पार्टीविरुद्ध पार्टीका माध्यमहरू: कुरा नयाँ पार्टीको

पार्टीविरुद्ध पार्टीका माध्यमहरू: कुरा नयाँ पार्टीको  

केही दिनअघि नेपाल कमुनिस्ट पार्टी-माओवादीकै वेबसाइटले (त्यो वेबसाइट पनि कति दिनदेखि बन्द छ :हाइसंचो) किरण कमरेडलाई  प्रेसिडेन्ट बनाएथ्यो  . अहिले आएर पार्टीकै खर्च र निर्देशनमा चलेका वेबसाइट र साप्ताहिकले पार्टिका समाचार र किरण कमरेडले निकालेका प्रेस वक्तब्यहरू  पनि ब्ल्याकआउट गर्न थालेका छन्. गएको हप्ता नव प्रतिक्रियावादी पार्टी एकीकृत मावोबादीसित नेकपा-मावोवादीको एकता हुँदै छ भनेर निकै होहल्ला भयो .कार्यकर्तामा अन्योल छायो  .अस्ति १० जुनमा कमरेड किरणको जोडदार वक्तब्य प्रकाशित भयो. तर दैनिक रूप प्रकाशित जनदिशा बन्द गरी अनलाइन http://www.janadishanews.com/np http://www.redstarnepal.com/लाई चलाउने भनेर निर्णय भएको ती अनलाइनहरूमा आस्ति १० जुनको पोस्टमा  न त जनदिशाले न त रेडस्टारले कुनैले पनि किरण कमरेडको वक्तब्य प्रकाशित गरेनन्, बरू उप राष्ट्रपति झाबारे र भारतीय प्रतिक्रियावादी नेता आडवानीलाई महत्व दिए  . त्यसैगरी ११ जुनको पीबीको बैठकको निर्णय पनि तिनले पनि छापेनन्  .तेस्तै पार्टीको खर्चबर्च र निर्देशनमा छापिने महिमाले पनि कमरेड किरणको महत्त्वपूर्ण वक्तब्य र पीबीको वक्तब्य  छाप्नु उचित ठानेन  . नयाँ माओवादीका पत्रिका भनेर चिनिएका पत्रिकाले पार्टी समाचार र किरण कमरेडलाई निषेध गरेकै  हुन त !

<![endif]–>


You can leave a response, or trackback from your own site.

4 Responses to “पार्टीविरुद्ध पार्टीका माध्यमहरू: कुरा नयाँ पार्टीको”

  1. prasun says:

