भाकपा (माओवादी ) ले ल्यायो नयाँ कार्यक्रम

vanguard(Full Text of Com. Ganapathy’s Statement)

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र ऐतिहासिक नक्सलवाडी सशस्त्र आन्दोलनको ५०औँ वार्षिकोत्सवहरू,  पृथ्वी नै हल्लाउने रूसी समाजवादी क्रान्तिको सय वर्ष र महान् गुरु अन्तर्राष्ट्रिय सर्वहारा कार्ल मार्क्सको २००औँ जन्म दिवस क्रान्तिकारी उत्साह र जोसका साथ मनाऔँ ।…………………………………………………………………………………………………………………….

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान

प्रिय कमरेडहरू, भारतीय क्रान्तिका मित्रहरू, मजदुरहरू, किसानहरू, उत्पीडित जनसमुदाय

हामीहरू अबका केही दिनभित्रमै ऐतिहासिक महत्वका विश्व सर्वहाराका वार्षिकोत्सवहरू मनाउन लागिरहेका छौँ । समाजवादी चीनमा आम जनताको अतुलनीय क्रान्तिकारी उभारका साथ चिनियाँ कम्युनिस्ट पार्टी र माओको नेतृत्वमा चलेको  महान् सर्वहारा सांस्कृतिक क्रान्ति (जिपिसिआर), ले यो वर्ष ५० औँ वार्षिकोत्सव पूरा गर्दैछ । यसले बुर्जुवा र प्रतिक्रियावादी विविध सांस्कृतिक रूपहरूका विरुद्ध श्रमजीवी जनताको ठूलो हिस्सालाई आन्दोलित पार्दै सांस्कृतिक उपरिसंरचनाको हरेक पक्षलाई  मुलुकको समाजवादी आर्थिक आधारसित मेल गराउने उद्देश्य राख्यो । यसले पार्टीभित्र अड्डा जमाएर बसेका पुँजीवादी बाटोमा लागेकाहरू विरुद्ध निर्मम वर्गसङ्घर्ष चलायो, संशोधनवाद विरोधी यो सङ्घर्ष  महाविवाद कै निरन्तरता थियो, जुन चिनियाँ क्रान्तिको विकासमा नयाँ चरणका रूपमा रेखाङ्कित छ  ।

यसले समाजवादको निर्माणका साथै सुदृढ गर्दै साम्यवादको बाटोमा अघि बढ्न थुप्रै सांस्कृतिक क्रान्तिहरूको आवश्यकता पर्छ भन्ने माओका शिक्षाहरूलाई जोडदार रूपमा अघि बढायो । अन्तर्राष्ट्रिय  रूपमा यसले  विभिन्न मुलुकहरूको कम्युनिस्ट आन्दोलनमा  विद्यमान संशोधनवादका विरुद्ध निर्णायक सम्बन्ध विच्छेद, मार्क्सवादी–लेनिनवादी पार्टीहरूको निर्माण र ग्रामीण क्रान्तिकारी सशस्त्र सङ्घर्षको नयाँ ऊर्जाका लागि परिस्थिति र आधारभूमि प्रदान गर्यो  । भारतमा महान् नक्सलवाडी किसान क्रान्तिकारी सशस्त्र आन्दोलन–जसको ५० औँ वार्षिकोत्सव पूरा हुनलाग्दै छ— चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट प्रभावित र उत्प्रेरित थियो ।  नक्सलवाडी, महान् नेता तथा शिक्षकहरूमध्येका एक, कमरेड चारु मजुमदारको नेतृत्वमा, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का अग्रज–संस्थापक, कमरेड सिएम र केसी, ( चारू मजुमदार र कन्हाई चटर्जी) जसलाई मुलुकको जनवादी क्रान्तिको आरम्भकर्ताका रूपमा सम्झना गरिन्छ, भएको एउटा युगान्तकारी  घटना थियो ।

