पम्फाबारे रातो पाटीको थप समाचार

माताको शरणमा हिसीला पनि पुगिन्
भुषालले झुठ बोलिन् : भबिश्यबेत्ता आचार्य

नरेन्द्र बस्नेत मोरंग, असोज २० : नेकपा माओबादीकी प्रबक्ता पम्फा भुसालले आफुले ज्योतिषको बिश्वास नगर्ने र सबिता शर्मालाई भेट्न आफै खोजेर नगएको बताएपछि भबिश्यबेत्ता सबिता शर्मा आचार्यले यो सरासर झुठ भएको बताएकी छिन ।

हाल गृहजिल्ला धनकुटामा रहेकी आचार्यले भुषाललाई आफुले नबोलाएको बरु उल्टै आफुकहाँ भेटन आएको बताएकी छिन् । उनले दिउँसो भएको टेलिफोन र फेसबुक बार्तामा भुषालले आफु माताकोमा आएको कुरा कहिल्यै बाहिर नल्याउनु भनेर आफुलाई भनेको तर आफु उनलाई भेटन नगएको प्रतिक्रिया दिएकी छिन् ।

हिजो रातोपाटीले पूर्व राजादेखि माओबादी नेतासम्म माताको शरणमा भन्ने समाचार प्रकाशित गरेपछि भुषालको आज यस्तो प्रतिक्रिया आएको थियो । भुषालको यस्तो प्रतिक्रिया आईरहँदा एकीकृत माओबादीकी अर्की नेतृ हिसिला यमी समेत मातालाई भेटन गएको र उनको मातासँगको तस्बिर प्राप्त भएको छ ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.