ब्राजिलमा मालेमावादीहरूको अन्तर्राष्ट्रिय गोष्ठी

nationaql-seminarसाम्राज्यवादको चरित्रसम्बन्धी लेनिनको महत्वपूर्ण रचना ‘साम्राज्यवाद पुँजीवादको सर्वोच्च चरण’ प्रकाशित भएको १०० वर्ष पुगेको सन्दर्भ र कमरेड माओको नेतृत्वमा चिनियाँ जनताद्वारा चलाइएको ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ५० वर्ष पूरा भएको सन्दर्भमा ब्राजिलमा एउटा महत्वपूर्ण गोष्ठी भैरहेको छ  । सो गोष्ठीमा भारतबाट प्राध्यापक अमित भट्टाचार्य, स्पेनका प्राध्यापक भिक्टर मार्टिन, पेरू र जर्मनीका मालेमावादका पक्षधर बुद्धिजीवीहरूलगायत साम्राज्यवाद विरोधी विश्वका  चर्चित चिन्तकहरूले आआफ्ना धारणा राख्नेछन् । अक्टोबर ९ देखि आरम्भ यो सेमिनार अक्टोबर १३ सम्म रहनेछ  । स्मरण रहोस्, विश्वका क्रान्तिकारीहरूले ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति” ५० वर्ष पूरा भएको सन्दर्भ, नक्सलबाडी किसान आन्दोलनले  ५० वर्ष पार गरेको सन्दर्भ, रूसी अक्टोबर क्रान्ति सम्पन्न भएको १०० वर्ष र मार्क्सको सम्झनामा २०१६ देखि २०१८ सम्म विशेष कार्यक्रम गर्ने निर्णय गरेका छन् । यसै क्रममा ‘भारतमा चलिरहेको जनयुद्धलाई सघाऔँ’ (ICSPWI) अन्तर्राष्ट्रिय कमिटीले पनि आफ्ना कार्यक्रमहरू  निरन्तर रूपमा  गरिरहेको छ ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.