मा बढी देखिन थालेको बोध मैले गरेको छु । तलदेखि माथिसम्म ‘फेसबुक संस्कृति’ मौलाएको छ र  ‘गफगाफ’ मा समय बित्न लागेको छ । बहस–छलफलका लागि कमरेडहरूसित समय छैन । लेखन, पढन र अध्ययनका लागि त ‘फुर्सत’ नै छैन । सबै कुरा रेडिमेड भए झन् जाती लाग्न थालेको छ । विश्वकम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने एउटा खतरनाक षड्यन्त्र र संयन्त्र हो–गैसस संस्कृति । खोज्दै जाँदा तलदेखि माथिसम्म यो रोग सङ्क्रमित हुन थालेको देखिन्छ ।

You can leave a response, or trackback from your own site.

2 Responses to “माओ दिवसमा नयाँ पुस्तक”

  1. Ajay sapkota says:

    महाधिबेशन को नजिक एउटा बहस शुरु भयो
    तर महाधिबेशनको राजनैतिक मस्यौदा पढ्न हाई काढ्नेहरुले बराल सरको यो खबरदारिलाई बुझ्लान त ?तर युवाहरु थाकेका छैनन हिजो सानो सानो बोटलमा मट्टितेल गोजिमा राखेर सेनाको घेराबन्दी बिच पनि अध्ययन हुन्थियो आज भलै लोडसेडिङ छ तर पनि नबयुवाहरुले बराल सरको बहसमा भाग लिनेछन ।

  2. admin says:

    अजय कमरेडले उठाएको कुराप्रति मा एकदमै सहमत छु. नेतादेखि कार्यकर्ताको एउटा पंगति अब अध्यन-चिन्तनमा रूची राख्दैन. ताराक अझै एउटा ठूलो समूह क्रान्तिको पक्ष्यमा छ. तेस्ले तुको बालेर पनि पढ्छ .

Leave a Reply

See real websites hosted and built by iPage customers.