बहसमा माओवादी आन्दोलन

final cover555444बहसमा माओवादी आन्दोलन भर्खरै प्रकाशित पुस्तकको नाम हो । यो सम्पादित पुस्तक हो । यसमा माओवादी आन्दोलनसित सम्बद्ध महत्वपूर्ण रचनाहरू छन् । विषयवस्तुलाई तीन खण्डमा विभाजित गरिएको छ । पहिलो खण्डमा माओका दुई महत्वपूर्ण रचनाहरू छन् : ‘नेतृत्वका तरिकाहरूसित सम्बन्धित केही प्रश्नहरू’ र ‘हाम्रो पार्टीको इतिहाससम्बन्धी केही अनुभवहरू’, यसका साथै यसमा चिनियाँ कम्युनिस्ट पार्टीसित सम्बद्ध दुई दस्ताबेज ‘आम दिशा’ र ‘उत्तराधिकारी निर्माणसम्बन्धी माओवादी धारणा’ पनि समाविष्ट गरिएका छन् ।
त्यसैगरी दोस्रो खण्डमा भारतीय कम्युनिस्ट पाटी (माओवादी) का नेता कमरेड अजिथको मोदीको विदेश नीतिसम्बन्धी आलेख, अन्टोनियो ग्राम्सीका सम्बन्धमा (न्यु) इटाली कम्युनिस्ट पार्टीको विश्लेषणात्मक लेख, चिनियाँ कम्युनिस्ट पार्टीसित सम्बद्ध चर्चित प्रकरण बो सिलाई प्रकरणको अन्तरकथा पनि यसमा समाविष्ट छ । यस खण्डमा आजको सन्दर्भमा माओको महत्वलाई दर्शाउने लेखका साथै पाकिस्तानको माओवादी आन्दोलन सम्बन्धी लेख पनि समाविष्ट गरिएको छ ।
त्यस्तै तेस्रो खण्डमा नेपालको माओवादी आन्दोलन सम्बन्धी, खासगरेर कार्यदिशाका सम्बन्धमा प्राध्यापक रमेश शर्मा र क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपालका संयोजक डा. ऋषिराज बरालका विश्लेषणात्मक आलेखहरू समाविष्ट छन् । नेपालको माओवादी आन्दोलनको वर्तमान स्थितिका बारेमा जानकारी राख्न यी दुई रचना महत्वपूर्ण साबित हुन सक्छन् ।
यही भदौ ११ क दिन आम पाठक समक्ष्य पुग्ने भनिएको यो पुस्तक अहिलेको माओवादी आन्दोलन, त्यसमा पनि कार्यदिशाका सम्बन्धमा उठेका बहसका सन्दर्भमा निकै लाभकारी हुने विश्वास गरिन्छ ।
०००

You can leave a response, or trackback from your own site.

2 Responses to “बहसमा माओवादी आन्दोलन”

  1. Ajay Sapkota says:

    यो पुस्तकले विचार निर्माण र अबको माओवादी आन्दोलनको भविष्य बारे स्पस्ट खाका निर्माण गर्ने आधारशिलाको काम गर्नेछ |शुभकामना

  2. yo kitab 2 maobadi jasmaa baidhya maobadi ra Biplab Maobadi bicha Bahas ko lagi important 6. teskaran pani yo belaa maa yo ketab bahir aaunu maobadiharu kaa lagi khusi kaa kura ho.

Leave a Reply

See real websites hosted and built by iPage customers.