प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन

क्रान्तिकारीहरूले सही विचार बाहिर ल्याउन थालेपछि यसले पार्ने प्रभावबाट प्रतिक्रियावादीहरू आत्तिन थाल्छन् र यसका विरुद्ध सत्तोसराप गर्न थाल्छन् । त्यसैले माओले भन्नु भएको थियो : प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन । अवश्य पनि हो, प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूको प्रशंसा गर्न थाले भने त्यसबाट सतर्क हुनु आवश्यक हुन्छ । अवश्य पनि षड्यन्त्र हुँदैछ भनेर बुझ्नुपर्दछ । यही कुरा संशोधनवादीहरूका सन्दर्भमा पनि लागू हुन्छ ।

आरम्भदेखि नै द नेक्सट फ्रन्ट ले प्रतिक्रियावादीहरू र संशोधनवादीहरूका विरुद्ध वैचारिक सङ्घर्ष तीव्र बनाएपछि अहिले प्रतिक्रियावादीहरूमात्र नभएर सबै खाले अवसरवादीहरू, सारसङ्ग्रहवादीहरू र विसर्जनवादीहरू बर्बराउन थालेका छन् र तिनले द नेक्स्ट फ्रन्टका विरुद्ध सत्तोसराप गर्न थालेका छन् । अझ ‘हेडक्वाटरका असली पक्षधर’ भनेर माओवादी पङ्क्तिभित्र तर मारेर बसेका खाओवादीहरू त बौलाएको मानसिकतामा देखिएका छन् । प्रतिक्रियावादीहरू आतङ्कित हुँदै जाऊन् र संशोधनवादीहरू बर्बराहुँदै जाऊन्, यसबाट हामी अझ उर्जावान भएर अघि बढ्छछौँ । यसले हाम्रो निसाना ठीक ठाउँमा लागेछ भनेर हामीलाई  संतोष र खुसी नै हुन्छ ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.