महरा कामरेडको कृपादृष्टि र गोरखापत्र संस्थान

क्रान्तिकारी पत्रकार सङ्घ, सूचना र सञ्चार क्षेत्रसित सम्बद्ध माओवादी पङ्क्तिभित्रको ठूलो हिस्सा र जनयुद्धसित सम्बद्ध पार्टी पंक्तिको ठूलो समूहको असहमति र विरोध हुँदाहुँदै पनि त्यतिबेलाका सञ्चारमन्त्री कृष्णबहादुर महराले ‘विशेष निर्देशन’ भन्दै माओवादीहरूप्रति नकारात्मक सोचाइ राखने  हरिगोविन्द  लुइंटेललाई गोरखापत्र संस्थानको अध्यक्ष बनाएको भोलिपल्ट नै उनले, श्री कृष्ण श्रेष्ठलाई हटाएर भारतीय राजदूतावाससित ‘विशेष सम्बन्ध’ भएका व्यक्ति भनेर गोरखापत्र संस्थानभित्र र सार्वजनिक रूपमै  नाम कमाएका एकजनालाई गोरखापत्रको ‘विशेष जिम्मा’ दिएपछि अहिले गोरखापत्रको ‘हेडक्वाटर’ लैनचौर कि सिंहदरवार भनेर निकै चर्चा र हाँसो चलेको छ । माओवादी पार्टीको स्ललाहकार र प्रचार– प्रसार विभागका सदस्य समेत रहेका, तर आफूलाई स्वतन्त्र  र नागरिक समाजका सदस्य भन्दै हिंड्न मन गर्ने हरिगोविन्द लुइंटेलले भारतीय राजदूतावाससित विशेष सम्बन्ध रहेको भनिएका ती व्यक्तिलाई माओवादी पार्टीभित्र किरण समूहसित सम्बद्ध सूचना, समाचार नदिनू र सो समूहसित सम्बद्ध लेखक–पत्रकार, नेता–कार्यकर्ताका लेखहरू पनि नछाप्नु भनी निर्देशन दिएको कुरा बाहिर आएको छ । गोरखापत्रको सल्लाहकारका रूपमा पठाइएका चेतन कवँरले पनि हरिगोविन्दले आफ्नो तालले काम गरेको, संस्थानका इमानदार कर्मचारीको  कुरा नसुनेको, सरकार र  माओवादीको भन्दा काङ्ग्रेसलाई फाइदा पुग्ने काम गरेकोले अब आफू पनि  नयॉ किसिमले जाने भनेर साथीहरूबीच आफ्नो कुरा राखेको पनि थाहा हुनआएको छ । ।

यसैबीच गोरखापत्रको टेबल कार्यको विशेष जिम्मा पाएका ती व्यक्तिले पनि भारतीय विस्तारवादका दलालहरू र आफूलाई मधेशका नेता भन्नेहरूको इसारामा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा लेखिएका लेखादिहरूका साथै तराईका मातृभाषाहरूलाई प्रोत्साहित गर्दै हिन्दीलदाइको विरोध गरिएका समाचार र लेख गोरखापत्रमा निषेध गर्न थालेको र तराईमा हिन्दीकरणको योजनाबद्धतालाई सहयोग पुग्ने काममा ध्यान दिएको र कर्मचारीहरूलाई पनि यस्तो निर्देशन दिइएको कुरा पनि गोरखापत्रका समाचार डेस्कका कर्मचारीहरुबाट थाहा हुन आएको छ ।

You can leave a response, or trackback from your own site.

One Response to “महरा कामरेडको कृपादृष्टि र गोरखापत्र संस्थान”

  1. Bishnu Pd Nepal says:

    bigatka dinma varatko birodh garda garda thakekole aba asto bchar ayo holani ta.

    May he think without indian wish couldnaot stay in power.

Leave a Reply

See real websites hosted and built by iPage customers.