प्राध्यापक अप्पारावको गिरफ्तारी विरुद्ध

prifessor of indiaFree Prof. j. Appa Rao : Statement by Nepalese Intellectuals.
समान्य जनतालाई पक्राउ गरेर माओवादीको ठूलो नेता पक्डाउ परेको भेनेर मिडियामार्फत होहल्ला गरेर मनोवैज्ञानिक आतङ्क मच्चाइरहेको भारतीय प्रतिक्रियावादले यताका दिनमा सहरी क्षेत्रमा कार्यरत मानवआधिकारवादीहरू, सांस्कृतिककर्मीहरू तथा प्राध्यापकहरूलाई पनि राज्यआतङ्कको निसाना बनाइरहेको छ । “जङ्गलमा रहेका माओवादी छापामारहरूभन्दा तिनको पक्षमा बोलेर वैचारिक ऊर्जा प्रदान गर्ने सहरको बौद्धिक समुदाय बढी खतरनाक छ” भनेर भारतीय प्रतिक्रियावादी सरकारका मन्त्रीहरू तथा न्याय क्षेत्रका अधिकारीहरूका भनाइहरू आइरहेका बेला फेरि अर्का प्राध्यापक पक्राउ परेका छन् । दिल्ली विश्वविद्यालयका प्राध्यापक जे एन. साइबाबामाथि भएको राज्यदमनको सन्दर्भलाई लिएर भारतका बुद्धिजीवीहरू आन्दोलित भइरहेको बेला हिजो नोभेम्बर ६ मा भारतको आन्ध्र विश्वविद्यालयका एसोसियट प्राध्यापक जे. अप्पाराओलाई विश्वविद्यालय निवासको कम्पाउन्डबाटै रहस्यमय ढङ्गले पक्राउ गरेको घटनाले बौद्धिक क्षेत्रलाई थप आन्दोलित पारेको छ ।
सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन् र उनलाई माओवादीसित सम्बन्ध रहेको र विभिन्न लजिस्टिकहरू तथा विष्फोटक पदार्थहरू माओवादीलाई आपूर्ति गरेर विभिन्न किसिमले सहयोग गरेको आरोप लगाइएको छ । यसले क्याम्पसमा तनाव उत्पन्न भएको छ । यस विषयलाई लिएर विश्वविद्यालयका विद्यार्थीहरूले नाराजुलुसका साथै कक्षा बहिष्कार गरेका छन् । परिवारका सदस्यअनुसार ३ जनताले राती १ बजे कोठाको ढोका घच्घच्याए र पछि बलपूर्वक भित्र पसे । अप्पाराओलाई सँगैलिएर जान भने । अप्पाराओले नमानेपछि उनीहरू आफू प्रहरी भएको परिचयपत्र देखाए । वरिपरि थाहा हुनुअघि उनीहरूले अप्पाराओको अनुहार छोपेर बलपूर्वक लगे । यो घटना डँडेलोझैँ एकैछिनमा चारैतिर फैलियो । त्यसपछि अप्पाराओको निवासमा अरू प्राध्यापक र विद्यार्थीहरू जम्मा भए । उनीहरूले यसरी रातको बेलामा अपहरणको शैलीमा गरिएको अप्पाराओको गिरफ्तारीलाई लिएर प्रहरीको व्यापक विरोध गर्दै नाराजुलुससहित प्रहरी कार्यालय घेराउ गरे । विश्वविद्यालय प्राध्यापक सङ्गठन र विद्यार्थीहरूले उनको अविलम्ब रिहाइको माग गरेका छन् ।
प्राध्यपक वे अप्पाराओ मूलतः आदिबासी क्षेत्रका बुद्धिजीवी हुन् र मानवअधिकारवादी संस्थासित पनि सम्बद्ध छन् । उनी आदिवासी क्षेत्रमा एकदमै लोकप्रिय छन् र सहयोगी पात्रका रूपमा चिनिन्छन् । उनले आदिबासीमाथि भएको दमनका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् । परिवारका सदस्य, पत्रकार र मानवअधिकारवादीहरू कसैलाई पनि उनीसित भेट्न दिइएको छैन । परिवारलाई भेट्न दिन र उनको रिहाइका लागि सो विश्वविद्यालयका प्राध्यापकहरूले आवाज उठाइरहेका छन् ।
हामी नेपालका मार्क्सवादी बुद्धिजीवीहरू प्राध्यापक अप्पाराओमाथि भएको राज्यआतङ्कको घोर निन्दा तथा भर्त्सना गर्दै उहाँको अविलम्ब रिहाइको माग गर्दछौँ र उहाँको रिहाइका लागि आवाज उठाउन समग्र बौद्धिक क्षेत्रलाई अनुरोध गर्दछौँ ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.