मन्त्री विश्वकर्मा कमरेड ! त्यो गीतको बेइज्जत नगरौँ

पार्टीमा एकएकवटा धारमा बस्ने अथवा एकएकवटा नेताको फेर समातेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने, अझ जात, क्षेत्र, लिङ्ग आदिको कुरा उठाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने घतलाग्दो ‘अभियान’ यताका दिनमा माओवादी पार्टीमा निकै मात्रामा देखिन  थालेको छ ।  क्रान्तिकारी धारको भनेर भनिने गरिएका कमरेडहरूमा समेत यस्तो प्रवृत्ति नराम्रो गरी देखापर्न थालेको छ ।

मन्त्री हुनुअघि उत्पीडित जातजाति, कर्णाली क्षेत्र र क्रान्तिकारी धारका नेताको विशेषणासहित पर्यटन मन्त्री भएका खड्गबहादुर विश्वकर्माले चार महिनासम्ममा पनि क्रान्तिकारी मन्त्री त के मन्त्री हुनुको आभाससम्म दिन नसकेको , कर्णालीका जुम्ला–हुम्ला, मुगु त के कालिकोटकै पनि मन्त्री हुन नसकेका,  विचारसमूहसित सम्बद्ध स्थायी समितिका नेताहरूलाई समेत गन्न छाडेका र द्रव्यमुखी र सुविधामुखी संसारतिर प्रवृत्त हुन थालेका भनेर चौतर्फी टीकाटिप्पणी भइरहेको अवस्थामा भर्खरे उनले एउटा उट्पट्याङ ‘उदघोष’ गरेका छन् । ‘मोहन वैद्यलाई प्रधानमन्त्री बनाए सबै कुरा ठीक हुन्छ’ भनेर उनले जसरी ‘उदघोष’ गरे, यसले वैद्य कमरेडको त हुनुसम्म न्यूनीकरण र बेइज्जत भयो नै, यो भनाइ हाँसो र व्यङ्ग्यको विषय पनि बन्यो । जुन उद्देश्यका लागि र  जुन मोर्चाको अग्र पंतिमा उभियर वैद्य निरन्तर लडिरहनु भएको छ, र नेत्रित्व गरिरहनु भएको छ, यसको पनि खिल्ली उडेको छ । खड्गबहादुर विश्वकर्माको चेतनाको स्तरीकरण र स्वार्थको प्रकटीकरण बुझ्नका  लागि भने यसले सहयोग पुर्याएको छ ।

मन्त्री खड्गबहादुर विश्वकर्माज्यू, तपाईलाई शुभकामना ! तपाईंको मंत्रित्त्वको कार्यकाल  अनन्तसम्म रहिरहोस्, तर एउटा कुरा हामी प्रस्ट पार्न चाहन्छौँ–तपाईंका नाममा हामी सबै डुब्ने मानसिकतामा भने छैनौं । पर्यटन वर्ष बडो ‘भव्यताका’ साथ चलिरहेकोमा तपाईंलाई हार्दिक धन्यवाद र बधाइ .

‘हामी पनि लड्छौं दाजु उठ्दै छ कर्णाली प्रदेश’ –हेर हेर जनयुद्धकालको लोकप्रिय गीतको बेइज्जत !

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.