भारतमै पञ्चेश्वर परियोजनाको विरोध

pan photo( नेपालका नदीनालाहरू र जलस्रोत–पानी र बिजुलीलाई कब्जामा लिन भारतले कहिले के र कहिले के नाम र योजनाका जाल र सञ्जालहरू नेपालमा फ्याल्ने गरेको छ । भारतको यस किसिमको जाल र चाललाई बुझेका प्रगतिशील र देशभक्त व्यक्ति र शक्तिहरूले यसको घोर विरोध गर्दै, नेपालको जलसम्पदा नेपालको हितमा हुने गरी मात्र कुनै पनि नीति, योजना र परियोजना बनाउन विगतका दिनहरूदेखि नै दबाब दिइराखेका छन् । अहिले पनि खासगरेर मोदीको नेपाल भ्रमणका सन्दर्भमा माथिल्लो कर्णाली, अरूण लगायत पञ्चेवश्वरका सम्बन्धमा गुपचूप किसिमले यस्तै राष्ट्रघाती कुकृत्यहरू हुनथालेका आधारहरू सतहमा आउन थालेका छन् । यसै क्रममा भारतकै पर्यावरणविदहरू, भूगर्वशास्त्रीहरू तथा टिहरी बाँधका कारण भारतका उत्तराखण्डका जनताले भोग्नुपरेको आपतविपतका भुक्तभोगीहरूको संस्था ‘मटू जनसङ्गठन’ ले पञ्चेश्वर परियोजनाले पार्ने नकारात्मक असरका सम्बन्धमा नेपाली जनतालाई सचेत पार्दै एउटा वक्तव्य प्रकाशित गरेको छ । पञ्चेश्वर मात्र होइन, अन्य परियोजनाका सन्दर्भमा पनि यो वक्तव्य सान्दर्भिक हुने ठानी अङ्ग्रेजीबाट यसको अनुवाद प्रस्तुत गरेका छौँ ।)
……………………………………………………………………………………………………….
पञ्चेश्वर बाँध परियोजना : हिमालयमा खतरा
नेपालले पञ्चेश्वर आयोजनाको आरम्भ गर्न रु. १५.९५ करोड छुट्याएको छ । अर्को वर्ष योसित सम्बद्ध सबै समस्याहरू निराकरण गरिने नेपाल सरकारको भनाइ छ । नेपालको कञ्चनपुरस्थित कार्यालयमा ६ जना नेपाली र ६ जना भारतीय पदाधिकारीहरू हुनेछन् ।
क्षतिग्रस्त र नाजुक हालतमा रहेको हिमालयमा यो एउटा नयाँ खतराको आरम्भ हो ।
हाम्रा प्रधानमन्त्रीको नेपाल भ्रमणपछि नेपाल सरकाले यस्तो हिम्मत गरेको हो । आफ्नो पहिलो नेपाल यात्रामा हाम्रा प्रधानमन्त्रीले नेपाललाई पञ्चेश्वर परियोजनाको उपहार दिएका छन् । स्मरण गर्नुपर्ने कुरा के छ भने माओवादी सरकार बनेपछि भारत भ्रमणमा आएका प्रचण्ड दाहालले टिहरी बाँधको निरीक्षण गरेपछि खुसी भएर नेपालमा पनि यस्तै परियोजना निर्माण गर्ने कुराको वकालत गरेका थिए । उनले बाँध मात्र देखे, त्यहाँ डुबानमा परेका सहर, गाउँवस्तीका आम जनातलाई भेटेनन् न त उनीहरूका समस्यासित नै परिचित हुनसके । यसपल्ट हिमालयको सुन्दर देश नेपालमा जब हाम्रा नवनिर्वाचित प्रधानमन्त्री पुगे, उनले ठूलो बाँध बनाएर बिज्ली बेच्ने सल्लाहका साथ पञ्चेश्वर परियोजना आरम्भ गर्ने घोषणा गरेर आए ।
कुनै ठूला देशका राष्ट्राध्यक्षहरू सानो देशमा जानु र ठूला परियोजनाहरू उपहारमा दिनु आवश्यक मान्न थालिएको छ । सन् १९८६मा रूसी राष्ट्रपति गोर्बाचोव भारतमा आएका बेला उनले टिहरी बाँधका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने प्रस्ताव गरेका थिए । उत्तराखण्डका निवासीहरू, विस्थापितहरूको पुनर्वास अहिलेसम्म सम्भव हुनसकेको छैन । पर्यावरणको अपुरणीय क्षति त हामीले २०१३ को महाविपदमा देखि नै सकेका छौँ । टिहरी बाँधकै सन्दर्भमा यो पञ्चेश्वरलाई लिँदा २८० मिटर अग्लो यो परियोजनाले मध्य हिमालयको ठूलो भूभाग डुबाउनेछ । यो सोचनीय कुरा हो । टिहरी बाँधको जस्तै यहाँ पनि विस्थापनको अनुत्तरित समस्या, कहिल्यै समाप्त नहुने पर्यावरणीय विनास, जहाँ लाखौँ रुखहरू काटिने छन् र भूमिको ठूलो हिस्सा डुबानमा पर्नेछ । यसका बारेमा प्रकृतिलाई बुझ्ने, वैज्ञानिक र पर्यावरणविदहरू र आन्दोलनकारीहरूले प्रश्न उठाइरहेका छन् ।
