माओवादीहरूको मे दिवस अपिल

rim(Here is the Nepalese version of May Day Declaration)

(गत वर्षहरूझैँ यस वर्ष पनि विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसका दिन संयुक्त घोषणापत्र जारी गरेका छन् ।  घोषणापत्र मात्र नभएर एक किसिमले यो  प्रतिबद्धतापत्र हो । यस वर्ष मे दिवस  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठसित जोडेर विश्वयापी रूपमा मनाउन पनि यस घोषणपत्रमा आह्वान गरिएको छ । माओवादलाई मार्ग निर्देशक सिद्धान्तका रूपमा आत्मसात गरेर विश्वका माओवादीहरूको नयाँ केन्द्र निर्माणमा अघि बढौँ भन्ने सन्देशसहितको यस घोषणापत्रमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लगायत भर्खरै गठित कम्युनिस्ट न्युक्लिअस, नेपाल सहित जम्मा ३० ओटा माओवादी पार्टी तथा सङ्गठनहरूको सहभागिता रहेको छ । यहाँ हामीले अङ्ग्रेजीमा प्रकाशित सो घोषणपत्रको भावानुवाद प्रस्तुत गरेका छौँ । )

विश्वका सर्वहाराहरू एक होऔँ

महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औ  वर्षगाँठ जिन्दावाद !

विश्वसर्वहारा क्रान्ति : जिन्दावाद !

माओवाद : जिन्दावाद !

मे दिवसका दिन हामी विश्वका सर्वहाराहरू तथा उत्पीडित जनतालाई  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औ वर्षगाँठ भव्यताका साथ मनाउन हार्दिक आह्वान गर्दछौँ । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले रणनीतिक प्रकाशपुञ्जका रूपमा माओ त्से-तुङ विचारधारालाई तीव्रताका साथ विश्वव्यापी बनायो र माओलाई विश्व क्रान्तिका नेताका रूपमा परिचित गरायो, यसले नै मार्क्सवाद– लेनिनवाद– माओवादको नयाँ चरण आरम्भ गरायो ।

“सबै साम्राज्यवादीहरू कागजी बाघ हुन्” भनेर माओले पाँच दशकअघि नै प्रस्ट पार्नुभएको थियो, साम्राज्यवाद झन्झन् अन्त्यहीन सङ्कटको अवस्थामा छ, क्रान्तिका लागि तुफानी दिनहरू आइरहेका छन् र वस्तुगत स्थिति झनझन् सकारात्मक बन्दै गइरहेको छ ।

साम्राज्यवादको अहिलेको चरणमा पुँजीको अति निजीकरण र केन्द्रीकरण हिजोभन्दा झन् उच्च तहमा पुगेको छ । आज विश्वको सम्पूर्ण जनसङ्ख्यामा  ९९ प्रतिशत जनताको जति सम्पति छ त्यो भन्दा बढी  सम्पति १ प्रतिसशतको हातमा थुप्रिएको छ । यताका पाँच वर्षमा सम्पतिको केन्द्रीकरण यति सारो भएको छ कि  विश्वका ६२ जना धनीहरूको सम्पति  ४५ प्रतिशतले बढेको छ जब कि “आधी निमुखाहरूको सम्पति” ३८ प्रतिशतले घटेको छ  । बहुसङ्ख्यक “आधी निमुखाहरू” उत्पीडित देशहरूमा रहेका छन्, भारतमा मात्र यो सङ्ख्या ३३ प्रतिशत छ । यी ठूला बुर्जुवाहरूले अति महाशक्तिको वरिपरि आफूलाई निरन्तर केन्द्रीकृत गरिरहेका छन् ।   विश्वका ठूला धनीहरू एक नम्बरको आमक्रमणकारी अमेरिकाको वरिपरि केन्द्रित छन् । पाँच वर्षअघि विश्वको कूल सम्पतिको ४१ प्रतिशत हातमा लिनेहरू अमेरिकामा थिए भने अहिले यो सङ्ख्या ४६ प्रतिशत पुगेको छ । पुँजीको बढ्दो केन्द्रीकरणले गर्दा पहिलोचोटि सन् १९९९ देखि यता अमेरिकाले  विश्व पुँजीवादी एकाधिकार बजारको परिचालनमा ५० प्रतिशत भाग ओगटेको छ ।

