प्रचण्ड-बाबुरामका लठैतहरूको कन्त विजोग

चारबुंदे सहमतिका नाममा  बाबुरामको अपराधी गिरोहले देश टुक्र्याउने भनेर खुला वक्तव्य दिएवापत जनता सडकमा निस्केको बेला, बाबुरामका दाहिने हात मानिने र बारा-पर्सा र  रौतहटमा  आफ्नै कमरेडहरूको हत्यामा सङ्लग्न भनेर कार्यकर्ताहरूले भन्दैआएका  भएका अपराधी प्रभु शाहका नाममा वारेन्ट जारी भएको छ र बाबुरामको अपराधी गिरोह यतिबेर छटपटीको स्थितिमा पुगेको छ ।

विस्तारवादका दलालहरूमा छटपटी चलिरहेको अवस्थामा  यता प्रचण्डका लठैतहरूको पनि बिल्लीबाठ हुनथालेको  छ । माओवादी पार्टीका ‘नेता’ भन्दा हाटबजारमा धतुराउँदै हिंड्ने उरन्ठेउला केटाहरूकाझैं व्यवहार गर्ने र  रिम र आरसिपी अमेरिका सिआइएबाट सञ्चालित हुन् र  वैद्य समूह पनि तिनीहरूबाट सञ्चालित छ भनेर पत्रपत्रिकामा लेख छपाउने कुपमण्डुक गोपाल किरॉतीलाई उनकै जिल्लामा आमजनता र कार्यकर्ताहरूले लखेटालखेटको स्थितिमा पुर्याएका छन् । उनलाई पति कार्यालयमा प्रवेश गर्न दिएनन्  र राष्ट्रघाती जनघाती मन्त्री चाहिंदैन भनेर नाराजुलुस पनि गरेका थिए।

यसो टाउको दुख्यो कि रिसोर्टमा पुगेर लाखौं खर्च गर्ने प्रचण्डको सामन्ती संस्कृति र चिन्तन यताका दिनमा काम गर्न छोडर उनलाई पनि घोरिने  रोग लाग्न थालेको अवस्थामा उनका लठैतहरू प्रहरी र प्रशासनको सहयोगबिना जिल्ला प्रवेश गर्न नसक्ने स्थितिमा पुग्नुले अब पार्टीमा प्रचण्ड–बाबुराम कुन स्थितिमा पुगेका रहेछन् भन्ने कुरा सहजै आकलन गर्न सकिन्छ । राष्ट्रघाती र जनघाती प्रचण्ड–बाबुराम गिरोहका विरुद्धको आन्दोलनलाई उचाइ प्रदान गर्नुसिबाय अब अर्को विकल्प छैन ।

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.