प्रतिक्रियावादी मनोआतङ्क र जनयुद्धको सत्य

INdia maoist(हामी जनयुद्ध लडेर आएकाहरूलाई प्रतिक्रियावादी सत्ताले आफ्नो कमजोरी लुकाउन र जनतामा भ्रम पार्न कस्ताकस्ता नाटक रच्छ भन्ने कुरा व्यवहारको तहबाटै थाहा छ । उसले निर्दोष जनता मारेर माओवादीको नाम लिँदै कसरी ५ लाई ५ सय बनाउँछ र आफ्नै मान्छेलाई आत्मसमर्पणको नाटकको पात्र बनाएर यति र उति माओवादीले आत्मसपर्पण गरे भन्छ भन्ने कुरा पनि थाहा छ । आतङ्ककारीको टाउको लिएर आऊ र झोलाभरि पैसा लैजाऊ भनेर निर्देश गर्ने फासिवादलाई पनि हामीले भोगेका हौँ । अहिले भारतीय प्रतिक्रियावादी सत्ताले पनि यसै गरिहेको छ । नेपालको जस्तै एरियादेखि केन्द्रसम्मका नेताहरूको टाउकाको मूल्य तोक्तै कमरेड गणपतिको टाउकाको मूल्य २ करोड तोकेको छ । सरकारी सञ्चारमाध्यम लगायत प्रतिक्रियावादी वर्गको सेवा गर्ने अन्य माध्यमहरूले हरेक दिन यति नक्सलवादी मारिए र यतिले आत्मसमर्पण गरे भन्ने समाचार प्रकाशित र प्रसारित गर्नेगरेका छन् । तर माओवादी पार्टीले यस्ता सूचनाभ्रम र मनोवैज्ञानिक आतङ्को भण्डाफोर गर्दै सत्यतथ्य प्रकाशमा ल्याइरहेको छ ।भाकपा (माओवादी) को मुखपत्र ”पिपुल्स मार्च” को पछिल्लो अङ्कमा प्रकाशित तलको सानो अंशबाट मात्र पनि सत्यतथ्य अवगत गर्न सकिन्छ । )
——————————————————————————————————-
प्रतिक्रियावादी शासकहरूको झूठ र जनयुद्धको सत्य
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
नोभेम्बर २०१४ देखि आन्ध्र, छत्तीसगढ, तेलङ्गना र ओडिसा राज्यहरूका अर्धसैनिक बल, विशेष कमान्डो टोली र राज्यको फोर्स ल्याएर दण्डकारण्य क्षेत्रभित्र पर्ने छत्तीसगढ जिल्लाका सुकुम, विजापुर र दन्तेवाडामा ‘क्षेत्रअधीनका लागि बृहत् अभियान’ नाम गरेको भीषण दमन अपरेसन चलाइएको छ । यसलाई भारतीय सत्ताले ‘अपरेसन ग्रिनहन्ट’ को तेस्रो चरण भनेको छ, जुन खासमा भारतीय सत्ताले जनतामाथि चलाएको युद्ध हो । भय र त्रासका सबै तत्वहरूको प्रयोग हुने ‘अपरेसन ग्रिन हन्ट’ , लुटपाट, घरहरूमा आगजनी, आदिवासी तथा गैर आदिवासी किसानमाथि यातना, गैरकानुनी धरपकड, नक्कली मुठभेड, नक्कली आत्मसमर्पण, घेराबन्दी र दमनको यो अभियान किसानहरूले ठीक वाली भित्र्याउने समय मिलाएर गरिएको छ । यसले खासगरेर आदिवासी क्षेत्र कुन्ता, जागेरकुन्ता र किसातारामको जीवनलाई एकदमै अस्तव्यस्त पारेको छ । आम जनमानसमा यति सारो आतङ्क र विध्वंश मच्चाएर पनि राज्यले ठूलै असफलता भोगेको छ । भरतीय सत्ताधारी फोर्सले जनमुक्ति सेनाको उपस्थितिको छेउटुप्पो पत्ता पाउन सकेन ।
