बाबुराम हटाऊ देश बचाऊ :विक्ली नेपालबाट समाचार

(भारतीय विस्तारवादको दलाल बाबुराम भट्टाराईले हालै न्यु योर्कमा भनेको भनेर विक्ली नेपालले एउटा  गजबको समाचार  बाहिर ल्याएको छ । मन्त्री भएको भोलिपल्टदेखि नेपाली राष्ट्रियताको विरोध र नेपाली जनताको विरुद्ध देखापरेका बाबुरामले के के गर्ने हुन् , त्यो अब थाहा हुनेछ । यो मुलुकलाई बचाउने  हो र नेपाली क्रान्तिलाई जोगाउने हो भने बाबुरामलाई छिटो भन्दा छिटो कुर्सीबाट खंदार्नु पर्छ  । अहिले भने पाठकहरू को जानकारीका लागि  weeklynepal.com को  समाचारको एउटा अंश 🙂

काठमाडौं । मोहन वैद्य ‘किरण’ र सीपी गजुरेललाई किनारा नलगाएसम्म शान्ति प्रक्रिया पनि पूरा नहुने र नयाँ संविधान पनि नबन्ने निष्कर्षमा प्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेपछि माओवादीभित्रको दरार झन् फराकिलो बन्दै गएको छ।

वैद्य र गजुरेललाई भारतीय जेलमा थुनेपछि मात्रै १२ बुँदे सहमतिमार्फत मुलुकमा शान्ति प्रक्रिया आरम्भ भएको र जनयुद्धले उपलब्धिमूलक नतिजा प्राप्त गरेको रहस्य प्रधानमन्त्री डा.भट्टराईले अमेरिका पुगेपछि खोलेका छन्। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनेक्रममा अमेरिका पुगेका प्रधानमन्त्री डा.भट्टराईले शुक्रबार अमेरिका बसोबास गर्ने नेपालीहरूसागको भेटघाटमा उक्त कुरा खुलासा गरेका हुन्। उनले भने– वैद्यजीहरूको अनुपस्थितिबाटै सम्भव भएको शान्ति प्रक्रिया उहाँहरू पार्टीबाट बाहिरिएपछि टुंगिन्छ। मोहन वैद्यलाई पाखा लगाएपछि अध्यक्ष प्रचण्डले तपाईलाई टिक्न देलान्? एक प्रश्नमा डा.भट्टराईले जवाफ दिए– शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधानमा ज–जसले भाँजो हाल्छ, उनीहरू पालैपालो समाप्त हुँदै जान्छन्। मुलुक अहिले जुन विन्दुमा पुगेको छ, त्यसको डिजाइनर आफू भएको उल्लेख गर्दै प्रधानमन्त्री डा.भट्टराईले झट्ट हेर्दा माओवादीभित्र आफू कमजोर जस्तो देखिए पनि आफ्ना विरोधीहरू क्रमशः पन्छाउँदै गएको उदाहरण पनि दिए। उनले यानप्रसाद गौतमदेखि रवीन्द्र श्रेष्ठ र मातृका यादवसम्मको नाम उल्लेख गर्दै मोहन वैद्यहरूलाई पनि त्यसैको अवशेषका रूपमा चित्रित गरे। प्रधानमन्त्री भट्टराईको उक्त स्पष्टोक्तिपछि अमेरिकामा बस्ने नेपालीहरूले अर्थ लगाए, मोहन वैद्यहरू पाखा लागेपछि प्रचण्ड पनि स्वतः पाखा लाग्नेछन्।

You can leave a response, or trackback from your own site.

One Response to “बाबुराम हटाऊ देश बचाऊ :विक्ली नेपालबाट समाचार”

  1. शीला says:

    http://www.mysansar.com “महासभामा नेपालका प्रधानमन्त्री” भन्ने उत्तम बाबू को लेखा/रिपोर्टमा मैले गरेको कमेन्टबाट साभार:

    ” उत्तम जी:
    १. उत्तम जी, रिपोर्टका लागि धन्यबाद! बाबुराम जी ले महासभामा बोल्दा एउटा मार्क्सवादी-कम्युनिष्ट प्रधानमन्त्रीले गर्नु पर्ने जस्तो भाषण त मैले केहि देखिन/ मैले डा भट्टराईको पूर्ण पाठ पढें! त्यस्तो भाषण त एकजना बर्तमान मार्क्सवादी विचारका न्यायाधिस, (जो मेरा मित्र पनि हुनुहुन्छ) का सब्दमा भन्ने हो भने त ‘लोकेन्द्र बहादुर वा शेर बहादुरले UN को महासभामा गएर गरिने भन्दा कुनै फरक कोटीको थिएन’ / मलाइ पनि तेस्तै लाग्य छ, तपाईलाई कसरी फरक लग्यो कुन्नि!!

    २.डा भट्टराईले तेहा न त विश्व साम्राज्यबाद को दादागिरीको बिरोध मा चुइक्क बोल्नु भो, न त पुजिबाद को खराबीका बारेमा! Neoliberalism ले बर्तमान बिश्वलाई कति पिरोलेको छ भन्ने माओबादी agenda को उठान गर्ने र बिस्व समूदायलाई प्रतिरोधका लागि तयार रहन आह्वान गर्ने काम त वहा बाट पटकै भएन! कम्तिमा पनि भेनीज्वेला र बोलिभियाका समाजबादी नेताले गरेको जति पनि एउटा सर्बहारा नेताको हैसियत देखिएन, होइन र? अनि वहा कसरी माओबादीले नेतृत्व गरेको सरकारको प्रधानमन्त्री भन्न सुहायो र? कसरि फरक देख्नु भो ? होला डा भट्टराईले बाहिर कुनै सानो भेलामा केहि यस्तै ‘जारगन’ प्रगोग गर्नु भो होला, तर महासभा जस्तो ठाउ मा खोइ त?

    २. कुनै नौलो कुरा नभएकोले होला वहाका भनाइलाई संसारका प्रेसले एउटा जहाज दुर्घटना भएको जति पनि महत्व दियेनन, तपाइले पनि यहि गुनासो गरेको होइन र ! UN मा गएर रातो झण्डा फहराउने किसिमको बिचार दिएको’भे आज संसारकका अखबारमा मा छाएको हुन्थ्यो ! अब त कारण बुझ्नु भो होला नि….

    ३ तपाइँ एरिका मा हुनुहुन्छा, तेहा भेनीज्वेला र बोलिभियाका नेताले बोलेको कुरा बारे पनि लेखि दिनु भै हामीलाई सूसुचित गर्नु हुनेछ …”

Leave a Reply

See real websites hosted and built by iPage customers.