अर्कोतिर विश्वका ८०० लाख सर्वहाराहरू तथा आम जनता अति गरिबीको स्थितिमा बाँच्न बाध्य छन् । गरिबीको यो स्थिति सबैभन्दा बढी अर्ध सामन्ती मुलुकमा रहेको छ । विश्वका अति गरिबीमा रहेका ७५ प्रतिशत जनतामध्ये पनि गरिब किसानहरूको सङ्ख्या बढी छ । ७५० लाख जनता सफा पानी पिउनबाट वञ्चित छन् र २५ प्रतिशत जनता विजुलीको पहुँचबाट वञ्चित छन् । लाखौँ जनता साम्राज्यवादी क्रूर युद्धको मारमा परेका छन्, जबर्जस्ती विस्थापित भएका छन्, गरिबी, कुपोषण, भोकमरी र बेरोजगारीको मारमा परेका छन्–ग्रीसजस्तो मुलुकमा समेत युवा बेरोजगारको सङ्ख्या ५० प्रतिशत रहेको छ ।

साम्राज्यावाद, खासगरेर याङ्की साम्राज्यवादले मध्यपूर्व र अरब देशका उत्पीडित जनतामाथि लुटखसोटको साम्राज्यवादी युद्ध थोपरेको छ  । अफगानिस्तान, इराक, लिबिया, सिरिया, इरान वर्तमान साम्राज्यवादी लुटखसोट र आक्रमणका लागि कलहका विषय  बनाइएका छन्  । अमेरिका विश्व अति महाशक्ति हुनुको बलमा र  रूस आणविक शक्तिसम्पन्न मुलुक हुनुको नाममा यस क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न प्रतिस्पद्र्धा गरिरहेका छन् । साथसाथै साम्राज्यवादी चीन पनि आफ्नो दरिलो उपस्थिति यस क्षेत्रमा देखाउन प्रयासरत रहेकाले विश्वको एक मात्र प्रभृत्वशाली शक्ति अमेरिकासितको अन्तर्विरोधमा उनीहरूको लगातार वृद्धि भइरहेको छ । युरोपका साम्राज्यवादी मुलुकहरूकहरूबीच प्रभृत्वका लागि चलेको (खासगरेर जर्मनी र फ्रान्सबीच) सङ्घर्ष जारी छ र यसले अरू साम्राज्यवादी मुलुकहरूको टाउको दुखाएको छ ।

अमेरिकी साम्राज्यवादको नेतृत्वमा रहेका साम्राज्यवादी गठबन्धनको रूससितको मतभेदले  सिरिया र सिङ्गो उपमहादेशलाई फुटाउ र शासन गरको स्थितिमा पुर्याएर “आतङ्कवाद  विरूद्ध युद्ध”का नाममा सबै प्रकारका जनहत्या र आमनरसंहार मच्चाइरहेको छ । यसका लागि उनीहरूले पर्दाभित्र रहेर साम्राज्यवाद विरोधी मोर्चामा फूट ल्याएर जनताका विरुद्ध जनताको प्रयोग गरिरहेका छन्  ।

साम्राज्यवादी आक्रमणका पछिल्ला पाँच वर्षभन्दा बढीका दिनमा सिरियामा मात्रै ४७०, ००० नागरिकको मृत्यु भएको छ र करिब २ लाख जनता घाइते भएका छन् । यो सङ्ख्यामा २०१५ मा सिरियाबाट विस्थापित हुनेक्रममा मरेकाहरूको सङ्ख्या जोड्दा यो अझ बढी हुने देखिन्छ ।

हाम्रो युगको अन्तर्विरोधको मूल पक्ष—उत्पीडित राष्ट्रहरू र साम्राज्यवादबीचको अन्तर्विरोधले अन्य अन्तर्विरोधहरूलाई तीव्रता प्रदान गरेको छ—जस्तो अन्तर–साम्राज्यवादी प्रतिद्वन्द्विता र साम्राज्यवादी मुलुकहरूमा सर्वहारा वर्ग र बुर्जुवा वर्गबीचको अन्तर्विरोध ।