रूसी  समाजवादी क्रान्तिको विजयको शत्वार्षिकीको घटना पनि नजिक आउँदैछ । यसले सशस्त्र विद्रोहमार्फत रूसी पुँजीपति र सामन्त वर्गको सत्ता कब्जा गर्यो  र कमरेड लेनिन र स्टालिनको नेतृत्वमा इतिहासमा पहिलोपल्ट मजदुर वर्ग र उत्पीडित जनताको नयाँ सत्ता स्थापना गर्यो  । यसले समाजवाद निर्माणको कामको जिम्मेवारी लियो र समाजवादी व्यवस्ताको जग बसाल्दै साम्यवादी सङ्क्रमणका लागि बाटो तय गर्यो । बोल्सेविक क्रान्ति सर्वहारा वर्गीय मार्क्सवादी सही विचारधारा र सही क्रान्तिकारी सर्वहारा पार्टीबाट नेतृत्व गरिएको थियो । यसले सही रणनीति र कार्यनीति अँगाल्यो र पार्टीभित्र र मुलुकका  दक्षिणपन्थी र ‘वाम’ अवसरवादका विरुद्ध अन्त्यहीन सङ्घर्ष जारी राख्यो । समाजवादी निर्माण अभियानका क्रममा र घरेलु तथा अन्तर्राष्ट्रिय अवसरवाद विरुद्धको सङ्घर्षमा मार्क्सवाद नयाँ र माथिल्लो चरणमा विकसित भयो—लेनिनवाद भनौँ मार्क्सवाद–लेनिनवाद । सर्वहारा विचारधारा,  राजनीति र वैज्ञानिक समाजवादका प्रवर्तक र समग्र रूपमा नयाँ र पूर्णरूपमा वैज्ञानिक सिद्धान्त र विधिका सर्जक महान् क्रान्तिकारी दार्शनिक कार्ल मार्क्सको २०० औँ वार्षिकोत्सव पनि नजिकै आउँदैछ । मार्क्सले मानवजगतका  लागि  नयाँ बाटो देखाउनुभयो, जुनचाहिँ निर्मम वर्गसङ्घर्ष, र बुर्जुवा र निम्न-बुर्जुवा विचारधारा, अर्थशास्त्र, राजनीति र संस्कृतिका साथै मजदुर आन्दोलनभित्रको दक्षिणपन्थी र ‘वामपन्थी’ अवसरवादका विरुद्धको सङ्घर्षबाट विकसित भएको थियो । यसले हजारौँ वर्षदेखि वर्गशोषण र दमनको सिक्रीमा जकडिएको मानवजगतका लागि नयाँ युगको नयाँ बिहानीको शुभारम्भ गर्यो ।

यसले वर्गविहीन समाजका लागि सङ्क्रमण तयार पार्यो —अर्थात् स्वतन्त्रताको संसार–एउटा सच्चा सम्भावना । ज्यालादारी–दासत्व, शोषण, दमन, नियन्त्रण, गरिबी र अपहेलना, असमानता, विध्वंश, सङ्कट र पुँजीवादले आजको विश्वमा लादेको युद्धबाट मुक्त हुने एक मात्र विकल्प भनेको समाजवाद र साम्यवाद नै हो भन्ने अकाट्य सत्यलाई पुनर्पुष्टिका लागि यी वार्षिकीहरू महत्वपूर्ण अवसरहरू हुन् । यी एकपल्ट फेरि पुँजीवाद विरुद्धको लडाइँमा यसको चिहान खन्नेहरू, पुरानो पतनशील सामाजिक सम्बन्धलाई चिहानमा गाड्नेछन् र तिनीहरूको ठाउँमा समाजवादको निर्माणलाई अगाडि बढाउँदै वर्गविहीन समाजको नयाँ सामाजिक सम्बनध स्थापित गर्नेछन्, यसरी उनीहरूले मानवजगतको  पहिलेको इतिहासलाई अन्त्य गर्नेछन्, जसबाट मानवजगतको नयाँ इतिहास आरम्भ गर्न सकियोस् भनी घोषणा गर्ने उत्सवहरू हुन्,  । तिनीहरू जो पुँजीवादलाई स्थायी र साम्यवादलाई मिति नाघेको भनिरहेका छन्, मानवजगतले  धेरजसो आफ्नो  विगत वर्गहीन अवस्थामा बिताएको थियो, अहिलेको समाज त्यही वर्गविहीन समाजबाटै विकसित भएको हो,  एकपल्ट फेरि यो इतिहासमा सबैभन्दा क्रान्तिकारी वर्गको नेतृत्वमा —सबैभन्दा नयाँ, पछिल्लो, र त्यो भन्दा उच्च तहमा सफलताका साथ त्यसै वर्गविहीन दिशातर्फ गतिशील छ भन्ने कुरा बिर्सन मात्र खोज्छन् ।

सोभियत र चिनियाँ समाजवादी समाजमा आएको पश्चगमनलाई लिएर टिप्पणी गर्नेहरू, बुर्जुवाहरूले पनि सामन्त वर्गहरू विरुद्धको  सङ्घर्षमा विजय प्राप्त गरेर सत्ता हातमा लिनुअघि शताब्दीयौँदेखि भएका सङ्घर्षहरूमा थुप्रै हारहरूको सामना गर्नुपरेको थियो भन्ने कुरा सहजै बिर्सन्छन् । पेरिस कम्युनदेखि, सर्वहाराले हरेक हारबाट पाठ सिकेको छ । गल्तीबाट शिक्षा लिँदै र हारबाट पाठ सिक्दै  सर्वहारा  र उसको पार्टी, पहिले एउटा मुलुकमा र त्यसपछि अरू थुप्रै मुलुकहरूमा समाजवाद स्थापना गर्न र अन्त्यमा पुँजीवाद, साम्राज्यवाद र सबै खाले प्रतिक्रियावादलाई परास्त गर्दै विश्वव्यापी स्तरमा समाजवादको  निर्माण गर्न, उत्पीडित सबै सामाजिक वर्गहरू र सामाजिक समुदायको अगुवाका रूपमा बुर्जुवाहरूको विरुद्ध  अन्त्यहीन, दृढ, र धैर्यपूर्वक, आफ्नो सङ्घर्षलाई तीव्र बनाउँने छ ।

