माओवादी संचारमा दलाई लामाको चिन्ता

गलत कुरा भयो भनेर भन्दा हाम्रा कामरेडहरू पूर्वाग्रही हुन्छन्, उफ्रिन्छन्, एकपल्ट पथिक, महेश्वर दाहाल भएको बेला मैले महिमामा छापिएको समाचारलाई लिएर आफ्नै पत्रिकामा आफ्नै साथीको किन खोइरो खनेको भनेर टिप्पणी गरेँ । महेश्वर ठाडै जंगिए । पार्टीको सूचनासंचार सबै पम्फामहेश्वरको हातमा छ । हामी जन विद्रोहको तयारीको कुरा गर्दै छौँ । भएका सूचना-सन्चार माध्यमहरू सबै बन्द हुँदैछन् । चलेका पनि भद्रगोलमा छन् । घेरै दिनसम्म अकाउन्ट सस्पेन्डलेखिएको रेडस्टारनेपाल.कम अहिले बल्ल चालू भएको छ । तर कहिले प्रचण्ड समूहको गुनगान गाउँछ,  अनि कहिले दलाई लामाको चिन्ता गर्छ । भर्खरै रेडस्टारनेपालको को ( Redstarnepal.com) ६ जुलाई (मिति उल्लेख धेरैजसो पोस्टमा गरिएको पाइँदेन) को पोस्टमा वेरी टिवेटियन्स मार्क दलाई लामाज बर्थ डे क्वाइट्ली इन चाइना  (Wary Tibetans mark Dalai Lama’s birthday quietly in China) शीर्षकमा दलाई लामाको पक्षमा समाचार छापिएको छ । यो समाचार सोझै http://redstarnepal.com/newsdetail.php?id=1716मा पढन सकिन्छ)  एकातिर हाम्रा कमरेडहरू चीनसित सम्बन्घ विगार्नु हुन्न भनेर मरिहत्ते गरेर लागेका छन्, अर्कोतिर दलाई लामाको चिन्ता पनि गरिरहेका छन्,  कस्तो अचम्म ! माओवादीको प्रचारप्रसार विभागलाई सिन्ह्वा भन्दा रिउटर्स (Reuters ) किन मन परेको होला ! होइन,  कहिले आफ्नै पार्टीका नेताको खोइरो खन्ने, कहिले विरोधीको प्रशंसा गर्ने र कहिले अमेरिका र भारतको गोटी बनेका दलाई लामाको चिन्ता गर्ने नेकपामाओवादीका सूचनासंचार कताबाट संचालित छन् हँ, बुझी नसक्नु छ ।

पम्फा-महेश्वर र पथिकहरूलाई रिस त उठ्ला, तर पीडा भयो । नलेखौं भन्दा पनि सकिन ।

 

You can leave a response, or trackback from your own site.

2 Responses to “माओवादी संचारमा दलाई लामाको चिन्ता”

  1. prasun says:

    pampha le akut paisa kamayeko vrastachar gareko kura praman sahit vanna sakchhu vanne manchhe dherai veteko chhu maile.aba pathik ta prachanda ko aashu puchne ..prachanda putra prakash ko rekhdekh basobaas milaidine sutta sutta prachanda niwas chaharne eta ko uta ani uta ko kata kata samachar puraune manchhe vanchhan ,,,boleko kura record gareko chhaina natra praman nai hunthiyo,,maheshor dahal ko parichaya unko VUDI le dinchha ,,,ek dui ota photo haru mai sanga chhan.
    dherai kura k garnu ?
    k garnu MAO jasto neta vako vaye iniharulai thik parthe.
    esta manchhe le feri ladera kranti garchhan jasto ta malai patakkai biswas chhaina.iniharu feri prachanda lukya jhai lukne hun
    MAO le jasto aafai ladna aulan ta esta manchhe haru?