यहाँ विस्थापन र पर्यावरण विनासले उत्पन्न सम्स्याहरूको लामो सूची प्रस्तुत गरिरहनु आवश्यक छैन । थाहा छैन यसमा कति टन विष्फोटक पदार्थको प्रयोग हुनेछ, र हिमालयको एउटा हिस्सा थप कमजोर हुनेछ । एक वर्षअघि उत्तराखण्डमा जेजस्तो विनास भयो, त्यसको कारकतत्व बाँध नै हो भन्ने कुरा हाम्रो दिमागमा घुस्न सकेको छैन । जहाँ आज पनि अलकनन्दामा बनेको विष्णुप्रयाग बाँधको सुरक्षापर्खाल बगिरहेको छ । यहाँ गुणस्तरीयताको कुरा त छँदैछ, जसरी पनि बिजुली उत्पादन गर्ने भन्ने जिद्दीपनले पनि काम गरेको छ ।
हामी सबैलाई थाहा छ, हिमालय नयाँ पर्वतशृङ्खला हो र यसको पहाडी भूभाग कमजोर किसिमको छ । पञ्चेश्वर बाँध परियोजना पनि भूकम्पीय क्षेत्रअन्तर्गत पर्छ र खतराले भरिएको छ । ठूलाठूला बाँधसित सम्बद्ध पर्यावरणीय प्रभावको आकलन प्रतिवेदन पनि टाकटुक पारेर बनाइएको हुनछ । नियम कानुनलाई बेवास्ता गर्दै जसरी पनि बाँध बनाउने सोचाइका साथ प्रतिवेदनहरू तयार पारिन्छन् । परियोजनावालाहरू, ती जुनसुकै कम्पनि तथा निगमहरू किन नहोउन्, सत्य कुरालाई लुकाउँछन् र परियोजनाहरू विकासका लागि, नयाँ सहरहरूको बिजुली आपूर्तिका लागि भन्दै जबर्जस्ती लाद्ने काम गर्छन् ।
पञ्चेश्वर बाँध परियोजना जुन २८० मिटर छ । यसले भोलिका दिनमा के-कस्ता समस्याहरू उत्पन्न गर्नेछ भन्ने कुरा टिहरी बाँधले उत्पन्न गरेका समस्याका परिणामहरूबाट आंकलन गर्न सकिन्छ । सन् २००६ मा उद्घाटन गरिएको टिहरी बाँध आजसम्म पनि पूरा हुनसकेको छैन । टिहरी बाँधको जलासय वरिपरिको भूभाग र गाउँहरू धमाधम भाँसिँदै गएका छन्, जसको भूपरीक्षण ठीक ढङ्गले गरिएको थिएन । पञ्चेश्वर बाँधमा यस्ता सबै कुरा इमानदारीका साथ गरियो भने पनि यो बाँध आफैँमा एउटा अकल्पनीय समस्याको जन्मदाता हुनेछ । पञ्चेश्वर परियोजना जुन महाकाली नदीमा प्रस्तावित छ, त्यसको प्रमुख सहायक नदी धौलीगङ्गामा २०१३ मा यनयचपिसिको बाध बाँध्दा पनि आज त्यो बेहाल अवस्थामा छ भन्ने सत्यलाई पनि बेवास्ता गरिएको छ । सरकार र नेता फेरिनेबित्तिकै कुरा पनि फेरिने गर्छ । टिहरी बाँधको अवस्थालाई ध्यानमा राखेर आइन्दा यस्ता बाँध नबनाउने भन्ने निर्णय गरिएको थियो । पञ्चेश्वर परियोजना, जमुना नदीको किसाउ आदि परियोजना पनि के अब सदाका लागि त्याग्ने कुरा गरेको हो ? भनेर ‘माटु जनसङ्गठन’ ले त्यतिबेर पनि कुरा उठाएको थियो । थाहा भयो, यस्ता शब्दहरूको कुनै ग्यारन्टी हुँदैन ।
प्रकृतिले घरिघरि जनाउ दिन्छ र त्यसपछि भीषण विपत्ति ल्याउँछ भन्ने कुरा हामी किन बिर्सन्छौँ ।
ठूला बाँधहरूमा प्राकृतिक र मनुष्यजनित समस्याहरू समाधान हुन सकेका छैनन् भन्ने कुरा हाम्रो देशको जलसंसाधन मन्त्रालयलाई राम्रोसित थाहा हुँदाहुँदै पनि फेरि नयाँ बाँध कसरी सम्भव हुन्छ ? साथै अर्को कुरा पञ्चेश्वर बाँध यही मध्य हिमालयमा स्थापित छ । त्यसैले यहाँ टिहरी र धौलीगङ्गा जलविद्युत् परियोजनालाई नजिरका रूपमा अगाडि राख्नु आवश्यक छ ।
हिमालयमा जनता विस्थापित हुनु नपर्ने र पर्यावरण पनि ध्वस्त नहुने योजननासहितको योजनाह सही तथा स्थायी मन्त्र सिद्ध हुन्छ भन्ने कुरालाई हामीले बिर्सनुहुन्न ।
विमल भाइ, पूरण सिंह राणा, आलोक पवार
२१ अगस्त २०१४

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.