तब, सबै आवश्यक सर्तहरू पूरा भएपछि, अन्त्यमा समाज “हरेक ऊ/उनीलाई क्षमता अनुसार, हरेक ऊ/उनीलाई आवश्यकता अनुसार” को झन्डा टाँग्न हामी सक्षम हुनेछौँ । त्यसैले यी वार्षिकोत्सव मनाइरहँदा एकपल्ट फेरि हामी घोषणा गरौँ— मार्क्स वाद/मालेमा ! को कुनै विकल्प छैन । सर्वहारा पार्टी र नेतृत्वको कुनै विकल्प छैन ! क्रान्तिको कुनै विकल्प छैन र समाजवाद र साम्यवादको कुनै विकल्प छैन !

यी वार्षिकोत्सवमध्ये—चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वार्षिकोत्सव, बोल्सेविक क्रान्तिको शतवार्षिकी र कार्ल मार्क्सको २०० औँ जन्मदिवस विश्वका सबै देशका सर्वहाराहरूले भव्यताका साथ मनाउन लागिरहेका छन् । हाम्रो पार्टी, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) अन्तर्राष्ट्रिय सर्वहाराको प्रतिबद्ध अग्रगामी दस्ता हो । यो मार्क्सवाद–लेनिनवाद–माओवाद (मालेमा) को वैज्ञानिक विचारधाराबाट निर्देशित छ र यो विचारधारालाई ठोस क्रान्तिकारी व्यवहारमा लागू गरिरहेको छ । चाहे दक्षिणपन्थी अवसरवादीहरू हुन् चाहे ‘वाम’ फूटपरस्तहरू हुन्, यो दृढताका साथ निरन्तर रूपमा सबै थरी संशोधनवादीहरूका विरुद्ध लडिरहन्छ । यो विश्व समाजवादी आन्दोलनको अभिन्न अंशका रूपमा रहेको भारतीय नयाँ जनवादी क्रान्ति (एनडिआर) लाई सफलतापूर्वक सम्पन्न गर्न चौतर्फी रूपमा अघि बढिरहेको दीर्घकालीन जनयुद्धमा संलग्न छ ।

भाकपा( माओवादी)  यी महत्वपूर्ण  वार्षिकोत्सवहरू मनाइरहेका अन्तर्राष्ट्रिय सर्वहाराहरूसित सहभागी हुन्छ । विश्वका सच्चा माओवादी पार्टी र सङ्गठनहरू र व्यक्तिहरू, जो आफ्नो मुलुकमा नयाँ जनवादी क्रान्ति अगाडि बढाउन मालेमाको विकास, रक्षा र आत्मसातीकरणका साथ लागू गरिरहेका छन्  तिनका साथ यी तीन महान् सर्वहारा क्रान्तिकारी समारोह मनाउनु हाम्रो गहन दायित्व हो । यी समारोहहरू मनाउनु भनेको विगतका विजयी सर्वहारा क्रान्तिको स्पिरिटलाई आत्मसात गर्नु, अन्तर्राष्ट्रिय सर्वहाराका सकारात्मक र नकारात्मक अनुभवबाट शिक्षा लिनु, हाम्रा हारहरूबाट पाठ सिक्नु र यसबाट शक्ति आर्जन गर्दै, हाम्रो देशको नयाँ सामाजिक तथा क्रान्तिकारी स्थितिमा  साम्राज्यवाद र सबै खाले प्रतिक्रियावादका विरुद्ध लडेर मुलकमा नयाँ जनवादी क्रान्तिलाई सफलतातर्फ साहशसपूर्वक अगाडि बढाउनु हो ।