सिरिया युद्धमा रूसको सक्रिय प्रवेश भनेको सिरिया र उक्रेनसित गाँसिएको उसको स्वार्थको रक्षासित सम्बद्ध सङ्घर्ष हो । यो यस क्षेत्रमा आफ्नो प्रभुत्व कायम राखन साम्राज्यवादी अन्तर्कलहको  अंश हो, टर्की र साउदी अरेबियाका दलाल सरकारहरूको भूमिकाले त्यस क्षेत्रमा याङ्की साम्रज्यवादलाई प्रोत्साहित गरिरहेको छ र यस क्षेत्रलाई सर्वनाशको स्थितिमा पुर्याइरहेको छ, जसमा इरानलाई एक्ल्याउने तथा आत्मसमर्पण गराउने योजनाबद्धता रहेको छ, पछिल्ला गतिविधिहरूले यसै कुराको द्योतन गर्दछन्  । साम्राज्यवादी अन्तर्कलहले जनतालाई कुनै फाइदा पुग्ने छैन, बरु यसले उपनिवेशवादी र अर्ध उपनिवेशवादी प्रभुत्वलाई नै बलियो बनाउनेछ, जुन कुरा हामी सिरिया, इराक, यमन र लिबियामा देखिरहेका छौँ ।

त्यसैले टर्की सरकारको दमन र मध्यपूर्वका मुलुकहरूका  विरुद्धको कुर्द जनताको सङ्घर्षबाट हामी के कुरा ठोकुवाका साथ भन्न सक्छौँ भने मार्क्सवाद–लेनिनवाद–माओवादद्वारा सुसज्जित कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्धको माध्यमबाट सम्पन्न नयाँ जनवादी क्रान्तिले मात्र जनताको मुक्ति सम्भव छ, यसले मात्र अल्पसङ्ख्यकको रक्षा सुनिश्चित गर्दछ र आत्मनिर्णयको अधिकार प्रदान गर्दछ–आवश्यक परे अलग हुने अधिकार पनि ।

साम्राज्यवादी युद्धका कारण विस्थापित भएर युरोपेली साम्राज्यवादी मुलुकहरूमा शरणार्थीहरूको ओइरो लागेको छ ।  उनीहरू मध्यपूर्व, यसिया, अफ्रिका लगायतका मुलुकहरूबाट निर्वासित हुन बाध्य भएकाहरू हुन्  । उनीहरूलाई खानपिन र बसोबासको समस्या छ र युवाहरू बेरोजगारको स्थितिमा छन् । यतिखेर सर्वहारा वर्ग र बुर्जुवा वर्गबीचको अन्तर्विरोध तीव्र बन्दैगएको छ र  यसले आमजनता र खास देशको साम्राज्यवादी सरकार र  सत्ताका विरुद्धको जनसङ्घर्षको रूप लिएको छ । साथै यसले साम्राज्यवादी युद्धलाई “घरतिर फर्किर्नु” पर्ने स्थिति पैदा गरेको छ । पेरिस र ब्रसेल्समा भएका आक्रमण  साम्राज्यवादी युरोपेली साम्राज्यवादको अगुवाइ गर्दै  सिरिया, लिबिया र माली आदि मुलुकहरूका युद्धमा फ्रान्सको सक्रिय सहभगिताको परिणाम हुन् ।

जब साम्राज्यवादीहरू बाहिरी मुलुकमाथि प्रभुत्व कायम गर्न साम्राज्ययवादी  भूमिका विस्तार गर्छन्, आफ्ना देशका निर्धानिमुखा जनतामाथि पनि  युद्ध थोर्पछन् ।  साम्राज्यवादले युद्धलाई सबै किसिमका समस्या हल गर्ने एक मात्र उपायको रूपमा लिन्छ । “आतङ्वाद विरुद्ध युद्ध” का नाममा तिनीहरू आफ्नो मुलुकमा सङ्कटकाल लगाउँछन्, शरणार्थी र छिमेकीहरू विरुद्ध रङ्गभेद र इस्लाम विरोधी अभियान चलाउँदै  सिङ्गो समाजलाई सैन्य क्याम्पमा फेर्छन् ।

