नेकपा-माओवादी र “क्राइसिस ग्रुप” को विश्लेषण

new logoन्टरनेसनल क्राइसिस ग्रुप(आइसिजी) के हो र यसको प्रतिवेदनमा के छ ?

विश्वमा चलिरहेका विभिन्न किसिमका आन्दोलनहरूका बारेमा आफ्नो आवश्यकता र स्वार्थअनुरूप विभिन्न किसिमका सङ्घसंस्था र समूहहरूले अध्यनविश्लेषण गरेर तिनले सम्बद्ध ठाउँमा आफ्ना प्रतिवेदनहरू बुझाउने गर्दछन् । यस्ता  कार्यमा संलग्न कतिपय संस्थाहरू खुला पनि हुन्छन् र कतिपयले गोप्य किसिमले आफ्नो कार्य सम्पादन गर्ने गर्दछन्   यस्तै एउटा संस्था होइन्टरनेसनल क्राइसिस गु्रप(आइसिजी) । यसबारे पाठकहरूमा केही जानकारी रहोस् भन्ने हेतुले  यसको छोटो जानकारी दिनुका साथै नेपालको माओवादी आन्दोलन, खासगरेर नेकपा (माओेवादी) पार्टी शान्तिप्रक्रियामा आएदेखि त्यसमा पनि  नयाँ पार्टीका रूपमा नेकपामाओवादीको गठनपछि यसका बारेमा यस ग्रुपले गरेको  विश्लेषण र मूल्याङ्नको सङ्क्षिप्त जानकारी दिइएको छ 

इन्टरनेसनल क्राइसिसले गु्रप(आइसिजी) ले आफूलाई स्वतन्त्र, द्वन्द्वविरोधी, गैरनाफामूलकगैरसरकारी संस्था अर्थात् आइएनजिओको रूपमा आफ्नो परिचय प्रस्तुत गर्ने गरेको छ । यसमा खासगरेर अमेरिका तथा युरोपका पूर्व ब्युरोक्र्याट्सहरू, राजदूत र कूटनीतिज्ञहरूका साथै सैन्य सङ्गठन नेटोसित सम्बद्ध विशेषज्ञहरू संलग्न छन् । साथै यसका सहयोगी संस्थाका रूपमा थुप्रै अन्य आइएनजिओहरू पनि सक्रिय रूपमा काम गरिरहेका हुन्छन् । यसको कामकार्बाही, कार्यालय र गतिविधिहरू पचासभन्दा बढी  देशमा चलेको छ । तेस्रो विश्व, जहाँ विभिन्न किसिमका द्वन्द्वचलेका छन्, त्यहाँ यसले आफ्नो ध्यान बढी केन्द्रित गर्ने गरेको छ । यस अर्थमा यसले नेपाललाई पनि द्वन्द्वरत विशेष मुलुकका रूपमा लिएको छ । यो  संस्था सन् १९९५मा स्थापना भएको थियो । पाँचओटै महादेशमा यसका घोषित रूपमा १३० जना कर्मचारीहरू रहेका छन् । पहिले लण्डनमा रहेको यसको कार्यालय अहिले बेल्जियमको ब्रसेल्समा छ । यसले दैनिकदेखि मासिक, त्रैमासिक  गोप्य र खुला दुवै प्रकृतिको रिपोर्ट तयार पार्छ । यसले क्राइसिस वाचनामको मासिक बुलेटिन पनि प्रकाशित गर्छ ।  यसको बजेट करोडौँ डलरको हुने गरेको छ र यसको बजेटको आधीजसो खर्च युरोप र अमेरिकाका सरकारहरूबाट प्राप्त हुन्छ र अन्य खर्च विभिन्न स्रोतबाट प्राप्त गर्दछ । पहिले संयुक्त राष्ट्रसङ्घमा राजदूत रहेका अमेरिकी कूटनीतिज्ञ थामस आर पिकेरिङ अहिले यसका अध्यक्ष छन् ।