त्यसैले यी ऐतिहासिक अवसरहरू हाम्रो पार्टीले हाम्रो उपस्थिति भएको हरेक ठाउँमा हाम्रो समग्र शक्ति र सामथ्र्यका साथ मनाउनु पर्छ । सबै पार्टी एकाइहरूले यसको तयारीका लागि सबै खाले अधिकतम प्रयास गर्नुपर्छ र आम जनताका पीरमार्काका मुद्दाहरूलाई अधिकतम सम्बोधन गरेर उत्साहपूर्ण सहभागिताका साथ यसलाई मनाउनु पर्छ । हामी मे १६ देखि मे २२ सम्म चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको  वार्षिकोत्सव मनाउन आह्वान गछौँ, नक्सलवाडी आन्दोलनको ५० औँ वर्षगाँठ हामी मे २३ देखि २९, २०१७ र बोल्सेविक क्रान्तिको शत्वार्षिकी ७ देखि १३ नोभोम्बर २०१७, र कार्ल मार्क्सको २०० औँ जन्म दिवस ५ देखि ११, २०१८ सम्म्म मनाउन आह्वान गर्छौ । कुनै कारणवस माथि उल्लेखित अवसरहरू निर्धारित समयमा मनाउन सकिएन भने त्यसै वर्षको अरू कुनै समयमा आयोजना गर्न सकिनेछ – विशेष परिस्थितिका कारण चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठको आह्वान ढिलो हुनगएकोमा केन्द्रीय समिति क्षमाप्रार्थी छ । त्यसैले यसलाई आमजनतालाई चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्व बोध गराउँदै मे २०१६ र मे २०१७ बीचको कुनै पनि समयमा मनाउनु पर्छ ।) यी अवसरहरूलाई अभियानकै रूपमा वार्षिकोत्सव हप्ताका रूपमा मनाउनुपर्छ ।

कमरेडहरू,

विश्व पुँजीवादले विश्वव्यापी रूपमा तीव्र आर्थिक र राजनीतिक सङ्कट उत्पन्न गर्नुका साथै उत्पादक शक्तिहरूको विध्वंश, भीषण शोषण–दमन र नरसंहारकारी युद्ध मच्चाइरहेको छ । थुप्रै देशहरू, राष्ट्रहरू र जनता साम्राज्यवादको बढ्दो आक्रमणमा पिसिन  बाध्य छन्, जसले भीषण पुनर्वासको समस्या र साथै जनतामा प्रतिरोधको  स्थिति पनि उत्पन्न गरेको छ । विकसित हुँदैगएका सामाजिक उथलपुथलहरूले विश्वभरिका प्रतिक्रियावादीहरूका अड्डाहरूमा भुइँचालो गएको छ । त्यसैले, जनताको चुलिँदो सामाजिक अशंतुष्टीलाई अर्कैतिर मोडेर निस्तेज पार्न तिनीहरूले विभिन्न किसिमका दमनकारी र भ्रमपूर्ण रणनीतिहरू लगायत व्यापक रूपमा मालेमा र समाजवादी क्रान्तिहरू, नयाँ जनवादी क्रान्तिहरू र राष्ट्रिय मुक्ति आन्दोलनहरूका साथै जनताका सबै खाले जनवादी सङ्घर्षका विरुद्ध प्रतिक्रान्तिकारी प्रचार अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा दुस्मनलाई चौतर्फी किसिमले, वैचारिक, राजनीतिक र सैन्य र अन्य सबै क्षेत्रबाट घेराबन्दी गरेर मुकाबिला गर्नुपर्ने हाम्रो उद्देश्य हुनुपर्छ ।  आउँदा दिनहरूमा मनाइने यी क्रान्तिकारी वार्षिकोत्सवहरू यही कामका लागि उपयोग गरिनुपर्छ ।

हामीले यी उत्सवहरूलाई, मुलुकका मजदुरहरू, किसानहरू, विद्यार्थीहरू,युवाहरू, बुद्धिजीवीहरू, महिला, दलित आदिवासी लगायतका उत्पीडित समुदायहरू र उत्पीडित राष्ट्रहरू, धार्मिक अल्पसङ्ख्यकहरू  र उत्पीडित जनताका अन्य हिस्सालाई वैचारिक तथा राजनीतिक किसिमले प्रशिक्षित गर्ने अवसरका रूपमा लिनुपर्छ । यस अवसरमा हामीले उनीहरूलाई साशक वर्गको हत्याविरुद्ध जाग्रित हुन, एकताबद्ध हुन र मजबुत किसिमले सङ्गठित भएर र सम्भव भएसम्मका उपायद्वारा प्रतिरोध गर्न आह्वान गर्नुपर्छ । हामीले जनतालाई ठूलो सङ्ख्यामा थप जुझारुपनका साथ नयाँ जनवादी क्रान्ति र जनयुद्धमा सामेल हुन अनुरोध गर्नुपर्छ । नयाँ जनवादी क्रान्ति  नै बहुसङ्ख्यक  मात्रामा रहेका दलित–उत्पीडित जनताको मुक्तिको बाटो हो भन्ने कुरालाई व्यापक मात्रामा प्रचारप्रसार गरिनुपर्छ । वर्तमानमा त यसको झन् आवश्यकता छ, किनभने खुलारूपमा ब्राम्हणवादी हिन्दू फासिवाद साम्राज्यवाद र भारतीय साशक वर्गको सेवा गरिरहेको र साम्यवाद र प्रगतिशील र प्रजातान्त्रिक विचारहरू, आन्दोलनहरू, संस्कृतिहरू, मूल्यहरू, उत्प्रेरणा र व्यवहारहरूमाथि भीषण र व्यापक रूपमा आक्रमण गरिरहेको र यसैको एउटा अंश बनेर संसद्वादी आवरणमा आम जनता विरुद्ध आक्रमण गरिरहेको छ ।

