भाकपा (माओवादी) को अपिल

poster-nva-yankees-go-homeबाराक ओबामाको भारत भ्रमणको विरोध तथा बहिष्कार गरौँ
आगामी ६५ औँ गणतन्त्र दिवसको आयोजनामा भारतका प्रधानमन्त्री नरेद्र मोदीको निमन्त्रणामा मुख्य अतिथिका रूपमा २५–२६ जनवरीमा प्रस्तावित अमेरिकी राष्ट्रपति बराक ओबामाको भारत भ्रमण बहिष्कार र विरोध गर्न भारतीय कम्युनिस्ट पार्टी (माओवादी) दण्डकारण्य स्पेशल जोनल कमिटी देशका जनता, जनवादी प्रगतिशील शक्तिहरू, देशभक्त जनसमुदाय, मानवअधिकार सङ्गठनहरू, युवाहरू, विद्यार्थीहरू, मजदुर, किसान, आदिवासी, उत्तरपूर्वी राष्ट्रियता र कास्मिरी जनतालाई आह्वान गर्दछ । बराक ओबामा संसारभरिका उत्पीडित राष्ट्रियता एवम् जनताका एक नम्बरको दुस्मन एवम् सबैभन्दा आतङ्कवादी अमेरिकी साम्राज्यवादको लाउके भएकाले कारण उसलाई भारतको धरतीमा कदम राख्ने नैतिक अधिकार छैन । साथै हामीहरू ओबामालाई मुख्य अतिथिका रूपमा आमन्त्रण गरिएको विरुद्ध २६ जनवरीलाई विरोध दिवसका रूपमा मनाऔँ र गणतन्त्र दिवसलाई बहिष्कार गरौँ भन्ने पनि आह्वान गर्दछौँ । गणतन्त्र दिवसको परेडमा ओबामाको उपस्थितिमा सलामी दिनुको अर्थ हो साम्राज्यवादको गुलामी । यो देशको सम्प्रभुता एवं जनताको आत्मसम्मानका साथ खेलवाड हो । मोदी सरकारको देश विरोधी यस कदमका विरुद्ध देशैभरि गाउँ–गल्ली, देहात र सहरका सडकहरूमा अत्यधिक मात्रामा एकत्रित भएर “ओबामा फिर्ता जा” को नारा बुलन्द गरौँ । २५–२६ जनवरी २०१५ का दिन पर्चा, पोस्टर, ब्यानर, सभा–सम्मेलन, ओबामा–मोदी विरोधी प्रदर्शनहरू, र्यालीहरूको आयोजना गरौँ एवम् पुतला जलाऔँ ।

 

अमेरिकी शासक वर्गको ५०० वर्षको इतिहास स्थानीय जनजातिहरूको आम नरसंहार, आदिबासीमाथि दमन एवं सत्ता कायम गर्नमा नै बित्यो । दवाब, धम्की, आक्रमण र कब्जाका माध्यमबाट संसारभरिका उत्पीडित राष्टियताहरूमाथि निर्ममतापूर्वक शोषण र दमन गर्नु, बदनाम तानासाहहरूलाई सत्तामा स्थापित गर्नु, उसलाई सहयोग नगर्नेको हत्या गर्नु वा सत्ताबाट हटाउनु, विश्वको तेल, खनिज र अन्य तमामा सम्पदा र संसाधनमाथि आधिपत्य कायम गर्नु, आफ्नो आर्थिक तथा वित्तीय सङ्कटको भारलाई पिछडिएका मुलुकमाथि लाद्नु, आफ्नो स्वार्थी हित पूरा गर्नका लागि आम नरसंहार गर्नु, पूर्वनियोजित स्वार्थपूर्ण युद्धतन्त्र अमेरिकी साम्राज्यवादको इतिहास रहेको छ । यो हत्यारा, युद्धोन्मादी र रङ्गभेदी छ । साम्राज्यवादी वित्तीय सङ्कटको भूमरीबाट निस्कन असफल ओबामा पिछडिएका तथा गरिब मुलुकको संसाधनको लुटमारमा अझ तीव्रता ल्याउने प्रयास गरिरहेको छ । ओबामा अहिले यस कारण आउँदैछ, अरू केही सम्झौता गरेर आफ्नो बोझ बढीभन्दा बढी भारतमाथि लाद्न सकियोस् । हाम्रो देशको संसाधन मनोमानी ढङ्गले लुट्नमा सबैभन्दा ठूलो बाधक बनेको माओवादी आन्दोलनलगायत सबै जनआन्दोलनलाई अझ बढी क्रूरतापूर्वक दमन गर्न सल्लाह–सुझाव दिन नै ऊ यहाँ आउँदैछ । ओबामाको भ्रमण कर्पोरेट लुट र फासिवादी दमनको उच्च बढोत्तरीको सङ्केत हो । साम्राज्यवादको अर्थ नै युद्ध हो । उसले विश्वभरिका जनतालाई भोक र मृत्युसिबाय केही पनि दिएको छैन । साम्राज्यवाद विरोधी राजनीतिक, आर्थिक प्रचार, जनगोलबन्दी, जनप्रतिरोध एवं जनयुद्ध आजको ऐतिहासिक आवश्यकता हो ।