    पार्टीमा लेबि उठाउने चलन छैन ।पार्टी कसरि र कसले चलाई रहेछ ?न कुनै गति छ न घोषणा गरिएका पार्टीका योजनाहरु कार्यन्वयन गरिएकाछन ।प्रचण्डलाई नेतृत्व दिदाँ भविष्यमा गल्ति हुने भन्ने क भक्तबहादुरलाई प्रचण्डले हरेक हिसाबले असयोग गरि दिलोज्यानले लखेट्न खोजेझै अहिले पार्टी र क्रान्तिप्रति ईमान्दार नेता तथा कार्यकर्ताको जिन्दगि बहोत नाजुक छ ।भारतिय बिस्तारबादले अमुक अमुक नेतालाई पैसा दिने र तत्कालिन र दिर्घकालिन रुपले पार्टीमा नयाँ दलाल खडा गर्ने नियोजित अभियान अनुरुप पार्टी एकताको टाउके अक्षर र हावादारि टाउकोहरु बिग मिडिहरुमा हल्लिएको देखिएको हो ।क किरणको गद्दारहरु संग एकता हुदैन भन्ने बिज्ञप्ति पार्टी भित्र र बाहिरका बिस्तारबादका दलालहरुको लागि चेतावनि जस्तै भयो ।पार्टीलाई साच्चै एकता गर्ने मोलतोल अनुसारनै ति खबरहरु आएकाहुन ।कार्यकर्ता र नेताको प्रतिकृया अनुसारको माहोल खडा गर्दै जाने बिस्तारै बिस्तारै दाहालहरुको ओछ्यानमा बिक्रि हुने योजनाबद्दता पनि हुनसक्छ ।हामी चनाखो हुनुपर्छ जनता के खाने र कसरि बाँच्ने सोचिरहेछन हाम्रै पार्टीका नेताहरु आलिसान होटेलमा सामभ्रान्त र बिदेशि ब्यापारिसंग बसेर रक्सि धोक्छन ।प्रमाणहरु छन तपाईलाई पठाउला ।जुन दिन यस्ता गतिबिधीहरु देखियो त्यहि दिन घर परिवार गुमाएको 17 वटा भन्दा बढि युद्दको मोर्चामा सहभागि भ ई लडाँई जितेको एउटा कमाण्डर एउटा गेटपालेको रुपमा एउटा कलेजमा काम गरिरहेको भेटे ।उ रुन मात्रै सकेन ।त्यस्ता कमाण्डरहरु कति होलान ?के गर्दै होलान ?हाम्रो पार्टीले सोधखोज राख्नुपर्छ कि पर्दैन ?कुनै न कुनै रुपले पार्टीमा उमेरबाद र अनुभवबादको बितण्डा झिकेर माथि क किरण लगायतका कमरेडहरुलाई खुईलाउँदै जाने र तल अनुभवबादको नाममा क्रान्तिकारि कार्यकर्ता र नेतालाई भुमिकाहिन बनाईदिने खालको नियोजित षडयन्त्र देखिन्छ ,हामि एक जुट भ एर यस्ता प्रवृत्ति बिरुद्द जुध्नुपर्छ ,लडाँई भित्र पनि र बाहिर पनि जारि राख्नुपर्छ ।

  2. kumar sharma says:

    धन्यवाद प्रसुनजी, म तपाईको कमेन्टप्रति एकदमै सहमत छु । साँच्चै हो, कमरेड किरणको तेत्रो महत्त्वपूर्ण वक्तब्य पार्टिका माध्यमहरूले किन नछापेका होलान्, कतै प्रचारप्रसार हेर्नेहरू नै कमरेड किरणको विरुद्धमा त छैनन् ? प्रश्न छ । अनि बादलले ठिक ढंगले कम गरेको भए पार्टीको संगठनात्मक पक्ष् तेस्तो भद्रगोल हुनथ्य होला र !

  3. Jiwan Kumar says:

    Communist parties in the past progressed a lot while they were fighting for people’s agendas. But, when they grew a lot and reached a hight where they can grab the state’s power and get opportunity to serve people, they started fighting each other (as chhichimira). The same thing happened in Nepal. It happens again and again. Am I pessimistic on people’s struggle? No, but I am pessimistic with the leaders, their policies and overall thoughts on running states when they reach there.
    Some examples:
    1. Nepalese socio-economic situation is changing over time. Individual exploitation is almost nil if we compare with 20 years ago. In such situation, what would be the agenda for the people?
    2. Education and health are the most important components in everyone’s life. These are the main culprit for making greater disparity among individuals. How do we deal with those things? Dealing with NGOs, INGOs and other social programs are directly related with those prime issues. Does the party have any agenda on these (or just say Janabadi education and health -is that enough?)?
    3. Because of socio economic changes, state exploitation is more important than individual exploitation. (one hardly finds the situation like (५ केा ५० बनाउने), but you can see disparities due to states’ policies. How can you change that situation? From 2006 to 2012, did any leaders or caders of CPN (maoist) try to think about those disparities and make any policy inside the party to improve the situation when they were close to sate’s power?
    4. As long as political parties will not have any plan, policy and appropirate programs to run the state and its machinaries, it is just stupid to talk Janabadi education, janabadi health and janabadi democracy. And no one can guarantee that any potential leader will turn into garbage like Prachanda.
    I can write more on this. For now, this is it. Thank you.

  4. khem thapaliya says:

    its ok

Leave a Reply to prasun

See real websites hosted and built by iPage customers.