हामीले दुई किसिमले वार्षिकोत्सव मनाउने योजना बनाएका छौँ । पहिलो किसिमको कार्यक्रम हाम्रो पार्टी, जनमुक्ति सेना (पिएलजिए), क्रान्तिकारी जन समितिहरू (आरपिसि) र क्रान्तिकारी जनसङ्गठनहरू (एमओ) द्वारा ग्रामिण क्षेत्रमा मनाइनेछ । अर्को खुला र वैधानिक खालको कार्यक्रम हुने छ, जुन मूल रूपमा सहरमा खुला सङ्गठनहरूद्वारा, कि त स्वतन्त्र रूपमा अथवा अरू क्रान्तिकारी–जनवादी शक्तिहरू तथा व्यक्तिहरूसित मिलेर गरिनेछ । हाम्रो क्रान्तिकारी जनसमितिको नेतृत्वले यी उत्सवहरूको आयोजनामा अधिकतम पहल लिनुपर्छ । उनीहरूले अरू मित्र शक्तिहरूसित मिलेर यी कार्यक्रमहरूका योजनाहरू आयोजना गर्ने जिम्मेवारी लिनुपर्छ । जहाँसम्म अन्तराष्ट्रिय महत्वको नक्सलवाडी आन्दोलनको ५० औँ वर्षगाँठ मनाउने कुरा छ, आधारभूत रूपमा यो हाम्रो मुलुकमा चलिरहेको दीर्घकालीन जनयुद्धसित गाँसिएको छ । हामीले आवश्यक प्रयास गर्यौं भनेँ, आवश्यक लचिलोपन देखायोँ भनेँ, मुलुकभरकै माओवादी–समर्थक र आमूल परिवर्तनकारी जनवादी पार्टीहरू, सङ्गठनहरू र व्यक्तिहरू यसको वार्षिक उत्सव मनाउन हामीसित सामेल हुन रुचि राख्नेछन् । यसरी अरू शक्तिसित संयुक्त रूपमा कार्यक्रम गरेर वार्षिकोत्सव मनाउँदा हामीले नक्सलवाडी आन्दोलनको वैचारिक–राजनीतिक मर्म र महत्वलाई कमजोर पार्ने अनुमति दिनु हुँदैन । त्यसैले त्यस्तासित मात्र संयुक्त हुनु राम्रो हुन्छ, जसले, मूल मर्मलाई कमजोर नपारी व्यापक रूपमा नक्सलवाडीप्रति समर्थन जनाउँछन् । आमरूपमा तिनीहरू अहिले चलिरहेका क्रान्तिकारी र जनवादी आन्दोलनका सहयोगीहरू हुनुपर्छ । माथिका कुरालाई ध्यानमा राखेर अधिकतम सहभागिता जुटाउने निश्चितता गरिनु पर्छ । हाम्रो केन्द्रीय समिति विभिन्न मुलुकका सच्चा क्रान्तिकारी पार्टी, सङ्गठन, र व्यक्तिहरूका साथै मित्रहरू, र भारतीय क्रान्तिका शुभचिन्तकहरूलाई भारतमा चलिरहेको दीर्घकालीन जनयुद्धको सन्दर्भसित जोडेर नक्सलवाडी आन्दोलनको ५० औँ वार्षिकोत्सव मनाउन कार्यक्रमहरूको आयोजना गर्न पनि अपिल गर्छ ।

सच्चा मार्क्सवादीहरूका साथसाथै संशोधनवादीहरूले पनि चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वार्षिकोत्सव, बोल्सेविक क्रान्तिको शत्वार्षिकी तथा मार्क्सको २०० औँ जन्मोत्सव मनाउने चासो देखाउनेछन् । त्यसैले  यी कार्यक्रमहरू नक्सलवाडी वार्षिकोत्सव भन्दा  अझ बढी व्यापक शक्तिहरूको सहभागितामा मनाउन सकिने सम्भावना छ । तर,  हामीले ती मार्क्सवादीहरू र जनवादी शक्तिहरूसित मात्रै संयुक्त हुनुपर्छ, जसले मार्क्सका आधारभूत शिक्षा—सर्वहारा वर्गको अधिनायकत्वमा समाजवादको निर्माण गरी वर्गविहीन समाजतर्फ अगाडि बढ्न —उदाहरणका रूपमा साम्यवाद स्थापना गर्न, वलपूर्वक पुरानो सत्ता कब्जा गर्ने कुराप्रति समर्थन जनाउँछन्  । मार्क्सवादको  महत्वपूर्ण शिक्षा—जसलाई सबैभन्दा पहिले लेनिन र स्टालिनको नेतृत्वमा रूसमा सच्चा स्पिरिटका साथ व्यवहारमा ल्याइएको थियो—त्यसलाई विश्वका संशोधनवादीहरू तथा नव–संशोधनवादीहरूले अस्वीकार र खारेज गरे र यसरी पुँजीवाद–साम्रज्यवादको स्वार्थमा मार्क्सवादका नाममा मार्कवादकै विरुद्ध उभिए ।

