भारतीय माओवादी आन्दोलनप्रति ऐक्यबद्धता

INdia maoistक्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपालको अपिल

“नक्सलवादीहरूबाट भारतीय सुरक्षालाई सबैभन्दा बढी खतरा छ ” भन्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा चलेको जनयुद्ध दबाउन भारतीय प्रतिक्रियावादी सत्ताले आफ्नो समग्र शक्तिको प्रयोग गर्दैआएको छ । खासगरेर भारतीय जनता पार्टी सत्तामा आएपछि यसलाई अझ तीव्र बनाइएको छ । भारतीय प्रतिक्रियावादले माओवादी आन्दोलनलाई दबाउन सैन्य शक्ति, प्रचारआतङ्क लगायत नक्कली माओवादी तयार पारेर माओवादीमा विभाजन, माओवादीबीचमै नै मारामार भनेर होहल्लासमेत गररिहेको छ । स्थल, बायु सेना र ड्रनहरूको प्रयोगले समेत नपुगेर भारतीय प्रतिक्रियावादले हरेक दिन माओवादीले आतमसमर्पण गरेको भ्रम फिँजाउनुका साथै कथित मुठभेडका नाममा निर्दोष जनता मारेर प्रचार आतङ्क पनि मच्चाइरहेको छ ।


