भारतीय आक्रमणको निन्दा गरौँ

बर्दियामा भएको भारतीय आक्रमणको निन्दा गरौँ

यही असोज २ गते बर्दियाजिल्लाको सदरमुकाम गुलरियामा  भारतीय प्रहरी हतियारसहित प्रवेश गरी मन्जुर प्रसादश्रेष्ठको घरका मान्छेलाई आतंकित पार्दै अपराधीका झैँ घर खानतलासी गरेको छ ।  नेपालको  कुनै पनि  सुरक्षा प्रतिनिधीलाई जानकारी  नगराई  आफ्नै मुलुकको कुनै भागझैँ गरी भारत उत्तर प्रदेश राज्यको  लखिमपुर  डिएसपीको कमाण्डमा आएको टोलीले  श्रेष्ठको  घरमा  जर्वजस्ती  प्रवेश गरी   घरका मान्छेलाई धम्क्यायर १  घण्टा  खानतलासी   गरेका थिए ।   भारतीय विस्तारवादको नेपालको आस्मितामाथि  नांगो आक्रमण हो, यसको जति निन्दा र भ्रत्सना गरे पनि कम हुन्छ ।

नेक्स्ट फ्रन्ट भारतीय प्रहरीद्वारा गरिएको यस किसिमको आक्रमणको निन्दा तथा भ्रत्सना गर्दै यसका विरुध्द चौतर्फी आवाज उठाउन आव्हान गर्दछ ।साथै भारतीयहरूद्वारा गरिएको यस किसिमको व्यवहारप्रति केही नबोल्ने कठपुतली रेग्मी सरकारको पनि निन्दा गर्दै  रास्ट्रियताका पक्ष्यमा आवाज उठाउन पनि अनुरोध गर्दछ ।

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.