“नयाँ श्रम कानुनको व्यवस्थापन” को नीतिका आडमा तिनीहरूले सर्वहाराहरूले सङ्घर्ष गरेर उहिल्यै प्राप्त गरेको अधिकार खोसेर श्रमवापत पाउनुपर्ने ज्यालामा शोषण गरिरहेका छन् । फलस्वरूप लाखौँ श्रमिकहरू, खासगरेर युवाहरू फ्रान्स र युरोपेली मुलुकहरूहरूमा सङघर्षका लागि सडकमा निस्कन  बाध्य भएका छन् ।

कम्युनिस्टहरूद्वारा नेतृत्व गरिएका सर्वहारा तथा जनताले जनतामाथि घरेलु प्रतिक्रियावादले थोपरेको युद्धको प्रतिरोधका लागि आमजनतालाई सङ्गठित गर्नैपर्छ र आफ्नो हातमा पहल लिएर  साम्राज्यवादी  युद्धलाई सर्वहारावादी युद्धमा फेर्न दृढताका साथ अगुवाइ गर्नुपर्छं ।

यसै गर्नका लागि कम्युनिस्टहरूले साम्राज्यवादी पशुहरूको गढमै सर्वहारा वर्ग र आमजनताका बीचमा गएर, नयाँ माओवादी कम्युनिस्ट पार्टीहरू निर्माण गरिरहेका छन् । उनीहरू साम्राज्यवादी विचारधारामाथि वैचारिक विजय पाउन वैचारिक सङ्घर्ष चलाउँदै आम उत्पीडित श्रमजीवी वर्ग र गरिब आमजनतालाई राजनीतिक रूपमा सचेत बनाउँदै गोलबद्ध गर्ने र सङ्गठित गर्ने कार्यमा जोडतोडले लागेका छन्, जसबाट व्यवहारमै जनयुद्धको आरम्भ र विकास गर्न सकियोस् ।

साम्राज्यवादद्वारा दमन गरिएका मुलुकहरू यतिखेर विश्वक्रान्तिका तुफानीकेन्द्र बनेका छन् । भारत, फिलिपिन्स, टर्की, पेरूमा भइरहेका लडाइँमा आमजनता  तथा किसानहरू, जो नयाँ जनवादी क्रान्तिका  मुख्य  शक्तिका रूपमा रहेका छन्, उनीहरूले साम्रज्यवादद्वारा निर्देशित ती देशका दलाल नोकरसाही सत्ताधारीहरूले जनतालाई जमिनबाट बेदखल गर्न चालेका कदमविरुद्ध, आफ्नो जमिनको  रक्षाका लागि जोडदार सङ्घर्ष चलाइरहेका छन् ।

भारतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) द्वारा विकसित जनयुद्ध दुस्मनको घेराउ र हत्या अभियानलाई परास्त गर्दै र  साम्राज्यवादका हरेक हर्कतलाई नाकाम पार्दै निरन्तर अघि बढिरहेको  छ र  यसले विश्वका उत्पीडित जनतालाई अघि बढ्न महान् उदाहरण प्रस्तुत गरेको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले चलाएको जनयुद्धमा लाखौँ किसानहरू र श्रमिकहरू लामबद्ध भएका छन्— यो विश्वका सर्वहाराहरूका लागि महान् ऊर्जा हो ।

मोदी गुटको नेतृत्वमा रहेको भारतीय पुरानो प्रतिक्रिया सत्ता आदिवासी, किसानमाथि आम नरसंहार मच्चाइरहेको छ र ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रमा समेत क्रान्तिकारीहरू तथा प्रजातान्त्रिक मूल्यप्रति प्रतिबद्ध व्यक्तिहरूलाई समेत धरपकड गरेर क्रान्तिको गतिलाई रोक्ने निरर्थक प्रयास गरिरहेको छ । खासमा भारतीय प्रतिक्रियावादीहरूले सरकारको र भारतीय सत्ताको सही चरित्र नक्कली प्रजातन्त्रको प्रदर्शन गरिरहेका छन् ।