  2. ram says:

    यही २०७० असार २५ गतेको साँधुले यस्तो छापेको रहेछ:

    “माओवादी बुद्धिजीवी दलाईका दलाल”
    साँधु साप्ताहिक २०७० असार २५

    काठमाडौं। निर्वासित धर्मगुरु दलाई लामाको कार्यक्रममा उपस्थित भएर कांग्रेसमात्र होइन माओवादीमा आबद्ध मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरूले पनि स्वतन्त्र तिब्बतको पक्षमा भाषणा गरेपछि चिनिया अधिकारीहरूले आपत्ति जनाएका छन्। कांग्रेस आबद्ध प्रा.कपिल श्रेष्ठ, सुदीप पाठक मात्र होइन नेकपा माओवादी आबद्ध गोपाल सिवाकोटी चिन्तन र एनेकपा माओवादी निकट मल्ल के सुन्दरले पनि फ्री तिब्बतको वकालत गरेको प्रमाण भेटिएको छ। नेपालको एक चीन नीति विपरीत दलाई लामाको अभियानमा भवानी खरेल, पूर्व सभासद विश्वेन्द्र पासवान र हेमन्तमणि त्रिपाठी उर्फ सिद्धार्थ गौतम अतिथि बनेर स्वतन्त्र तिब्बतको पक्षमा भाषण गरेपछि उनीहरूमाथि सरकारले के कारबाही गर्छ भन्ने प्रश्न उठेको छ। नेपाल सरकारको एक चीन नीति विरुद्ध उनीहरूले गतिविधि गरिरहेको आरोप छ। विगतदेखि नै मानवअधिकारको आवरणमा पश्चिमाको डलरमा उनीहरू दलाई लामाका अनुचरसँगै कार्यक्रममा सहभागी हुदै आएको आरोप पनि लाग्दै आएको छ। अहिले उनीहरूको गतिविधिका नेपाल सरकारमाथि नेपालस्थित चिनियाँ राजदूतावासको दबाब पनि बढ्न थालेको समाचार छ। चीन सरकारले नेपाल सरकारलाई फ्री तिव्बत आन्दोलनकारीको कार्यक्रममा निगरानी र नियन्त्रण गर्न भन्दै आएको छ। तर नेपालका केही डलरवादीहरू पश्चिमाको उक्साहटमा मानवअधिकारको नारामा फ्री तिब्बत आन्दोलनमा लाग्दै आएका छन। ती डलरवादीले आन्दोलनकारीलाई मानवअधिकारका नाममा आर्थिक र प्रचारात्मक सहयोग गर्दै आएका छन। त्यसरी खुलेआम सरकारको नीतिविपरीत लाग्ने मानवअधिकारकर्मीको आवरणमा फ्री तिव्बत आन्दोलनमा लाग्नेलाई सरकारले केही गर्न सकेको छैन। १४ औं दलाई लामाको ७८ औं जन्म दिवस कार्यक्रममा अतिथि बनेर असार २२ गते अर्थात जुलाई ६ तारिखमा स्वयम्भुको मनाव समाज गुम्बामा कार्यक्रम गरेका थिए। चिनियाँ राजदूतावासले उक्त कार्यक्रम रोक्न परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई जानकारी गराएको थियो। तर, २२ गतेको कार्यक्रममा नेपाल प्रहरीले नै सुरक्षा दिएका थिए। दलाई लामाका नेपाल प्रतिनिधि ताम्दिङ दोर्जे तुलाधर आफ्नो पद जोगाउनका लागि काठमाडौंमा भव्य कार्यक्रम गर्नुपर्ने वाध्यतामा थिए।
    तुलाधरलाई हटाउने अन्तिम तयारीमा लामा छन। कपिल श्रेष्ठले अतिथिका रुपमा भाषण गर्दै दलाई लामालाई नेल्सन मण्डेला र महात्मा गान्धीको संज्ञा दिएका थिए। एक चीन नीतिविरुद्ध लाग्ने उनीहरूल्ााई सरकारले के कारबाही गर्छ? त्यो भने प्रतिक्षाको विषय भएको छ। अझ सिवाकोटी त नेकपा–माओवादीसंग आवद्ध छन भने मल्ल के सुन्दर एमाओवादीनिकट मानिन्छन्। त्यसैगरी कपिल श्रेष्ठ नेपाली कांग्रेस निकट प्राध्यापकका रुपमा चिनिन्छन्।

Leave a Reply

See real websites hosted and built by iPage customers.