नेपालका बारेमा यताका दिनमा यसले लामो र निरन्तर अध्ययनविश्लेषण गर्दै आएको छ । नेपालका विभिन्न गैरसरकारी संस्थाहरूसित समन्वय गरेर यसले नेपालका बारेमा अध्ययनविश्लेषण गरी रिपोर्ट तयार पार्ने गरेको देखिन्छ । पहिलो संविधानसभाका समयमा गरेको विश्लेषण नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध भएको थियो र त्यो विश्लेषण निकै  चर्चाको विषय पनि बनेको थियो  । यसको पछिल्लो विश्लेषण अगस्त २७, २०१२ अर्थात् एक वर्ष अगाडि प्रकाशित भएको हो ।  यो विश्लेषणको नेपाली रूपान्तरण उपलब्ध  हुन सकेको छैन । यसमा यसले नेपालका सबै पार्टीहरूबारे विश्लेषण र मूल्याङकन गरेको छ । यसको पछिल्लो रिपोर्ट नेकपामाओवादीको निर्माण भएको तिन महिनापछि सार्वजनिक भएको हो । अहिले ठीक एक वर्ष भए पनि यो प्रतिवेदन निकै सान्दर्भिक र गहिरिएर अध्ययन गर्नुपर्ने खालको देखिन्छ । यसले  गरेको विश्लेषण कति ठीक र कति बेठीक भनेर तर्क र बहस गर्नेतिर भन्दा नेपाल कम्युनिस्ट पार्टी माओवादीको विभाजन, यसभित्रको अन्तर्विरोध र यसको भविष्यका बारेमा यस्ता सङ्संस्थाहरूले केकस्तो विश्लेषण र मूल्याङ्कन गरेका रहेछन् भन्ने कुरा जान्नु आवश्यक कुरा हो । यसमा प्रचण्डबाबुराम गुटको भविष्यबारे पनि चर्चा गरिएको छ तापनि यहाँ नेकपामाओवादीका बारेमा गरिएको विश्लेषण र मूल्याङ्कनको निचोड मात्र प्रस्तुत गरिएको छ ।

खासखास देशको द्वन्द्वसम्बन्धीअध्ययनअनुसन्धान गर्ने क्राइसिस ग्रुपको नियमित प्रक्रियाअन्तर्गत यो प्रतिवेदन आएको छ । नेपालको माओवादी राजनीति, संविधान निर्माण र यससित जोडिएर आएको परिचयको राजनीतिको चर्चामा बढी केन्द्रित रहने गरेको क्राइसिस गु्रपले आफ्नो पछिल्लो रिपोर्ट नेपाल कन्स्टिच्युसन (सेकेन्ड) दि एक्सप्यान्डिङ पोलिटिकल माट्रिक्सशीर्षकमा सार्वजनिक गरेको छ । एसिया रिपोर्ट नं. २३४ २७ अगस्त, २०१२ नाम दिइएको यो प्रतिवेदन पिडिएफ फर्म्याटमा जम्मा ४२ पृ. को रहेको छ । यसको सुरुमा सिङ्गो प्रतिवेदनको सारांश दिइएको छ । त्यसपछि परिचयशीर्षकअन्तर्गत विषयवस्तुको उठान गरिएको छ र दोस्रो अध्ययमा दि रिभोलुस्नरी स्प्लिटअन्तर्गत माओवादी राजनीतिको चर्चा गरिएको छ । यसअन्तर्ग ग्रोइङ अपार्ट, दि एन्ड अफ दि माओइस्ट आर्मीलगायतका उपशीर्षकहरू छन् र तेस्रो उपशीर्षकमा दि न्यु माओइस्ट पार्टीनामको उप शीर्षक रहेको छ र यसलाई पनि विभिन्न उपशीर्षकमा विभाजन गरी विश्लेषण गरिएको छ ।