नयाँ जनवादी क्रान्तिसित राष्ट्रिय मुक्तिको सङ्घर्षलाई जोडेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले  चलाएको जनयुद्धले जनतालाई विभाजित गर्ने प्रतिक्रियावादी चाललाई नाकाम पारेको छ । उनीहरूले नवसंशोधनवादमाथि विजय प्राप्त गरिरहेका छन्,  उनीहरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि सबल उदाहरण हुन् ।

क्रान्तिकारी वस्तुस्थितिको असमान विकासको आजको विश्वको अंशका रूपमा ब्राजिल, अर्जेन्टिना, इक्वेडर, भेनेजुवेला आदिका अवसरवादी सरकारहरूको दिवालियापन— चुनावी संशोधनवादका सङ्कटका रूपहरू हुन्, यिनले क्रान्तिकारी सर्वहारावादी आन्दोलनको प्रवल सम्भावनालाई नै द्योतन गर्दछन् ।

खासगरेर ब्राजिलमा नोकरसाही पुँजीवादमा देखापरेको गम्भीर आर्थिक सङ्कटले मुलुकलाई विश्व परिवेशमा ‘ब्रिक्स’ का नाममा “उदाउँदो शक्ति” का रूपमका चिनाउन खोज्ने सरकारी होहल्लालाई धूलोपीठो पारिदिएको छ ।  आर्थिक सङ्कटको केन्द्रमा नयाँ–पुराना राजनीतिक पार्टीहरू, जसले  शासक वर्गका विभिन्न समूहहरूको प्रतिनिधित्व गर्छन्,  पुरानो बुर्जुवा  राज्यसंयन्त्रको  टाउकोमा को बस्ने भनेर आफूआफूमा मारमार गरिरहेका छन् । साशक वर्गीय समूहहरू कम्युनिस्ट विरोधी अभियानमा एकजुट भएर लागे पनि किसान आन्दोलन, सहरमा भएका संयुक्त सङ्घर्ष आदिले प्रतिक्रियावादका विरूद्धको आन्दोलनले सिङ्गो पुरानो सत्तालाई हल्लाइदिएको छ र वर्गसङ्घर्षलाई नयाँ उँचाइ प्रदान गरेका छ ।

यी तथ्यहरूले पेरूको पिसिपिएमओभिएसडिइएफ/पिसिपिएमयलएम (PCPMOVADEF/PCPMLM)   को नवसंशोधनवादको  पनि मुखुण्डो उदाङ्गो हुनुको साथै प्रचण्ड र अभाकियनहरूको पनि , जसले विश्व कम्युनिस्ट आन्दोलनका दुई महान् प्रवाह : उत्पीडित जनताको राष्ट्रिय मुक्ति सङ्घर्ष र सर्वहारा वर्गीय आन्दोलनलाई छ्ट्याउँदै लेनिन र माओको विश्लेषणलाई असान्दर्भिक ठान्दछन्, जसको एकताका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले विशेष जोड दिएका हुन्छन् ।

मालेमावादी आन्दोलनले सबैभन्दा पहिले नगरी नहुने काम भनेको वर्तमानमा देखिएको टुटुफुट र विभाजन विरुद्धको सङ्घर्ष, मालेमावादी पार्टीहरू तथा सङ्गठनहरूको एकताबद्ध  अन्तर्राष्ट्रिय सम्मेलनका लागि सङ्घर्ष, हो । यो कार्य पूरा गर्नुले विश्वका माओवादी  शक्तिहरूको गोलबद्धतालाई लाइन सङ्घर्षका माध्यमबाट नयाँ स्तरमा स्यापित गर्न सहयोग पुर्याउंछ, जसले क्रान्तिकारी सर्वहाराको अगुवाइमा जनयुद्धलाई नयाँ गति दिन्छ र साम्राज्यवाद विरोधी आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्छ ।

चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५०औँ वर्षगाँठ भव्यताका साथ मनाऔ !

