प्रचण्ड नै पाएपछि बाबुराम किन चाहियो

बिहानदेखि बेलुकासम्म भारतीय विस्तारवादको गुनगान र दलाली गरेर नथाक्ने बाबुराम भट्टराई नामको पात्रलाई भारतभ्रमणका सन्दर्भमा भारतीय सरकारले गरेको बेइज्जतपूर्ण व्यवहार आफैंमा एउटा गजबको ऐतिहासिक व्यङ्ग्य बनेको छ । साथै भारतीय विस्तारवादलाई  खुसी तुल्याउन उनले गरेको ‘बिपा’ सम्झैताले उनको  ‘आजको मार्क्सवाद’ र ‘उत्पादक शक्तिको सिद्धान्त’ पनि राम्रोसित छर्लङ्गिएको छ । भारतभ्रमणपछि माओवादीका नाममा सारै घिनलाग्दा पात्रका रूपमा बाबुरामको नाम दर्ता भएको छ । यिनले पार्टीलाई नै बदनाम गरेका छन् । हैसियतका दृष्टिले हेर्दा भारतबाट फर्कदा उनको स्थिति नेपाल सरकारको एउटा सहसचिव सरहको पनि रहेन । भारतको त्यति ठूलो दलाली गर्दा पनि भारतले यस्तो हबिगत बनाउनुबाट एउटा कुरा चाहिं प्रस्ट भएको छ —अब भारतलाई बाबुराम नामको पात्रको जरुरत छैन, उसको ठाउँ अर्कैले लिएको छ ।

वास्तवमा घोषित दलालभन्दा अघोषित दलाल नै बढी फाइदा र काइदाको हुन्छ ।  सिलगुडीमा ‘र’ का प्रमुख र प्रचण्डको भेटघाटपछि बाबुराम होइन, प्रचण्डलाई भारतीय विस्तारवादले आफ्नो  शुभचिन्तक दलालको पहिलो  सूचीमा र दोस्रो सूचीमा बाबुरामलाई राखेको छ भनेर गरिने गरिएको चर्चा सही प्रमाणित भएको छ । छिनमा मलेसिया, छिनमा सिङ्गापुर, छिनमा हङ्कङ पुग्ने, आइएन्जीओमा जागिर खाने र सरकारी नियुक्ति पनि नछोड्ने अरबपति ‘महान् प्रचण्ड’  हुँदाहुँदै  पार्टीमा कुनै पकड नभएका बाबुरामको सान्दर्भिकता अब  साम्राज्यवाद र विस्तारवादका लागि नरहनु कुनै आश्चर्यको विषय पनि भएन ।

 सिङ्गो पार्टीको नेताबाट एउटा सानो अपराधी गुटको नेतामा रुपान्तरित भएका  र  क्रान्तिविरोधी गद्दारीको बाटो समातेर २१ औं शताव्दीका क्रुस्चेभको संज्ञा पाएका प्रचण्डलाई अध्यक्ष र नेता मानेर  हाम्रा क्रान्तिकारी कमरेडहरू कहिलेसम्म हिंडिरहने हुन्, यो चाहिं समयले नै बताउला ।

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.