यस्ता शक्तिहरू आज  हरेक मुलुकमा विद्यमान छन् र उनीहरू श्रमजीवी वर्गलाई क्रान्तिकारी बाटोमा अघि बढ्न बाधा पुर्याउछन् । हाम्रो देशका  सिपिआई ९ऋएक्ष्० र  सिपिआई (एम) ९ऋएक्ष्ः० पनि मार्क्सका यी आधारभूत शिक्षाहरूको  पालना गर्दैनन् । त्यसैले यस्ता उत्सवहरूमा पार्टीको ब्यानरका आधारमा यिनीहरूसित संयुक्त गर्ने कुरालाई खारेज गर्नु राम्रो हुन्छ । पार्टी र जनस्तरमा  पारदर्शिता, साहश र एकता कायम गरी सवै किसिमका अवसरवादीहरू विरुद्ध निरन्तर र सम्झौताहीन सङ्घर्ष अगाडि नबढाइकन सत्रुहरूका विरुद्धको लडाइँ अगाडि बढाउने कुरा असम्भव छ भन्ने कुरालाई हामीले एक छिनलाई पनि बिर्सनु हुन्न ।  जहाँसम्म यस्ता पार्टीहरूलाई समर्थन गर्ने बुद्धिजीवीहरूको कुरा छ,  जसले मार्क्सका शिक्षाहरूको मर्म, बोल्सेविक क्रान्ति र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिप्रति समर्थन जनाउँछन्, तिनलाई हाम्रा मञ्चहरू र कार्यक्रमहरूमा आमन्त्रण गर्न सकिन्छ ।

त्यसैले, चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वार्षिकोत्सव , बोल्सेविक क्रान्तिको शत्वार्षिकी र मार्क्सको २०० औँ जन्मदिवस अन्र्तराष्ट्रिय रूपमै मनाइनेछ,  सहभागी हुनेहरूलाई मान्य हुने मिति तोकेर यो कार्यक्रम भारतको कुनै सहरमा आयोजन गर्ने प्रयास गरिनु पर्छ । हामी त्यस अवसरलाई चारओटै वार्षिकोत्सव प्रयोगका  लागि पनि छलफल गर्नेछौँ । त्यसैगरी देश बाहिरका सच्चा क्रान्तिकारी शक्तिहरूले अन्तर्राष्ट्रिय स्तरमा यी उत्सवहरू मनाउन आयोजित कार्यक्रमहरूमा भारतीय क्रान्तिकारीहरू सहभागी हुनुपर्छ ।

सहरी होस् अथवा ग्रामीण, जुनसुकै क्षेत्रमा यी वार्षिकोत्सवहरूको आयोजना गर्दा दुस्मनले हाम्रो कार्यक्रम रोक्न हरेक किसिमले बाधा पुर्याउन प्रयास गर्नेछ । हामी यसका लागि तयार रहनुपर्छ र यस किसिमका व्यवधानहरूका बाबजुद पनि कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न यथार्थिक र व्यावहारिक योजना बनाउनु पर्छ । सहरी क्षेत्रमा हाम्रो जनआधारमा भर परेर र सर्वसाधारणको परिचालन गरेर हामीले जनसभा, ठूलाकोठे कार्यक्रम र गोष्ठीहरू आयोजना गर्नुपर्छ । सबै कार्यक्रमहरूको उद्देश्य, मालेमावादी विचारधारामा केन्द्रित भएर, वर्तमान र भविष्यमा यसको आवश्यकताका साथै आम जनताका लागि पार्टीको वैचारिक तथा राजनीतिक लाइन जानकारी गराउने हुनुपर्छ । मालेमावादलाई सबै बुर्जुवा तथा निम्न बुर्जुवा विचारधाराहरू, जस्तो अर्थवाद, सुधारवाद, संसद्वाद र उत्तर–आधुनिकतावाद आदिको विकल्पका रूपमा प्रस्तुत गरिनुपर्छ । विश्व सर्वहारा क्रान्तिको आवश्यकता, पार्टी नेतृत्व हत्याएर अगाडि आएका संशोधनवादीहरू, गद्दारहरू, र पुँजीवादी बाटो समातेकाहरूले क्रान्तिलाई धोका दिए पनि विश्व इतिहासको अतुलनीय प्राप्ति रूसी र चिनियाँ क्रान्ति र यिनले मानव जीवनको इतिहासमा खेलेका महान् अग्रगामी कार्यहरूलाई उच्च किसिमले प्रकाश पानुपर्छ । रूस र चीनका समाजवादी आन्दोलनले धक्का खानुका कारण,  र प्रक्रियामा रहेका अरू समाजवादी÷ नयाँ जनवादी राज्यहरूमा भविष्यमा यस किसिमका  समस्या दोहोरिन नदिन  गहन र विस्तृत छलफल गरिनुपर्छ । उत्पादनका लागि सङ्घर्षबाट विकसित सर्वहारा वैज्ञानिक सिद्धान्तका सम्बन्धमा हाम्रो  विचार,  वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग, सर्वहारा नेतृत्व लागू गर्नुपर्ने आवश्यकता,  कामको शैली, साथसाथै वर्ग–दिशा र जन–दिशालाई जनताको ठूलो हिस्साका सामु प्रस्तुत गरिनुपर्छ ।