माओ त्से–तुङद्वारा विकसित तथा नेतृत्व प्रदान गरिएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति विश्व सर्वहारावादी क्रान्तिको सबैभन्दा अग्रगामी र  उच्च तहको क्रान्ति थियो । यसले  सर्वहारा वर्गको अधिनायकत्वमा वर्गसङ्घर्षलाई कसरी हल गर्ने, समाजवादअन्तर्गत क्रान्तिलाई कसरी निरन्तरता दिने र समाजवादलाई साम्यवादतर्फ अगाडि बढाउने भन्ने प्रश्नलाई हल गरेको छ ।  रूसमा पुँजीवादको पुनस्र्थापनाको १० वर्षपछि आरम्भ भएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले चीनमा पुँजीवादको पुनस्र्थापना हुनबाट रोकेको थियो ।

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति अन्तर्राष्ट्रिय सर्वहारा वर्गलाई माओ त्से- तुङ विचारधार, जुन पछि माओवादका रूपमा स्थापित भएको थियो, द्वारा सुसज्जित पारेर सर्वहारावादी अधिनायकत्वको रक्षाका लागि लाखौँलाख जनतालाई परिचालन गर्दै बुर्जुृवा विचारधारा, राजनीति र संस्कृतिलाई ध्वस्त पार्ने एउटा जोडदार प्रहार थियो ।

अध्यक्ष माओले सत्तामा रहेका पुँजीवादको बाटो समातेकाहरूका विरुद्ध सङ्घर्ष गर्नु चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्राान्तिको तात्कालिक काम हो भन्ने कुरा स्थापित गर्नुभयो, यो भनेको आधारभूत रूपमा विश्वदृष्टिकोणको प्रश्न हल गर्नु हो, त्यो भनेको संशोधनवादको मुल कारण, मूल जडको निवारण गर्नु हो । त्यसैले हामीले चिनियाँ महान् सर्वहारा सांस्कृति क्रान्तिको शिक्षालाई दरोसित आत्मसात गर्नु आवश्यक छ र माओवादलाई वर्गसत्ताको प्राप्तिको मूल आधार बनाउनु जरूरी छ, जसलाई जनसेना तथा आम जनताले दरिलो आडभरोस दिएका हुन्छन् ।

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आरम्भको ५० वर्ष भएको छ र आज  पनि साम्रज्यवादलाई  यस संसारबाट नामोनिसान मेटाउन शक्तिशाली पूर्वी हावा निरन्तर बहिरहेको छ ।  भारत, पेरू, टर्की, फिलिपिन्समा चलेका गौरवशाली जनयुद्ध, ती मुलुकभित्र अग्निज्वाला बनेर फैलिएका छन्, अनेक कठिनाइका बाबजुद पनि यी मुलुकमा चलिरहेका जनयुद्धले साम्राज्यवादी लुटेराहरू सही अर्थका आतङककारीहरू हुन् र आमजनता नै नयाँ विश्व निर्माणका साहसी निर्माता हुन्, साम्राज्यवादीहरू कागजी वाघ हुन् र जनता सबैभन्दा शक्तिशाली छन्  भन्ने कुरा प्रमाणित गरिदिएका छन्,

आज मे दिवसको सन्दर्भमा,  विश्वको आँधीमय र चुनौतीपूर्ण विशिष्ट स्थितिमा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठ मनाउनुको अर्थ वर्तमान चुनौतीपूर्ण हावा तथा ज्वारभाटाका विरुद्ध पानीमा वेग हान्दै वैचारिक तथा राजनीतिक सङ्घर्षको पहलकदमीलाई आफ्नो हातमा लिनु  र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सत्ता प्राप्तिको लडाइँमा माओवादको हतियारलाई व्यहारमा प्रयोग गर्नु हो । विश्वभरि छरिएका कम्युनिस्टहरूले साम्राज्यवाद विरुद्धको लडाइँमा आफ्नो भूमिकालाई सक्रिय बनाउँनै पर्छ, माओवादको दिशाबोध र कमाण्डमा अघि बढेर नै विश्व सर्वहारा वर्गीय मुक्ति आन्दोलनले नयाँ र महान् गति प्राप्त गर्छ र साम्राज्यवादलाई सदाका लागि यस संसारबाट निमिट्यान्न पार्न सकिन्छ  ।