 

प्रधानमन्त्री बन्नेबित्तिकै मोदीले आफ्नो कर्पोरेट सेवाअन्तर्गत प्रतिरक्षा, बिमा, रेल्वे तथा खुद्रा व्यापारमा ४९.६ प्रतिशत एफडिआइ, सरकारी निजी क्षेत्रको भागिदारी तथा पहलकदमीका साथ परियोजनाको निर्माण, महत्वपूर्ण पियसयुको विनिवेशीकरण, सब्सिडिटीको कटौती १०० ओटा स्मार्ट सहरको निर्माण, सेजको निर्माण, विदेशी पुँजी निवेशको साथ बुलेट ट्रेन प्रोजेक्ट, टेक्सटाइल, टेलकम क्षेत्रमा फडिआइको प्रवेश आदि तमाम योजना कर्पोरेट वर्गको हितमा नै लागु गर्यो । राष्ट्रियता, देशभक्ती, स्वदेशी आदि नाराहरू यथार्थमा स्वदेशी तथा विदेशी कर्पोरेट शक्तिका लागि नै हुन् । मोदीको मेक इन इन्डिया, मेड इन इन्डिया वास्तवमा विदेशी निवेशकहरूका लागि “लुट इन्डिया” को आह्वान हो । गरिब जनता गाँस, बास, कपास, औषधी, शिक्षा, रोजगार पिउने पानी, सिंचाइ आदि कुराबाट वञ्चित छन् । महङ्गी, गरिबी, अशिक्षा, भोकमरी, बिमारी आवसहीनता आदि समस्यासित जुधिरहेका छन् । परन्तु मोदीको एजेन्डामा आम जनता परेका छैनन्

मुलुकका मजदुर–किसान, छात्र–युवाहरू, शिक्षक–कर्मचारीहरू, प्रगतिशील–देशभक्त–जनवादी शक्तिहरूसित हामी, यो शोषणमूलक सत्तालाई उखेलेर फ्याकेर नयाँ जनवादी गणराज्यको भारतीय महासङ्घको स्थापनाका लागि जारी क्रान्तिकारी जनयुद्धको समर्थनमा अगाडि आउन अपिल गर्दछौँ । जनयुद्धलाई समाप्त पार्नका लागि, भारतीय जनतामाथि अमेरिकी साम्राज्यवादको आडभरोसामार्फत केन्द्र–राज्य सरकारद्वारा जारी नाजायज युद्ध—अपरेसन ग्रिन हन्टको विरोध गरौँ । मोदीको हिन्दूत्व फासिवादी सरकारको विरुद्ध सङ्गठित, मजबुत तथा जुझारु जनआन्दोलन निर्माण गर्न अगाडि आऔँ । संसारभरिका उत्पीडित राष्ट्र तथा जनताको १ नम्बर सत्रु आतङ्ककारी साम्राज्यवादी अमेरिकाको विरुद्ध आवाज बुलन्द गरौँ ।
५ जनवरी, २०१५
गुड्सा उसेन्डी
प्रवक्ता
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
दण्डकारण्य स्पेशल जोनल कमिटी

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.