जबकी जनमुक्ति सेना दुस्मन सेनालाई छक्याउन सफल मात्र भएन, यसले दुस्मन सेनाको गतिविधिलाई नजिकैबाट पहिल्याइरह्यो र जनताको सहयोगमा यसका कमजोरी पत्ता लगाउँदै यसमाथि प्रहार पनि गर्यो । डिसेम्बर १ मा भएको केन्द्रीय रिजर्भ फेर्समाथिको आक्रमण यसैको परिणाम थियो । सो आक्रमणमा १४ जना दुस्मन सेनालाई सफाया गरिएको थियो र १५ जनालाई घाइते बनाइएको थियो । जनमुक्ति सेनाले ग्रिनेट लन्चरसहित थुप्रै सङ्ख्यामा स्वचालित हातहतियार हात पार्न सफल भयो । यो साहसपूर्ण कार्य ठूलो शक्तिमाथि चुनौती दिनुको उदाहरण मात्र थिएन, अपितु भारतीय सत्ताधारी फोर्सको मनोवलमाथि पनि ठूलो प्रहार थियो । आफ्नो असफलता र निरासालाई ढाकछोप गर्न केन्द्र र राज्य सरकारले “माओवादीहरूले निर्दोष जनतालाई मानवढालका रूपमा प्रयोग गरेका कारण जनतालाई ध्यानमा राखे सिआरपिले ठूलो खति ब्यहोर्नु पर्यो” भन्ने कथा बनायो । गृहमन्त्री राजनाथले माओवादीहरू कायर हुन् भनेर पिडा पोख्यो । तिनका कर्तव्यपरायण सञ्चारमाध्यमहरूले भनेअनुसार नै प्रशारित गरे । तर छिटै सत्य सामुन्नेमा आयो । सो आक्रमणमा बाँचेकाले कसरी सबै क्लियर छ ढुक्क हुन भनियो, कसरी आफूहरू घेराबन्दी र आक्रमणमा परियो, सबै बेलिविस्तार लगाए । त्यहाँ मानवढाल भन्ने कुरै थिएन । बरु यसको केही दिनपछि गाउँमा प्रहरीहरू पसेर आम जनतामाथि कुटपिट र आतङ्क मच्चाए । यस्तो छ भारतीय सत्ताधारीहरू र तिनको सुरक्षा बलको जनतामाथिको व्यवहार ।
सरकारले गर्ने गरेको यस किसिमको झूठको खेती उसको ‘‘कम घनत्वको प्रतिक्रान्तिकारी रणनीति’ (लो इन्टेन्सिटी काउन्टररिभोलुस्नरी स्ट्राटेजी) को एउटा अंश हो । माओवादी कार्यकर्ता तथा जनमुक्ति सेनाको कमरेडहरूको आत्मसपर्णको कथा सत्ताधारीहरू र तिनको सेवा गर्ने माध्यमहरूले जसरी ल्याइरहेका छन्, यो पनि उनीहरूको रणनीतिकै अर्को खुट्टा हो । यो सबै तारतम्य मिलाएर गरिएका काम हुन् । धेरै पहिले नै माओवादी आन्दोलन छोडेर घर बसेकाहरूलाई डराइधम्क्याइ गरेर माओवादीका नाममा उभ्याएर आत्मसमर्पणको कागज गर्न लगाइएको छ । यो भारतीय प्रतिक्रियावादी सत्ताद्वारा जनतामाथि लादिएको युद्धको मनोवैज्ञानिक अंश हो । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का दण्डकारण्य विशेषाञ्चलका प्रवक्ता कमरेड गुडसा उसेन्डीले भनेझैँ यो आत्मसमर्पण र टाउकाको मूल्यका नाममा तोकिएको पैसा लुट्ने अर्को घृणित चाल र उपाय हो । यता आएर यस किसिमको परिपञ्चको कतिपय माध्यमहरूले भण्डाफोर पनि गर्न थालेका छन् । जस्तो इन्न्डियन एक्सप्रेसले भनेको छ : ”माओवादी प्रभावित बस्तर डिभिजनमा मात्र जुन १ देखि नोभेम्बर २८ बीच कूल ३७७ माओवादीले आत्मसमर्पण गरे भनिएको छ, जसमा १५५ त नोभेम्बरमा मात्र देखाइएको छ । आत्मसमर्पण गरिएका भनिएकाहरूको जाँचबुझ र छानविनको अभिलेखले ३७७ मध्ये २७० निर्दोष गाउँले तथा गाउँका पटके र पेशेवर अपराधीहरू रहेका छन् ।”
प्रहरीले त्यसै जथाभावी शङ्काका भरमा अभियोग लगाएको र सङ्ख्या धेरै देखाउन उनीहरूलाई धरपकड गरेको भन्ने कुरा प्रस्ट छ । यसले आमजनतामा एक किसिको रोष र आक्रोस उत्पन्न गरायो र यही फ्रेब्रवरीमा जनताले विशाल विरोध प्रदर्शन गर्नुका साथै महत्वपूर्ण राजमार्ग ४ दिनसम्म बन्द गरे ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.