बर्माजी आप ज्यादा नबोले तो अच्छा

येतिबेर एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)  मा दुई लाइन सङ्घर्ष तीव्र बनेको छ । देशीविदेशी प्रतिक्रियावादीहरू र संशोधनवादीहरू क्रान्तिकारीहरूका विरुद्ध चौतर्फी रूपमा खनिएका छन् । ती वैचारिक सङ्घर्ष गर्न नसकेर व्यक्तिगत चरित्र हत्यामा समेत उत्रिएका छन् । खास गरेर किरण कमरेडका विरुद्ध प्रचण्डका नजिक भनेर चिनिएका र  बिग हाउस मिडिया भनेर भन्ने गरिएकाहरू एकगठ भएर लागेका देखिएका छन् । केही समयअघि देखि  शृङ्खलाकै रूपमा उहांका विरुद्ध लेखने र विम्ब विद्रूपीकरण गर्ने काम भइरहेका छन् । स्वदेशका मात्र नभएर यस क्रममा भारतका वाम बुद्धीजीवी भनेर भन्ने गरिएका पत्रकार आनन्दस्वरूप पनि आफू एकीकृत माओवादी पार्टीको सदस्यझैं गरी निकै ताउरमाउरका साथ लेखिरहेका छन् । केही समय अघि उनले एउटा ठूलो पन्ने दैनिकमा कमरेड किरणलाई स्वैरकल्पनावादी लगायत अनेक फत्तुर लगाएका थिए ।  प्रचण्डपुराण लेखन र किरणको बद्ख्याएइं गर्न उनी निरन्तर लागेका देखिन्छन् ।

भारतीय विस्तारवादद्वारा भारतमा चलाइएको नरसंहार ‘अपरेसन ग्रीन हन्ट’मा देशविदेशका हजारौँ जनता र बुद्धिजीवीहरू सडकमा निस्कंदा चूंसम्म नगर्ने बर्माले दोहोरो भूमिका खेलेको कुरा भारतीय क्रान्तिकारीहरूले भन्ने गरेका छन् । प्रचण्डबाट एक करोड भन्दा बढी लिएर प्रचण्डलाई रेम्बोको नायकझैं दस बर्से जनयुद्धका एकमात्र नायकको रूपमा प्रस्तुत गरी  फिल्म बनाएका बर्माको साउथ ब्लक र प्रचण्डबीच दोहोरा सम्बन्ध भएको र उनी रहस्यमथ पात्र भएको पनि भारतीय वाम बुद्धिजीवीहरूले भन्ने गरेका छन् । ‘प्रचण्ड–बाबुराम तो ठीक है, लेकिन किरण बेठीक है, उनको ठीक करना होगा’ भनेर उनले साउथ ब्लकमा कुरा राखेको भनेर केही समयअघि भारतीय वामपन्थीहरूबीच निकै टिप्प्णीको विषय बनेको कुरा पनि चर्चामा आएको थियो ।  कार्यकर्ता भोकभोकै भएको बेलामा प्रचण्डबाट उनका लागि कति रकम गइसक्यो हरहिसाब छैन ।  हरेकपल्ट काठमाडौं आउंदा महंगो होटलको बसाइको खर्च भने पेरिसडांडाले बेहोर्छ भन्ने चाहिं सबैलाई थाहा छ । प्रगतिशील विचार राखने संसारको जुनसुकै कुनाको मान्छेले पनि जहांको आन्दोलनका बारेमा पनि धारणा राखन पाउंछ, । ‘जसको सिता खाइ, उसको गुनगान गाइ’ उनले गरुन्, तर क्रान्तिकारी विचार र नेताहरूमाथि जथाभावि फत्तुर लगाउने काम भने नगर्दा नै राम्रो । बर्माजी, आप ज्यादा नबोले तो अच्छा ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.