माओवादीका करोडपतिबारे weeklynepal.com

करोडपति सर्वहाराका घरजग्गा कति ?

काठमाडौ। एमाओवादी नेताहरुबीच अचेल हजार र लाखमा होइन करोड र अर्बका कुरा सामान्य भइसकेका छन्। नेताहरु करोड र अर्बको खेतीमा लागेका बेला सहिद, बेपत्ता र अपांग परिवारहरु एक गाँसका लागि आँसुमा डुबेका छन्। जीवन निर्वाहका लागि रोइकराई गर्नुपर्ने अवस्थामा छन्। अध्यक्ष प्रचण्ड १९ करोडको हाराहारीको महलमा पसेपछि अन्य नेताहरुका पनि करोडका घरजग्गामा नाम आउन थालेका छन। तर वर्गीय उत्थानको लडाई लडेको एमाओवादी पार्टीमा वर्गको होइन, नेताहरुकै वर्ग उत्थान भइरहेको छ। जनयुद्धमा ठूलो बलिदान गरेका भन्ने नेताहरुले सहरमा करोडौंको घरजग्गा जोड्न थालेका छन। युद्धको केन्द्रभूमि रहेको रुकुमका नेताहरु नै यस्तो कार्यमा लागेका छन्। आफूलाई इमान्दार भन्नेहरु नै अहिले करोडौंका घरजग्गा जोडेर ऐसआरामको जीवन विताउन थालेका छन्। रुकुमका एकीकृत माओवादीका पोलिटव्यूरो सदस्य जनार्दन शर्मा प्रभाकरले दाङ, घोराही नगरपालिका १० मा ५ कठ्ठा जग्गामा ४८ कोठासहितको ४ तले विशाल भवन खरिद गरेको एमाओवादी स्रोतले जानकारी दिएको छ। उक्त खरिद प्रकरण एमाओवादीको केन्द्रीय कर्यालय पेरिसडाँडासम्म आइपुगेको छ। एमाओवादी स्रोतका अनुसार करिब १४ करोडमा उक्त भवन खरिद गरी प्रभाकरले श्रीमती लक्ष्मी शर्माको नाममा पास गरेका छन्।
अर्का पोलिटव्यूरो सदस्य तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले दाङकै बिजौरीमा १२ कठ्ठा जग्गा १ करोड रुपैयाँमा खरिद गरेको पनि बताइएको छ। विष्टले श्रीमती गंगा बुढाको नाममा पास गरेको पनि एमाओवादीका नेताले बताएका छन। त्यस्तै अर्को पोलिटव्यूरो सदस्य तथा मगरात राज्य समिति इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले दाङको घोराही न.पा. ११ मा २ कठ्ठा जग्गामा २ तले पक्की घर बनाएका छन् भने दाङकै बिजौरीमा १६ कठ्ठा दामी खेत किनेर श्रीमती सुष्मा वलीको नाममा मालमा पास गरी दिएका छन्। अर्का केन्द्रीय सदस्य तथा मगरात राज्य समितिका सचिव पूर्णबहादुर घर्ती मगरले दाङ जिल्लाकै घोराही न.पा. १ मा ३ कठ्ठा जग्गामा पक्की घर बनाएका छन्। र, पहिले उनीहरुले सवै सम्पत्ति पार्टीलाई बुझाइसकेको घोषणा गरेका थिए, तर अहिले दाङमा करोडौंको घर जग्गा जोडिरहेका छन् भने उता सहिद परिवारको विचल्ली छ। अब सहिदको रगतमा टेकेर बनाइएका ती भ्रष्ट नेताहरुको घरहरु रुकुमबाट दाङ आएर सहिद परिवारले भत्काउनुपर्ने आवाज पनि एमाओवादी चर्चा सुरु भएको छ। सहिद परिवार रुकुमका संयोजकसमेत रहेका केन्द्रीय सल्लाहकार देवीलाल गौतमले पनि सहिदको नाममा गएको रकम सवै सहिदलाई बितरण नगरेर बाँके जिल्लाको कोहलपुरमा ५ कठ्ठा जग्गामा पक्की घर बनाएका छन्। त्यो घर पनि सहिद परिवारले भत्काएर जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गर्ने योजना बनाइरहेका छन्।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.