भ्रममा नपर्न कमरेड ‘विरही’ को अपिल

anil_birahi11(कथित संविधान सभाको निर्वाचनका विरुद्ध सक्रिय र सशक्त रूपमा बहिष्कार अभियान चलाइरहेको नेकपामाओवादीका विरुद्ध प्रतिक्रियावादी सरकारले देशीविदेशी शक्तिहरूको इसारामा राज्यआतङ्कका सबै हतियारहरू प्रयोग गरेर  दमन र आतङ्क फैलाइरहेको छ । अहिले आएर पार्टीको  निर्णयका विरुद्ध समेत भ्रम र अन्यौल सिर्जना गर्ने काम भएको छ । यसै क्रममा नेकपामाओवादी, ताम्सालिङ राज्यसमितिका नाममा कार्यालयका तर्फबाट भन्दै हालै एउटा वक्तव्य प्रकाशित गरी अमुकअमुक पार्टी र उम्मेदवारलाई जिताउन आह्वान गरिएको छ । सो वक्तव्य पार्टी नीति र निर्णयविपरीत र भ्रमात्मक र षड्यन्त्रपूर्ण भएकाले सोको भ्रममा नपरी वहिष्कारको कार्यक्रमलाई सशक्तताका साथ अघि बढाउन नेकपामाओवादीका वरिष्ठ केन्द्रीय सदस्य तथा ताम्सालिङ राज्यसमितिका सचिवालय सदस्य कमरेड अनिल शर्मा विरहीले अपिल प्रकाशित  गर्नु भएको छ । सो अपिलको पूर्ण पाठ यसप्रकार छ) :

——————————————————————————————————-

                      भ्रममा नपरी वहिष्कार अभियानलाई सशक्त बनाऔँ

हाम्रो पार्टीको पोखरा बैठकले कथित संविधान सभाको निर्वाचनलाई सशक्त किसिमले वहिष्कार गर्ने निर्णय गरेको थियो । त्यो निर्णय आफैँमा दूरगामी महत्व बोकेको क्रान्तिकारी निर्णय थियो । त्यस निर्णयलाई हम्रो पार्टीसहित ३३ दलीय मोर्चाले सशक्त ढङ्गले अगाडि बढाइरहेको छ । घरेलु प्रतिक्रियावाद, सबैखाले अवसरवाद, भारतीय विसतारवाद र साम्राज्यवाद पागल बनेर हाम्रो पार्टी र क्रान्तिकारी जनसमुदायविरुद्ध दमन र षड्यन्त्र गरिरहेको छ । यस क्रममा नेपाल कम्युनिस्ट पार्टीमाओवादी, तामसालिङ राज्य समितिको कार्यालयका नाममा अमुकअमुक व्यक्ति र दललाई भोट हाल्ने भनी गरिएको प्रचार भ्रमात्मक र षड्यन्त्रपूर्ण रहेको छ । त्यसकारण यो भ्रममक नपर्न अर्थात् वहिष्कारको पार्टीनीति  दृढताका साथ लागु गर्न÷गराउन अनुरोध गर्दछु ।

अनिल शर्मा विरही

केन्द्रीय सदस्य नेकपामाओवादी  तथा

सचिवालय सदस्य ताम्सालिङ राज्य समिति

मङ्सिर ३, २०७०

 

You can leave a response, or trackback from your own site.

2 Responses to “भ्रममा नपर्न कमरेड ‘विरही’ को अपिल”

  1. ajay sapkota says:

    निर्वाचन बहिष्कार आन्दोलन अघी बढाईरहँदा कसरी आफै भित्रका मान्छेहरु अनेक बहाना बनाएर भागे त्यो पनि विस्तारै आउनेछ । फलानो फलानो कार्यकर्तालाई संगठित गरेर आन्दोलन अघी बढाउ भन्दा कसरी मोबाईलको स्विच अफ गरेर भागे ? सत्ता पक्षियहरु संग लुकेर निर्वाचन बहिस्कार गर्ने नाममा कसरी मान्छेहरु घरमा लुकेर सुतेर बसे त्यो पनि कसैले लेख्ने नै छ ।युवाहरुको सहास र योजनालाई कार्यन्वयन गर्न नदिएर कसरी ठाउँ ठाउँबाट नेता भन्नेहरु भागे त्यो पनि विस्तारै आउला ।नेताहरु डराएर भागेका बेला कसरी युवाहरुले दुस्मनको आर्कमा नै बसेर जोखिम मोले त्यो पनि समयले समिक्षा गर्ने नै छ । पार्टिको योजना आउनासाथ भोक लाग्ने र आर्थीक समस्याको समाधानको कुरा उठाउने र आन्दोलनबाट भाग्नेहरुको बारेमा पनि धेरैले बोल्नेछन ।पार्टिले एउटा जोखिम पुर्ण साहासिक काम लगाउने वित्तिकै बाटोमा हिडेँका बटुवाहरुलाई पनि सिआईडी देख्ने आत्मासुरक्षाबादको विरुद्द पनि लेखिनेनै छ ।पार्टिको निर्णय बिरुद्द फलानो फलानो लाई भोट हाल भनेर वितण्डा मच्चाउने दक्षिणपान्थिहरुको विरुद्द त राम्रै बहस हुनेछ ।जे होस ! आफ्नो आर्कमा ,आफ्नै योजनामा बसेर सहासिक तरिकाले बहिस्कार आन्दोलन लड्ने देशैभरिका बहादुर कमरेडहरुलाई म न्यानो क्रान्तिकारी लालसलाम टक्राउछु।

  2. kumar sharma says:

    Ajayaji ma tapaainko bicharprati purna sahamat chhu. Samayale sabai kura bahira lyaunechha. Dushmanko yatro aatankakabich bahadurika saath bhidne yuwa Comredharoo prati mero pani abhiwadan chha.

Leave a Reply

See real websites hosted and built by iPage customers.