सँगसँगै, पार्टी, पिएलजिए जनसत्ताका अङ्गहरू/आरपिसिएस र  क्रान्तिकारी एमओहरूले भारतीय क्रान्तिकारी आन्दोलनका प्राप्तिहरूलाई व्यापक रूपमा आम जनताका माझ फैलाउनु पर्छ । यस अवसरमा  तलदेखि माथिसम्मका सबै पार्टी कमिटीहरूका साथै प्रारम्भिक एकाइ र एमओका पार्टी फ्र्याक्सनहरू/संयुक्त मोर्चासम्बद्ध मञ्चहरू सबैले मालेमा, बोल्सेविक क्रान्ति, जिपिसिआर र हाम्रो मुलुकको नयाँ जनवादी क्रान्ति (एनडिआर) का बारेमा  सैद्धान्तिक अध्ययन र राजनीतिक प्रशिक्षण चलाउनु पर्छ । नयाँ फोर्समार्फत शक्तिको आपूर्तिका लागि पार्टी, मिलिसिया र मोर्चा सङ्गठनहरूम भर्ति अभियान चलाउनु पर्छ । छापामार  इलाकामा कार्यक्रम बिथोल्न दुस्मनले आक्रमण गर्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा र गोप्यताका सबै विधिहरूलाई लागू गरेर  टर्चलाइटहरू, सशस्त्र जुलुस, र्यालीहरू, जनसभाहरू र समूह बैठकहरू आदिको सञ्चालन गर्नुपर्छ । त्यसैगरी सहरहरूमा जनसङ्गठनहरू, सहयोगी शक्तिहरू  र जनपरिचालन गरेर जनसङ्गठनहरूले  र्यालीहरू, ठूलाकोठे सभाहरू, जनसभाहरू, सेमिनारहरू आदिको आयोजना गर्नुपर्छ । हाम्रो पार्टी, जनसेना, क्रान्तिकारी जनसमितिहरू र क्रान्तिकारी मोर्चाहरूले प्रचार सामग्री तयार गर्नुपर्छ, सञ्चार माध्यमहरूलाई अन्तवार्ता दिनुपर्छ र सम्बन्धित भाषाहरूमा पत्रपत्रिकाका विशेषाङ्कहरू,  सैद्धान्तिक–राजनीतिक पुस्तकहरू प्रकाशन गर्नुपर्छ ।

क्रान्तिकारी सिद्धान्त र इतिहासका पुस्तकहरू प्रकाशन/पुनर्प्रकाशन गरिनुपर्छ । प्रचार सामग्री र सबैखाले प्रकाशनहरू सामान्यतः प्रस्तुतिमा सरलता र सिर्जनात्मक शैलीका, आम जनताले सहज किसिमले बुझ्ने खाले हुनुपर्छ । मोर्चा सङ्गठनहरूका फ्र्याक्सन प्रमुखहरूले यस विषयमा गम्भीरताका साथ पहल लिनु पर्दछ । मालेमा, रूसी क्रान्ति, जिपिसिआर, र हाम्रो पार्टी इतिहाससित सम्बद्ध पुस्तक–पुस्तिकाहरू  र रचनाहरूको सङ्कलन प्रकाशन गर्दा पार्टी क्याडरहरू तथा कार्यकर्ताले सहजै बुझ्ने किसिमले सरल शैलीमा लेखिएको  हुनुपर्छ भन्ने कुरामा विशेष ध्यान दिइनुपर्छ । चारओटा वार्षिकोत्सवको महत्वलाई सामुन्नेमा राखेर पार्टीको वैचारिक–राजनीतिक स्तर अभिवृद्धिमा पनि ध्यान दिनुपर्छ  । क्रान्ति मजदुर तथा उत्पीडित जनताका लागि पर्व हो र यसका विजयहरू तिनका वीरत्वपूर्ण वलिदानका फलहरू हुन् । आगामी वार्षिकोत्सवहरू पनि जनताका चाडपर्वहरू हुन् । त्यसैले जनताको सक्रिय सहभागितालाई हाम्रा सबै प्रचारसंयन्त्रमा, परिचालनमा र कार्यक्रमहरूमा सुनिश्चित गरिनुपर्छ । हामीले जनतालाई बढीभन्दा बढी मात्रामा सहभागी गराउने प्रयास गर्नुपर्छ, जसबाट तिनीहरूले यी पर्वहरू आफ्नै हुन् भन्ने ठानून्  र मुलुकको जारी क्रान्तिकारी युद्धमा उत्साहपूर्वक आफ्नो भूमिका विस्तार गरून् ।