भारतीय प्रतिक्रियावादको यस किसिमको सैन्य आतङ्क र प्रचारआतङ्कका बीच पनि भारतीय माओवादी आफ्ना कमीकमजोरी सच्याउँदै र विगतका अनुभवबाट शिक्षा लिँदै राजनीतिक र सैन्य दुवै क्षेत्रमा गति र गुणाका साथ अघि बढिरहेको छ भन्ने कुरा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) स्थापनाको दस वर्षका सन्दर्भमा उसले प्रस्तुत गरेको दस्ताबेज र उसका गतिविधिबाट प्रस्ट हुन्छ । एक काल खण्डमा सञ्चारमाध्यममा अलिकति पनि स्थान नपाउने माओवादी गतिविधिहरू अहिले प्रमुख समाचार बन्नेगरेका छन् । गाउँका गवाँर र आदिवासी क्षेत्रमा मात्रै सीमित भनेर न्यूनीकरण गर्नेगरिएको भारतीय माओवादी आन्दोलन अहिले सहरी क्षेत्रमा समेत व्यापक बनेको छ र यसले बौद्धिक समुदायको ठूलो हिस्सालाई आफ्नो प्रभावमा लिएको छ । “बन्दुक भिरेका माओवादीहरूभन्दा सहरका आइडलग बुद्धिजीवीहरू बडी खतरनाक छन्” भन्ने भारतीय सरकारको भनाइले थुप्रै कुराको सङ्केत गर्छ । दिल्लीमा प्राध्यापक साइबाबा, सांस्कृतिक कर्मी तथा दिल्ली विश्वविद्यालयका विद्यार्थी नेता हेम मिश्रका साथै केरलामा हालै भएको मानवअधिकारवादीहरू जेसन कपुर र थुसार निर्मलको गिरफ्तारी यसैको उपज हो । यसले भारतीय प्रतिक्रियावादी वर्ग कति अत्तालिएको छ भन्ने कुरा थाहा हुन्छ । यतिबेर माओवादी आन्दोलन भारतको उत्तरपूर्वका साथै पश्चिम घाट क्षेत्रमा पनि साथै व्यापक विस्तारित भएको छ । प्यालेस्टिनहरूको दमनका लागि इजराइलले अँगालेको उपायहरूका साथै दमनका सबै उपायहरू अँगाल्दा पनि झन्झन् फैलिँदै गएको माओवादी आन्दोलन दबाउन, “नक्सलवादी विरुद्ध नयाँ रणनीति चालेको” भनेर भारतको प्रतिक्रियावादी सत्ताले दमनको नयाँ घोषणा पनि गरिसकको छ ।
यसै दमनका बीच भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव कमरेड गणपतिले देशीविदेशी प्रतिक्रियावादीहरू भारतीय जनताको मुक्ति आन्दोलन दबाउन जतिसुकै लागिपरे पनि माओवादी जनयुद्ध थप उचाइका साथ अघि बढ्ने दृढता व्यक्त गरेका छन् । उनले “साम्राज्यवादपरस्त भारतीय जनता पार्टी सरकारमा आएपछि यसले मुलुकलाई देशीविदेशी ठूला पुँजीपतिहरू तथा जमिदारहरूलाई मुलुक बेच्ने नीति अघि सार्नुका साथै यसले विभिन्न किसिमले हिन्दू फासिवादलाई पनि अगाडि बढाइरहेको छ । त्यसैले प्रगथिशील, देशभक्त र जनवादी र धर्मनिरपेक्ष शक्तिहरू एक हुनु आवश्यक छ । उत्पीडनमा परेका विभिन्न वर्ग र समुदायलाई एकताबद्ध पार्दै वर्गसङ्घर्षको नयाँ आयामका साथ जनयुद्धलाई अघि बढाउनेछ” भन्ने कुरा पनि घोषणा गरेका छन् ।
कमरेड गणपतिका भनाइमा “विश्वको स्थिति क्रान्तिका लागि अनुकूल बन्दैगएको छ । साम्राज्यवादी अर्थतन्त्र अझै गम्भीर सङ्कटबाट गुज्रिरहेको छ र विश्वको आधारभूत अन्तर्विरोत्र अझ तीव्र बन्दैछ । विश्वभरिका क्रान्तिकारी , जनवादी र राष्ट्रिय मुक्ति आन्दोलनसित सम्बद्ध शक्तिहरूले साम्रज्यवाद र यसका घरेलु दलाल विरुद्ध नयाँ ऊर्जा प्राप्त गरिरहेका छन् ।”
कमरेडड गणपतिका अनुसार “ माओवादीहरूका लागि चिनियाँ मोडल असाध्यै महत्वपूर्ण छ, किनभने चिनियाँ र भारतसित धेरै मिल्दाजुल्दा कुराहरू छन् । चिनियाँ पार्टीले एउटा अर्धसामन्ती, अर्धऔपनिवेशिक र पछि परेको मुलुक जहाँ किसानहरूको बाहुल्य छ, जनसेना निर्माण गर्दै दीर्घकालीन जनयुद्ध अगाडि बढायो र संयुक्तमोर्चा निर्माण गर्दै मुक्त क्षेत्रहरू बनायो भन्ने कुरालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । हामीले पनि रुसी र चिनियाँ दुवै ‘ चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ बाट शिक्षा लिएर हामी पार्टीलाई बोल्सेवीकरण गर्दै अघि बढ्नेछौँ । ”
कमरेड गणपतिका भनाइमा भारतीय माओवादी पार्टी प्रगतिशील, देशभक्त, जनवादी र धर्मनिरपेक्ष शक्तिसित हातेमालो गर्दै र आफ्नो मुलुकको विशिष्टतामा मालेमाका मूल्यलाई आत्मसात गर्दै दीर्घकालीन जनयुद्धको बाटोमा दृढताका साथ अघि बढेको कुरा प्रस्ट हुन्छ । यस परिस्थितिमा हिजो रिमसित गाँसिएका र पछिका दिनमा माओवादी पार्टी र सङ्गठन निर्माण गरेर माओवादी आन्दोलनमा सक्रिय भएका विश्वका माओवादीहरू भारतमा चलिरहेको आन्दोलनलाई सहयोग पु¥याउन अन्तराष्ट्रिय सतरमा कमिटी नै गठन गरेर जसरी दृढताका साथ उभिएका छन्, यो निकै सह्राहनीय पक्ष हो । भारतीय जनताको मुक्ति आन्दोलनको पक्षमा उभिनु विश्वभरिका उत्पीडित जनताको पक्षमा उभिनु हो। यो अन्तराष्ट्रियतावादी सर्वहारावादी मान्यता पनि हो । यस सन्दर्भमा हामी भारतीय फासिवादका विरुद्ध उभिन र त्यहाँ चलिरहेको माओवादी आन्दोलनप्रति ऐक्यबद्धता जनाउन नेपालका उत्पीडित जनसमुदाय तथा क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछौँ ।
चैत १०, २०७१
(डा. ऋषिराज बराल)
रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपालको अपिल

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.