अध्ययनको स्रोतलाई एकदमै विश्वसनीय भनाउन र बनाउन खोजिएको देखिन्छ । पत्रपत्रिका, त्यसमा पनि मूलतः दैनिक पत्रपत्रिका, अन्तर्वार्ता, लेख, समाचार, जनमत सङ्कलन र सर्वेक्षणका साथै व्यक्तिगत भेटघाटलाई समेत आधार बनाएको पाइन्छ । माओवादी सन्दर्भ शीर्षकमा मात्रै ६५ भन्दा बढी स्रोतको प्रयोग भएको देखिन्छ । प्रचण्ड गुटका बारेमा गरिएको टिप्पणी पनि निकै रोचक छ तापनि यहाँ समग्र अनुवाद गर्न सम्भव  छैन  र यो उद्देश्य पनि होइन । फुटनोटमा उल्लेख गरिएका सन्दर्भहरू निकै रोचक छन् ।

माओवादी आन्दोलन,  त्यसमा पनि नेकपामाओवादीबारे यस अमेरिकीयुरोपेली सारमा नेटो संस्थाको हेराइ र बुझाइको निचोडपरक जानकारी आमपाठकलाई होस् भन्ने उद्देश्यले अनुवाद गर्नु  आवश्यक ठानिएको हो । यो प्रतिवेदन एक वर्ष अगाडिको हो र अहिले राष्ट्रिय स्थितिमा फेरबदल भएको छ । र पनि आधारभूत रूपमा यसले उठाएका कतिपय सन्दर्भहरू आज पनि त्यत्तिकै सान्दर्भिक र तर्कपूर्ण छन् भन्ने लाग्दछ । मूल रूपमा यसको केन्द्रीय प्रवृत्तिप्रति ध्यान दिनु जरुरी छ ।

यसले माओवादी पार्टी विभाजनमा वैचारिक पक्ष मात्र नभएर व्यक्तित्वको टकराव र निजी आकङ्क्षाले पनि काम गरेको छ भनेको छ ।  त्यसैगरी नयाँ पार्टीले अगाडिको बाटो प्रस्ट पार्न नसकेको, एकातिर जातीयतावादीहरूलाई समेट्न खोजेको अर्कोतिर राष्ट्रियताका नाममा घोर दक्षिणपन्थीहरूसित हात बढाएको कुरा उठाएको छ । जनयुद्धकालका जुधारु शक्ति वैद्यसित रहेको र यसको प्रमुख जुधारु शक्ति जनस्वयमसेवक ब्युरो रहेको उल्लेख छ ।  यस ग्रुपले  निष्कर्षमा  प्रचण्ड समूहबाट ४० प्रतिशत कार्यकर्ता नेकपामाओवादीमा आएको उल्लेख गरेको छ । यसले उपाध्यक्ष सिपि गजुरेल र देव गुरुङलाई खास महत्व दिएको छैन । नयाँ पार्टी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विप्लवलाई उपाध्यक्ष गजुरेलले पछिल्लो समयमा  आएर सघाएको र सचिव गुरुङ माओवादी पार्टीका जातीयतावादी  राजनीतिका रणनीतिकार रहेको उल्लनेख छ ।  पार्टीमा मूलतः मोहन वैद्य, बादल र विप्लव तीन जना  मूल पात्र (player)रहेको र बादल नयाँ पार्टीमा नयाँ रहेका र आर्थिक  स्रोत र युवाहरूको साथका कारण सचिव विप्लवले बादललाई चुनौती दिन सक्षम रहेको उल्लेख गरेको छ ।

यस ग्रुपले गरेको विश्लेषणको समग्र अनुवाद तयार भइसकेकाले अर्को पोस्टमा पूर्ण पाठ  प्रस्तुत गरिने कुरा पनि जानकारी गराउँछु: ऋषिराज बराल

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.