मरेडहरू

दुस्मन विरुद्धको हजारौँ लडाइँमा जनताको विशाल हिस्सालाई नेतृत्व प्रदान गरेर बाङ्गोटिङ्गो बाटो हुँदै वर्गविहीन समाजको स्थापनाका लागि अन्तर्राष्ट्रिय सर्वहारा वर्ग ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा लिन्छ । मालेमाको अपराजेय हतियार–आजको मार्क्सवाद– को प्रयोग गरेर ऐतिहासिक कार्यभार पूरा गर्ने दिशामा यो निरन्तर अगाडि बढ्नेछ । यसको एउटा अग्रगामी दस्ताका रूपमा हाम्रो पार्टीले नक्सलवाडी सशस्त्र ग्रामीण आन्दोलनको विष्फोटपछिका ५० वर्षमा काँढेदार बाटो, थुप्रै आरोह अवरोह, घुम्ती र मोडहरू हुँदै दीर्घकालीन जनयुद्धको बाटोमा हिँडेर केही महत्वपूर्ण सफलताहरू प्राप्त गरेको छ । यो उपलब्धि मुलुकको ठोस परिस्थितिमा मालेमालाई सिर्जनात्मक ढङ्गले लागू गरेर, साम्राज्यवादीहरूसित साँठगाँठ गरेको फासिवादी शासक वर्गको दमनका विरुद्ध निरन्तर लडेर, हजारौँ सहिदहरूको वीरत्वपूर्ण वलिदानद्वारा हासिल गरेको हो । हामीले यी आगामी वार्षिकोत्सवहरूको सदुपयोग गर्दै यी उपलब्धीहरूको रक्षाका लागि दृढतासाथ उभिनु पर्छ र जनयुद्धलाई अगाडि बढाउन तिनीहरूबाट प्रेरणा लिनुपर्छ । यस अवसरमा हामीले पार्टी र आमजनतालाई मालेमाद्वारा प्रशिक्षित, सुसज्जित, नयाँ बनाउनु पर्छ  र यी अवसरहरूमा हामीले हाम्रा सकारात्मक नकारात्मक अनुभवहरू र हामीले गल्तीहरूबाट के पाठ सिक्यौँ भन्ने कुरा व्यवहारद्वारा जनताका सामु राखिदिनुपर्छ । हामीले यी वार्षिकोत्सवहरूका माध्यमबाट पार्टी, जनमुक्ति सेना, क्रान्तिकारी जनसमिति, मोर्चा सङ्गठनहरू र मित्र शक्तिहरू र आमजनतामा उत्साह र जुझारुपनको अभिवृद्धि गर्ने प्रयास गर्नुपर्छ ।  जनता र मित्र शक्तिहरूलाई हाम्रो कित्तामा ल्याउन हामीले उनीहरूको विश्वास जित्ने प्रयास गर्नुपर्छ, जसबाट दुस्मनका विरद्ध हामी ठूलो सङ्ख्यामा एकताबद्ध र मजबुत हुनसक्छौँ । शोषण, उत्पीडन, दमन  र दासत्वको साङ्लोबाट मुक्त हुने बाटो भनेको नयाँ जनवाद,  समाजवाद र साम्यवाद मात्र हो भन्ने सत्यलाई जनतालाई बुझाउन हामीले भरमग्दुर प्रयास  गर्नुपर्छ । यो महान् अन्तर्राष्ट्रिय सर्वहारा गुरुहरू मार्क्स,  एङ्गेल्स, लेनिन, स्टालिन र माओले देखाएको बाटो हो । यो बोल्सेविक क्रान्ति, चिनियाँ क्रान्ति र नक्सलबाडीले कोरेको बाटो हो । आउँदा चारओटा वार्षिकोत्सवहरूमा हामी यो बाटोमा निरन्तर अघि बढ्ने पुनः सपथ खाऔँ । हामी सबै पार्टी एकाइहरू र सदस्यहरूलाई यो आह्वानलाई जोडदार रूपमा जनतामाझ लैजान र उनीहरूको सक्रिय संलग्नता र सहभागितामा वार्षिकोत्सवहरू सफलतापूर्वक सम्पन्न गर्न आह्वान गछौँ ।

१६ मार्च, २०१६

क्रान्तिकारी अभिवादनका साथ

(गणपथी)

महासचिव, भाकपा (माओवादी)

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.