माओवादलाई विश्वक्रान्तिको  पर्थप्रदर्शक सिद्धान्तका रूपमा लिएर पृथ्वीबाट साम्राज्यवादलाई निमिट्यान्न पार्ने जिम्मेवारी पूरा गर्न हाम्रो सामु अधुरो रहेको काम विश्वव्यापीरूपमा  मार्क्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्ट  पार्टीहरूको गठन/पुनर्गठनको कार्यलाई साकार रूप दिऔँ, जसबाट सम्भव भएसम्म बढीभन्दा बढीभन्दा  मुलकहरूमा जनयुद्धलाई व्यावहारिक रूप दिन सकियोस् ।

साम्राज्यवादी युद्ध, मुर्दावाद ! जनयुद्ध जिन्दावाद !

एकताबद्ध अन्तर्राष्ट्रिय माओवादी सम्मेलन र नयाँ माओवादी अन्तर्राष्ट्रिय केन्द्र निर्माणको दिशामा अघि बढौ !

साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादीहरू कागजी वाघ हुन् !

मे दिवस, २०१६

 

०००

हस्ताक्षरकर्ताहरू

१. कलेक्टिभ अफ इरानियन माओइस्ट्स

२.कमिटी ब्युल्डिङ दि माओइस्ट कम्युनिस्ट पार्टी गालिसिया, स्पेनिस स्टेट

३.कमिटिज फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी, अस्ट्रिया

४. कम्युनिस्ट न्युक्लिअस, नेपाल

५. कम्युनिस्ट (माओइस्ट) पार्टी अफ अफ्गानिस्तान

६.कम्युनिस्ट मुभमेन्ट अफ सर्बिया

७. कम्युनिस्ट पार्टी अफ ब्राजिल रेड फ्याक्सन—सिपिबी (आरएफ)

८. कम्युनिस्ट पार्टी अफ इक्वेडर रेड सन—सिपिइ (आरएस)

९. कम्युनिस्ट पार्टी अफ इन्डिया (माओइस्ट)

१०.कम्युनिस्ट पार्टी अफ टर्की÷माक्र्सिस्ट–लेनिनिस्ट—टिकेपी÷एमएल)

११ डेमोक्रेसी एन्ड  क्लास स्ट्रगल, ब्रिटिस स्टेट

१३. माओइस्ट कम्युनिस्ट ग्रुप, युयसए

१४. माओइस्ट कम्युनिस्ट मुभमेन्ट, ट्युनिसिया

१५. माओइस्ट कम्युनिस्ट पार्टी, फ्रान्स

१६. माओइस्ट कम्युनिस्ट पार्टी, इटाली

१७. माओइस्ट कम्युनिस्ट पार्टी, मणिपुर

१८. माओइस्ट रिभोल्युस्नरी लिग, श्री लङ्का

१९.माक्र्सिस्ट–लेनिनिस्ट–माओइस्ट पार्टी कन्सट्रक्सन कमिटी (जर्मनी) यमयलयम–पिएके

२०. नेटवर्क कम्युनिस्ट ब्लग्स्

२१. पेरू पिपुल्स मुभमेन्ट (कमिटी फर रिअर्गनाइजिङ)

२२.रेड फ्र्याक्सन अफ कम्युनिस्ट पार्टी अफ चिली— आरएफसिपिसी—पिपियम (सिआर)

२३. रिभोल्युस्नरी कम्युनिस्ट पार्टी (पिसिआर–आरसिपी, क्यानडा)

२४.सर्भ दि पिपुल—कम्युनिस्ट लिग अफ नर्वे

२५. सर्भरले पिपुले—सेसासु सोरेल—ओसिटानी–फ्रेन्च स्टेट

२६.वर्कस् भ्वाइस, मलेसिया

२७.क्लासेनस्टान्ड पङ्क्ट, क्लास पोजिसन, जर्मनी

२८. माओइस्ट ग्रुप, सौरेस—इरान (एमजियस)

२९. रिभोल्युसनरी पिपुल्स फ्रन्ट अफ बोलिभिया—यमयलयम

३०.माओइस्ट अर्गनाइजेसन फर दि रिकन्स्टिच्युसन अफ दि कम्युनिस्ट पार्टी अफ कोलम्बिया

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.