महरा कमरेड ! त्यो रकम सहिदकोषमा पुग्यो?

(हेर्दा सरल, तर असाध्यै कुटिल कृष्ण बहादुर महराका बारेमा धेरैलाई भ्रम छ । संचारमन्त्रालयमा काम गर्दा मैले उनलाई नजिकैबाट चिनेको हुँ । चीनतिर पनि ठीक्क  र भारततिर पनि ठीक्क  पार्न सक्ने महरा एक नम्बर  अवसरवादी हुन् । किरण कमरेडसित ठीक्क पारेर प्रचन्डकहाँ सबै कुरा पुर्याउने महराले किरणलाई धेरै दिनसम्म अँध्यारोमा राखे । त्यसो त छिट्टै प्रभावमा आइहाल्ने  किरण कमरेडलाई धेरैले अँध्यारोमा राखेका छन् । अजय सुमार्गीसित बिजिनेस पार्टनर भनेर चर्चामा आएका महरा प्रचण्डका सबैभन्दा नजिकका मान्छे हुन् र प्रचण्डको समग्र आर्थिक पक्षको व्यवस्थापन हेर्ने  मान्छे हुन् । अग्निजी र हरिबोल  प्रचण्डका नजिक हौँ भनेर उफ्रिन्छन्, तर प्रचण्डका सबैभन्दा नजिकका मान्छे महरा हुन् । कठै ! सहिद कोषमा जान्छ भनेर टेलिभिजन हुँदा हामी ऋषिराज बराल प्रदीप देवान र खिला भण्डारीले  पारिश्रमिक रकमबाट  तपाईलाई दिएको १ लख ५० हजारभन्दा बढी  रकम कता गयो होला महरा कमरेड ? कोषमै गयो कि …  बालकोटको ‘गरिमामय’ बंगला हेर्दा त … केको सहिद कोष !!! कर्मचारीबाट सरुवा बढुवामा रुकम लामिछानेजीले कति बुझाए, त्यसको पनि त हिसाबकिताब हुन्छ होला । जे होस्, अहिलेलाई यो समाचार विक्ली नेपाल डट कम बाट )

——————————————————————————————————————————–

महराका नाममा  करिब  ४७ रोड बेरुजु

काठमाडौं, पुस १७ । माओवादीका नेताहरुले सत्तामा पुगेपछि जथाभाबी पेश्की लिएर करोर्डौ रकम फर्स्यौटसमेत नगरेको रहस्य खुल्न थालेको छ। माओबादी नेता कृष्णबहादुर महराले लडाकुहरूको भरणपोषण र तलवभत्तावापत लगेको पेश्कीस्वरूपको रकम फर्छ्योट नगरी अहिलेसम्म त्यतिकै राखेको समाचार सार्बजनिक भएको छ

सार्वजनिक लेखा समितिको गत साता सिंहदरबारमा बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले विस्तृत शान्ति सम्झौता भएलगत्तै नेता महराको नाममा निकासा भएको रु ४६ करोड १० लाख ६७ हजार २०० पेश्कीस्वरूपको रकम फर्छ्योट हुनुपर्नेमा जोड दिनुभएको थियो। उहाँहरूले सेना समायोजन विशेष समिति सचिवालयद्वारा हालै सम्पन्न पुनःवर्गीकरणका क्रममा अनुपस्थित भएका दुई हजार ६३८ लडाकुको वास्तविकता सार्वजनिक गर्नुपर्ने, फर्जी नाममा रकम निकासा भएकोबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र शिविरमा भारतीयहरू पनि रहेको भन्ने बारेमा स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको थियो। समितिका सदस्यहरू दीपकुमार उपाध्याय, डा. प्रकाशचन्द्र लोहनी, कमला पन्त, लालबाबु पण्डित, रामजी शर्मा, केशव नेपाल, सुरेन्द्र पाण्डे, नारायण दाहाललगायतले लडाकुहरूले पाउँदै आएको भरणपोषण वापतको रकम, संख्यालगायतका विवरणलाई पारदर्शीरूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभएको थियो। बैठकमा उपस्थित शान्ति तथा पुनःनिर्माणमन्त्री सत्या पहाडीले विस्तृत शान्ति सम्झौतालगत्तै मुलुकका ७५ जिल्लाबाट सम्बन्धित शिविरमा जाने लडाकुहरूको यातायात, आवास र खाना खर्चवापत नेता महराको नामको पेश्कीरकम खर्च भएकाले त्यसको फर्छ्योट प्रक्रिया लम्बिएको जानकारी दिनुभएको थियो।

पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म शिविरमा रहेका लडाकुमध्ये पुनःवर्गीकरणपछि समायोजनमा नौ हजार ७०५, स्वेच्छिक अवकाशमा सात हजार ३६५ र ६ जनाले मात्र पुनःस्थापना रोजेको थाहा भएको छ। पुनःवर्गीकरण गर्दा ३५ जनाको मृत्यु भएको, दुई जना वेपत्ता, दुई जनाले छाडेको र ३८ जना कारबाहीमा परेकाले अहिले शिविरमा १९ हजार ५२५ जनामात्र रहेको बताइएको छ। समितिका सभापति रामकृष्ण यादवले सेना समायोजन विशेष समिति सचिवालयलाई लडाकुहरूको हालसम्मको अद्यावधिक गरिएको ८०/८० प्रति विवरण उपलब्ध गराउन तथा संयोजकसहितका पदाधिकारीलाई अर्को बैठकमा यथार्थ जानकारीसहित उपस्थित हुन निर्देशन दिनुभएको छ । मन्त्रालयअन्तर्गत रहेको शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयका अनुसार आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०६८/६९ मंसिर मसान्तसम्ममा जम्मा खर्च रु आठ अर्ब ७८ करोड ९९ लाख २६ हजार ५४६ भइसकेको छ। लडाकुको भरणपोषणवापत रु दुई अर्ब ५८ करोड ४७ लाख ५५ हजार ७६६, मासिक भत्तावापत रु ५ अर्ब २४ करोड ९२ लाख ४९ हजार ८७७, अन्य खर्चवापत रु ४५ करोड, ९८ लाख ८६ हजार ७२४, नेता महराको नाममा पेश्कीस्वरूप निकासा भएको रु ४६ करोड १० लाख ६७ हजार २०० लगायतका शीर्षकमा खर्च भएको विवरण सार्वजनिक गरिएको छ। अन्य माओबादी नेताहरुका नाममा के कति पेश्की रहेको छ भन्नेबारे खुलेको छैन।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.